Spread the love


इटहरी
पीबी दियाली
इटहरी उपमहानगरपालिकाको पूर्ब सिमानामा पर्ने बुढी खोला हो । उत्तर पूर्बको ३ न वडाको सिरान चारकोशे झाडीबाट धरान हुंदै आउने शेरा खोला कुखुरेझोडा माथिबाट मिसिएर बग्ने बुढीखोलाले उपमहानगरलाई नगद आम्दानी दिलाउने गरेको छ । शेराले माथि पहाडबाट बगाएर ल्याउने ढुंगा,गिटी,बालुवा र भरौटलाई उपमहानगरले नदीजन्य पदार्थ भनेर परिभाषित गरि निर्माण सामाग्रिको रुपमा ठेक्कापटटा लाउने गर्दछ ।

No description available.

यस पटक कोरोनाको कारण ठेक्का नलागे पनि उपमाहनगरपालिका प्रशासनले राजश्व परामर्श समिति मार्फत खोलाको नाका नाकामा मान्छे खटाएर ट्रयाक्टर,टिपर लगायतका गाडीहरुबाट कर असुली गर्दै छ । कर असुली गर्ने क्रममा उपमहानगरले वडै पिच्छे फरफर परिमाणमा रकम असुली गरेको पाइएको छ । ३ न वडा अन्तर्गत नाकाबाट भरौट निकाशी गर्दा प्रति ट्रयाक्टर ४सय रुपैंयाँ लिने र सोही खोलाको तल १० न वडाको नाकाबाट उपमहानगरले २सय ५० मात्र लिने गरेको पाइएको छ । राजश्व परामर्श समितिले ढुंगा,गिटी,वालुवाको २५० प्रति क्युफिट ४रुपैंयाँले भरि टयाक्टरको ४सय लिने र भरौटको प्रति क्युफिट २रुपैंया २५ पैसामात्र लिने नीति बनाए पनि अहिले झण्डै २ महिना देखि ३ न वडाको नाकाका कर्मचारीले ४सय रुपैंयाँ असुल गर्दै रहेका छन । तर १० न वडामा भने नियम अनुसारै रकम लिएका छन । टयाक्टर ब्यबसायिहरुले उपमहानगरपालिकाको मनखुसि रकम असुली बारे गुनासो गर्दा कसैले सुन्वाइ नगरेको बताएका छन । नाम छाप्न नमान्ने शर्तमा एक ब्यबसायिले बताए अनुसार राम्रोसंग चल्दा बुढीखालामा दैनिक २ सय ट्रिप सवारी साधनबाट उपमहागरले रकम जम्मा गर्छ । अहिले दैनिक सयको हाराहारीमा ओहोर दोहोर गर्ने सबारी साधनबाट रकम असुलि भएपनि काहीबाट डबल बढी र काहीबाट आधामात्र रकम कर स्वरुप लिनुले उपमहानगरको हेलचेक््रयाईं होकी आर्थिक गोलमाल हो? भन्ने प्रश्न उठेको छ । यसबारेमा राजश्व परामर्श समितिकी संयोजक समेत रहेकी उपमेयर लक्ष्मी गौतमलाई ९८५२०४८९०८मा फोन गर्दा स्वीच अफ भन्ने जवाफ आयो । बाताबरण प्रदुषण नियन्त्रण बिभागका पुस्प चौधरीलाई सम्पर्क गर्दा राजश्व हेर्ने नविन सर नामका अधिकृतलाई सोध्नु भन्दै भने हेर्नुस समितिमा बैठक हुंदा म पनि थिए । भरौटको प्रति क्युपिट २रुपैयाँ ५पैसा नै हो । अब लिने र दिने जानुन म जान्दिन भने । उनका अनुसार टयाक्टरमा डालाबराबर समान भए मात्र त्यो नियम हो । डाला भन्दा माथि ओभरलोड चुली भरेको रहेछ भने कर रकम बढछ । तर टयाक्टर ब्याबसायिले डाला भरि भन्दा माथि समान लोड नहुने र नगर्ने गरेको बताएका छन । ३ न वडाध्यक्ष बालकृष्ण बिष्टलाई सम्पर्क गर्दा आफनो वडाको नाकाबाट प्रति ट्रिप ४सय असुलेको स्वीकार गर्दै भने “एउटा बिक्री कर हो अनि अर्को खोला कर हो ”। १० न वडामा त्यस्तो छैन त बिल हेर्नुस त भन्दा ”त्यो निजी जग्गाबाट निकालेको भरौट भएर होला बिक्री कर मात्र लिएको “ परामर्श समितिले निर्धाण गरे भन्दा फरक किसिमले कर असुलिबारे प्रतिक्रिया दिने वडाध्यक्ष बिष्ट भन्छन कुनै गलत काम गरेको छैन । १० न वडाध्यक्ष प्रकाश चौधरीलाई सम्पर्क गर्दा खोलाबाटै निकालेको भरौट हो भन्दै“ परामर्श समितिले जे निर्देशन गरेको छ सोही अनुसार प्रति ट्रिप २सय ५० लिएको हो । कुनै निजी जग्गाको भरौट होइन मेरो वडामा त्यस्तो छैन । ” भनेका छन ।उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतले कर्मचारी राखेर निकाशी कर लिन आग्रह गर्दा कुरै नसुनी” जे जसरी हुन्छ काम लाउदै गर्नु “भनेकोले दैनिक हाजिरा मा २÷३ जना भाईहरु खटाएर काम गराउंदै आएको वडाध्यक्ष चौधरीको भनाई छ ।