Spread the love

इटहरी /
रामधुनी १ घर भइ रामधुनी ५ झुम्कामा लालिगुराँस इन्टरप्राइजेज सञ्चालन गरिरहेका ३३ वर्षीय मदन खड्का झुण्डिएको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । सुनसरीको रामधुनी ५ झुम्कामा एक व्यवसायीले झुण्डिएका छन ।

alt

प्रहरीका अनुसार आइतबार बिहान पसल खोलेको केही समयमै खड्का झुण्डिएका थिए । पंखाको हुकमा पँहेलो डोरी लगाइ खड्का झुण्डिएका हुन।

आवश्यक प्रक्रिया पुरा गरी शवलाई पोष्टमार्टमका लागि धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर कैलाश अधिकारीले बताए ।