Spread the love


तारा पोखरेल
इटहरी
धागो उत्पादनमा दक्षिण एसियाकै ठूलो मानिने सुनसरीको खनारमा रहेको रिलायन्स स्पेनिङ मिल्स भित्र लेटाङ घर भएकी २० बर्सिया सोनिया भनिने सृजना राइ मृत भेटिएकी छ्न। भारतको ब्यपारिक क्षेत्रमा चर्चित मुकेश आब्बानी प्रमुख रहेको इटहरीको खनारमा अबस्थित रिलायन्स कम्पनी जस्तो सुकै भिषण आन्दोलन हुंदा पनि बन्द हुंदैन । कोरोनको कारण लक डाउन हुंदा पनि सरकारको आदेश उलंघन गरेर एक महिना पनि बन्द नगरि चलाएको स्थानीयहरुको भनाई छ । नेताहरुलाई हातमा लिएर पैसाको खोलो बगाई गुण्डा पालेर मजदुरलाई धेरै काम लगाई थोरै पारिश्रमिक दिने रिलायन्स भित्र यस्ता घटनाहरु भइनै रहने गरेका छन । महामारीको समयमा पनि निर्धक्क संचालन गर्न कुन शक्तिले आड दिएको होला भनेर स्थानीय तहमा चर्चा हुने गरेको छ ।

No description available.


केही महिना अघि बिजुलीको बिल नतिर्दा लाइन काटिन साथ इण्डियन राजदुतले फोन गरेर थर्काए पछि नेपाल सरकारको इटहरी स्थित बिद्युत अफिसले लाइन खोलिदिदा मिडियामा चर्चा भएको थियो । अहिले फेरी एक जना कामदार यूवती राईले रिलायन्सको परिसर भित्रै ज्यान फालेपछि अर्को बबाल मच्चिएको छ ।
हिजो उदयपुर घर भएकी अर्की मजदुर यूवती प्रमिशा राइले आफनो पैसा हरायो र त्यो पैसा चोरेको भन्दै त्यहाँको प्रसासनमा उजुर दिएकी थिइन।प्रशासनले सोनियालाई जबर जस्ती चोर भनेर मानसिक यातना दिएको भन्ने आरोप मृतकका आफन्तले लगाएका छन । चोरी गरेको बिषयमा पैसा तिर्नु पर्ने कागज गराएपनि आपसमा बिबाद भई प्रमाण नपुगेपछि कागज त्यतिकै थन्क्याइएको भनिएको छ । प्रशासनले अनाबाश्यक दवाब दिएको कारण आत्म हत्या हो या हत्या हो ? भन्ने बारे पत्रकारहरुले चासो राख्दा समेत प्रशासन प्रमुखले सम्पर्क गर्न मानेनन । प्रहरी बोलाएर भित्र भित्रै लास ब्यबस्थापन गर्ने तरिकाले गुप चुपमा काम हुदैछ भन्ने त्यहाँको माहोलबाट बुझन सकिन्छ ।

No description available.

मृतकका आफन्त जनले रिलायन्स कम्पनी घेरेर रोइ कराई गर्दैछन। झण्डै ५ हजार जना महिलाले दैनिक काम गर्ने सो कम्पनीका प्रमुख महेश पोखरेललाई सम्पर्क गर्दा फोन उठाएनन। मेसेजको रिप्लाइ पनि गरेका छैनन । पैसाखर्च गरेर मृतकको आफन्तलाई फकाएर होहल्ला नगर्न दवाब दिन प्रहरी समेत लागेको बुझिएको छ । केही बर्ष अघि रिलायन्सका ठूला कर्मचारी बगाले थापा थरका मान्छेले कुचिकार लाली चौधरीलाई बलत्कार गरेर चर्चा चलेको थियो । केही साल अघि सप्तरीकी मधिसे महिलाको पनि मृत्यु भएकोमा पैसा दिएर मिलाएका थिए । यो कम्पनीमा यस्ता घटनाहरु भईरहने र यसरीनै घटनालाई शक्ति र पैसाले दवाई गुपचुपमा मिलाउने गरेको भुक्तभोगिहरु बताउंछन । फोटोमा मृतक सोनियाँसंग बायाँपटी रातो कपडा लगाउने प्रमिशा राई हुन । जसले मृतकलाई चोरीको आरोप लगाएकी थिइन । दायाँपटीकी मृतक सोनिया राई हुन ।प्रमिशाले कम्पनीबाट केही रकम तलव थापेर र कसैले आइएमइबाट पठाएको निकालेर ६३ हजार रुपैयाँ रुमकै जेब्रा झोलामा राखेको र ११ गते चेक गर्दा पैसा नभएको कसैप्रति शंका उपशंका नगरि बसेकी थिइन । १७ गते सोनिया आफनो घर लेटाङ्ग गएर आएपछि प्रमिशााले सोनियाँ माथि पैसा चोरेर घरमा राख्न गएको शंका गर्दै उजुर गरेपछि यो घटना भएको हो । पहिला यी दुइटी चेली आपसमा एकदमै मिल्ने गरेको बुझिएको छ ।