Spread the love

prakash byakul

जात्रा भनेपछि मरिहत्ते गर्ने उपत्यकाका नेवार समुदायको सांस्कतिक चलन नेपालको एउटा पहिचान हो । अहिले कोबिड१९ नामको रोग फैलाउने कोरोना भाइरस महामारीको रुपमा सर्न थालेपछि सजगता अप्नाउन सरकारले गत चैत ११ देखि नै लक डाउन गरयो । मान्छेदेखि मान्छेलाई सर्ने भाइरस भनेपछि सबै जना डराए। सरकारको आब्हान माने पनि र अहिले पनि यो क्रम जारी छ । नेवार समुदाय मात्र नभई बहुसांस्कृतिक यो मुलुकमा अरु थुप्रै संप्रदायका चाड पर्ब जन्य संस्कार संस्कृतिहरु यतिबेला प्रभाबित छन । संस्कार संस्कृति मान्दा खेरी मानबमानबीच मिल्नै पर्छ । एउटा दुइटाले मात्र मनाएर हुंदैन त्यसको अनुसरण सम्बन्धित संप्रदायमात्र नभई अरुलाई पनि प्रभाबित तुल्याउंछ । चैत देखि यो लकडाउनको बीचमा थुप्रै संप्रदायका आआफना रिती परम्पराहरु सर्बाजानकि रुपमा मनाउन अप्ठयारो परेकै छ । थारुको सिरुवा पर्ब, मुस्लिमको रमजान,जनजातीहरुको लोसार,पह्चिम नेपालका खसहरुको देउडा लगायत मगरहरुको आफनै चाडपर्बहरु स्थगित भएर पहिला जस्तो मनाउन पाएनन । जनताहरुले यस्तो परिस्थितीलाई ख्याल गरे । सरकारको आब्हानलाई स्वीकार गरे । बिश्वस्वास्थ्य संगठनको मापदण्डलाई उलंघन गर्ने काम गरेनन । छिटपुट रुपमा काहि कतै चाड पर्ब मनाए पनि सजग भएर परम्परा धाने । अहिले हिन्दु नेपालीले दशैं मान्ने पर्ब आएको छ । यसलाई ठूलो पर्बको रुपमा लिइन्छ सरकारले अरुको तुलनामा लामै समय बिधा पनि गर्छ । अहिले आउन लागेको दशैं पर्बसंगसगैं नेवार समुदायका परम्परागत संस्कार संस्कृतिहरु धुमधाम पूर्बक शूरु भएका छन । काठमाण्डौ,ललितपुर र भक्तपुरमा नेवारको बर्चस्व छ । उनीहरुको पर्बले समग्र नेपालीलाई प्रभावित तुल्याउंदै आउने गरेको कुरा साँचो हो । राजधानी जस्तो नीतिनिर्माण हुने,पालना गराउने,पालना भएको नभएको हेर्ने लगायत यावत कामकुरा गर्ने मुख्य अडडा सरकार प्रमुख,राष्ट्रपति,संसद,सेना,पुलिस,कुटनीतिक निकायहरु सबै त्यही छन । त्यहाँबाट देशभरीका जनता आसवान पनि हुन्छन । तर त्यही ठाउंमा नेवार समुदायले हिजो शुरु गरेको रथयात्रमा यस्तो घटना भयो की चाडपर्ब मनाउनेहरु आतंककारी जसरी उपस्थित भए । सुरक्षाकोलागि विना हतियार खटेको ट्राफिक प्रहरीलाई रथयात्राका भक्तहरुले राक्षेसी ढंगले कुटे । त्यो भिडले कुनै कोरोना रोगको वास्ता गरेन । राजधानी जस्तो ठाउंमा बस्नेहरुबाट त्यस्तो घृणित कार्य होला भन्ने दुर दराजका जनताले सोचेका पनि थिएनन । सरकारले पनि लक डाउनको बेला यस्तो परिस्थिती जन्य कृयाकलाप हुंदै
गरेको अबस्थालाई टुलुटुलु हेरयो । बेलैमा सुरक्षा सकता अप्नाएको भए जात्राको नाममा उपस्थित भिडले त्यस्तो आतंक मच्चाउन पाउने थिएन । पर्बको नाममा उच्छ्रिंगखलता निम्त्याउने कार्य नेवार समुदाय वा जो कसैले गर्नु हुंदैन । आप्फना रितीथीतिहरुमा कुनै शंकट,बिग्रह,ब्यबधान आएमा होसियारी पूर्बक सामना गरि धर्यता देखाउनु पर्छ । राक्षेसी कार्य कदाचित उचित हुंदैन । धर्मसंस्कृति जोगाउने अथवा पालना गर्ने नाममा निहत्था पुलिस कुटनु अतिबादको पराकाष्ट हो ।सम्बन्धित समुदायका बुद्धिजीबीहरुले यस्ताकुराहरु न्युनिकरण गर्ने तर्फ सोच पुरयाउन जरुरी छ ।