Spread the love


प्रकाशपुर
सुनसरीको बराहक्षेत्र नरपालिका स्थित प्रकाशपुरको रामधुनी चौक नजिक बस्ने चन्दन पोदारको परिवारमा गरिवीले सताएको छ । पोदारका बाबुको जन्मको आधारमा नारिक्ता छ । तर चन्दनलाई वडा कार्यालयले नारिक्ता सिफारिस दिन मान्दैन।उनका छोराछोरी ३ जना मध्ये जेठो छोरा १३ बर्षका कृष्ण पोदारको हातखटटा चल्दैन ९बर्षको हुंदा सम्म कृष्ण तगडा थिए । ३ कक्षा सम्म राम्रोसंग स्कस्ल गए ।

No description available.

अचानाक खुटटा चल्न छोडयो । उपचारकोलागि पटनामा धेरै खेप लगे तर निको भएन ,त्यसपछि सिलगढी डा च्यांगकोमा लगेर थुप्रै खर्च गरे त्यहाँबाट पनि छोराको स्वास्थ्यमा सुधार आएन ।अहिले धरान घारान घोपाक्याम्पमा धाउंदै छन ।केही उपाय लागेको छैन । हात खुटटा साथै बोली पनि आंउदैन । पहिला राम्रो बोल्ने र हिंडने बच्चा त्यसारी ओक्ष्यान परेपछि बाबु चन्दन र आमा मुन्नी पोदार निक्कै द’खि छन ।

No description available.

अर्काको घरमा भाडा लिएर बसेका पोदार परिवारको अन्य २ जना बच्चा सानै छन । खानलाउनको लागि राम्रो सिप र पेशा छैन । सुपाडीका टुक्रा काटेर प्लाष्किमा सानोसानो पोका पारि बजारमा दोकानेहरुलाई दिएर दुई छाक हातमुखको जोहो गर्छन तर अहिले चैत्र देखि दोकानहरु बन्द रहंदा पोदार परिवारले एकसुको कमाउन पाएको छैन ।

No description available.

रोगि छोरालाई घोपा क्याम्पमा महिनाको १०हजार रुपैयाँको दवाई खानुपर्छ ।भात खाने पैसा छैन कहाँबाट औषधी खआउनु पोदारकी श्रीमती म’ुन्नीले भनिन ।दवाईको डोज नपुगेपछि छोरा कृष्णको हालत खराव हुंदै गएको छ । गाउंमा छोरा भन्दा निक्कै स्वास्थ मान्छेले अपांग भत्ता खाई रहेको छ ।तर आफनो छोराको बारेमा हजारौं खेप गएर वडामा अनुनयबिनय गर्दा पनि कसैले अपांग कार्ड बनाइ दिएनन । मुन्नीको माइतबटीको नामबाट नारिक्ता छ । उनका बाउआमा दाजुभाई नेपालकै बासिन्दा हन। तर वडा कार्यालयले गरिव भनेर वास्तै गर्दैन स्थानीय प्रकाश चन्द्रबंशीले भने थप्रैचोटी गएर वडामा रहेको अपांग बिभाग अनि जनप्रतिनिधीहरुलाई आग्रह गर्दा कसैले वास्ता गरेनन । गरिवको कोही छैन ।

No description available.

यो सरकार कस्तो निर्दयी स्थानीय गितादेवी चन्द्रबनसीले भनिन दशैंकोबेला त्यो परिवारमा आमा मुन्नीले आत्महत्या गर्ने शुर कसेपछि थामथुम पारेर केटाकेटी खुसि पार्न मासुको ब्यबस्था मिलाइ दिइ त्यसो नगर्न सुझाए पनि पुरै गरिवी अनि पीडालाई संदै साथ दिन मुश्किल परेको गाउंलेहरु बताउंछन ।अपांग कार्ड भए छोराको थोरै भएपनि भत्ता आउंथ्यो म गरिवलाई कल्ले हेर्ने ? ससुराको नागरिक्ता , छोराको जन्मदर्ता र आफनो माइतीबाट बनाएको नागरिक्ता देखाउंदै मुन्नीले भनिन हजुर ? गरिवलाई कल्ले हेर्छ ? छिमकी गितादेवी चन्द्रबंशीले गरिवी देख्न नसकेर हजारौं पटक रमेश प्रशाईं, भाग्य न्यौपाने अनि इन्द्रेणी कार्यक्रममका संचालक कृष्ण कंडेललाई फोन गर्दा आउंछौ भनेर आश्वसन दिएको तर कहिल्यै नआएको बताइन । रमेश प्रसाईंले फोनमा १० हजार पठाई दिंउला भनेको तर अचेल फोन रिसिभ नगरेको भनि दुख्ख मनाउ गरेकी छन । वडामा नेताहरुले भोट नदिएको निहुं पारेर त्यो गरिव तथा अपांग वालकलाई सहयोग र सिफारिस नगरेको स्थानीय बुद्धीजीवीले बताए ।