Spread the love

सुनसरीको

जयकृष्ण यादव

facebook sharing button
twitter sharing button
messenger sharing button
email sharing button

इनरुवा । सुनसरीको सीमावर्ती गाउँपालिका कोशीले दमकल पाएको छ । प्रदेश १ को ११ जिल्लाका १÷१ स्थानीय तहलाई मुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा विपद ब्यवस्थापन र स्वास्थ सेवाका लागि वितरण गरेको दमकल र प्रहरी भ्यान वितरण कायक्रममा बिहीबार कोशीले पनि एक दमकल पाएको हो । प्रदेश प्रहरी तालिम केन्द्र रानीमा कार्यक्रम आयोजना गरि कोशीका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र गिरीलाई हस्तान्तरण गरेको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले खरिद गरेको ५ करोड ६७ लाख २० हजार रुपियाँ बराबरको ११ वटा बारुणयन्त्र र ६ करोड २८ लाख २७ हजार ४६० रुपियाँ बराबरको १४ वटा प्रहरी भ्यान हस्तान्तरण गर्ने क्रममा प्रशासकिय अधिकृत गिरीलाई कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले दमकल र प्रहरी भ्यान हस्तान्तरण गर्नुभयो ।

तीनवटा हिमाली जिल्लाहरु ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुको लागि अर्को चरणमा तीन सामाग्री हस्तान्तरण गरिनेछ । बीहिबार सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, ईलामको देउमाई नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र उदयपुरको रौतामाई गाउँपालिकालाई ती सामाग्री हस्तान्तरण गरिएको हो । सेवा केन्द्रका लागि एम्बुलेन्स पनि उपलब्ध गराउने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । एम्बुलेन्स भने प्रक्रियामा रहेको बताइएको छ ।

केन्द्रको सञ्चालन पालिकाको प्रमुखको अध्यक्षतामा रहने सञ्चालक समितिले गर्नेछ भने ईन्धन र मर्मतको खर्च पालिकाले ब्यहोर्नेछ । जनशक्तिको व्यवस्थापन आन्तरिक मामिला मन्त्रालयले प्रदेश प्रहरीमार्फत गर्नेछ ।

कार्यक्रममा गाउपालिका महासंघ प्रदेश समितिका अध्यक्ष एवम् कानेपोखरी गाउँपालिका अध्यक्ष्य ताराबहादुर काफ्ले, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामङले बिपद् ब्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकारले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।