Spread the love



इटहरी
इटहरी उपमहानगरपालिका वडा नं. ५ बस्ने समीर बराल र सुजन लिम्बुले गुण्डा गर्दील गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले मंगलबार पक्राउ गरेको छ । इटहरी १ को माझी टोलका लाल बहादुर खत्री र मुना दाहाललाई निजहरुले अस्लिल शब्दले गाली गलौज र हातपात गरी फरार रहेको भन्ने निवेधनको आधारमा लुकिछिपि हिडिरहेका उनीहरुलाइ मंगलबार इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी आवश्यक अनुशन्धान भइरहेको प्रहरीले बतायो

। यसैगरी संखुवासभा ७ बस्ने २८ वर्षिय पर्वत तामाङ र उमेर नखुलेका पुजन वि.क लाई इ.प्र.का. इटहरीले मंगलबार इटहरी स्थित गोर्खागल्लीबाट पक्राउ गरेको छ ।

डाका मुद्दाका फरार अभियुक्तहरु तामाङ र वि.कलाई सोही दिन आफ्नै जिल्ला पठाइएको प्रहरीले बतायो ।