Spread the love


इटहरी
जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका ४ ईनरुवा बसपार्कमा २ जना मानिसहरुलाई खानतलासी गर्दा नाइट्रोसन १० नामको लागु औषध र ८ वटा खुल्ला गोटी सहित पक्राउ गरेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार सुनसरी भोक्राहा नरसिहं गा.पा. वडा नं १ बस्ने २८वर्षिय संजिव कुमार उराउले बटनवाला मो.को पछाडी ब्याट्री लाग्ने स्थानमा लागु औषधी नाइट्रोजन १० र ८ वटा खुल्ला गोटी लुकाई छिपाई ल्याएको र रामधुनी न.पा. वडा नं.३ झुम्का बस्ने २५वर्षिय नफिल मिया प्रहरीले नियन्यत्रणमा लिएको हो । लागु औषधी नियन्त्रण उैन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट म्याद लिई कानुनी प्रकृया बढाएको छ ।