Spread the love

yesoda pariyar

सुनसरी जिल्लाको इनरुवा नगरपालिका ३ मा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटाइएको प्रहरी टोलिले जिल्ला सुनसरी ईनरुवा नगरपालिका वडा नं. ३ शिवालय टोलमा नारायण प्रसाद शिवाकोटीको घर कम्पाउण्डबाट लागू औषध कारोवार गर्दैछन् भन्ने विशेष सूचनाको आधारमा नारायण प्रसाद शिवाकोटीको घर कम्पाउण्डमा घेरा हाली खानतलासी गर्दा घरको पछाडी कम्पाउण्ड भित्र रहेको टिनको छाना भएको कुखुराको खोरको मुनी जमिनमा खाल्डो खनि पहेलो प्लाष्टिकको झोलामा पोका पारी पुरेको अवस्थामा म्ष्बभिह—म्अ ज्ञण्ण्m ितथा ल्ष्तचयकगल ज्ञण् लागु औषधी भेटिएको साथै चुलोमा बलिरहेको अवस्थामा ल्ष्तचयकगल ज्ञण् लेखिएको १६ पत्ता ट्याब्लेट लागुऔषध पक्राउ गरेको प्रहरीले जानकारी दिए । साथै विभिन्न कम्पनीको मोवाईल फोन जस्तै लाभाको १ थान , लेनोभो कम्पनीको २ थान , सामसुङ कम्पनीको ३ थान , एप्पल कम्पनीको रातो रंगको मो.१ थान , नोकिया कम्पनीको कि प्याड मोवाइल १ थान र हिरो ह उगकिभ द्दण्ण् सि.सि मोटरसाईकल १ थान सहित सुनसरी जिल्ला इनरुवा न.पा. वडा नं. ३ बस्ने कुल प्रसाद श्रेष्ठको ३२ वर्षिया छोरी ममता श्रेष्ठ , सोही ठाउँ बस्ने ३२ वर्षिय निरज शिवाकोटी, सोही जिल्ला रामधुनी नगरपालिका वडा नं. ७ हात्तीमारा बस्ने कर्ण बहादुर माझीको २२ वर्षिय छोरा रुपेश माझी र सोही बस्ने रकम सिहं राईको २१ व्र्षिय छोरो मनिस राई सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छन् ।