Spread the love


सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका २ मा पहिलो पटक अभियान ब्रोडकाष्टिङ नेटवर्कद्वारा सञ्चालित नागरिक अभियान डटकम अनलाईन र यूटुवको कार्यालय उद्घाटन गरिएको छ । आठ महिनादेखी अनौपचारीक रुपमा अनलाईन समाचार पोर्टलको रुपमा सेवा गर्दै आएको नागरिक अभियान डटकमको कार्यालय उद्घाटन गरिएको हो ।
आईतबार महानम्बमीको अवसर पारेर नागरिक अभियानको कार्यालय उद्घाटनको उद्घाटन गरिएको संचालक विवेक मेहताले जानकारी दिनुभयो ।
उद्घाटन कार्याक्रममा प्रमुख अथिति सामाज सेवी बेचन मेहताले जनताको आवाजको रुपमा गाउँमै सेवा दिने र अबाज विहिन नागरिकको आवज बनेर स्थापना भएको नागरिक अभियानको सफलताको शुभकामन दिनुभयो । कार्यालय उद्घाटन कार्यक्रममा देवनागञ्ज गाउँपालिका ३ का वडा अध्यक्ष अनिलकुमार भगत, नेता राजकुमार मण्डल, शिक्षक रामकुमार मेहता, नन्दकिसोर मेहता, गंगाराम मेहता, विन्देश्वर मेहता, विरेन्द्र मेहता, रोशन कुमार मेहता, एमके मण्डल,पंकज मेहता, बौवानारायण मेहता, हुसेन सेख सहितको उपस्थिती रहेको थियो । कार्यक्रममा मानव अधिकार सञ्जलका अध्यक्ष रमेश भट्टराईले गाउँमा प्रधान कार्यालय राखेर अनलाईनको रुपमा काम सुरु गरेको नागरिक अभियानको टिमलाई बधाई तथा शुभकामना दिनुभयो । भट्टराईले विकासको सम्वाकह जस्तो बनेको संचारको विकास गर्न सीमावर्ती क्षेत्रमा नै कार्यालय उद्घाटन भएकोमा आफूलाई खुसी लागेको बताउनुभयो । कार्यक्रममा सम्पादक तथा नेपाल पत्रकार महासंघ प्रदेश सदस्य जयकृष्ण यादवले विकास, शुसाशन, पारदर्शिता, जवाफदेहिता , वीधिको शासन सहित शिक्षा, मनोरन्जन र संचारको लागि नागरिक अभियानले काम गर्ने बताउनुभयो । कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।