डा.शर्माको प्रवेशसँगै काठमाडौं मेडिकल कलेजले थाल्यो कोरोना संक्रमितको उपचार
काठमाडौं । केही समययता कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीले अस्पतालहरुमा उपचार नपाएर ज्यानै गुमाउँनु परेको घटना बढिरहेका छन् । कोरोना संक्रमण पुष्टि नै नभई मिल्दोजुल्दो लक्षणमात्र देखिदैमा उपचारबाट बन्चित बन्नुपर्ने अवस्था सृजना भईरहेको अवस्थामा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले भने कोरोना संक्रमितको उपचार गर्न थालेको छ ।
बिराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले काठमाडौं मेडिकल कलेज अध्यक्षको जिम्मेवारी सम्हालेलगत्तै सेवा सुबिधा पनि बिस्तार गर्दै लगेका छन् । केही दिनअघिबाट ओपीडी निःशुल्क गराएका डा.शर्माले अहिले कोरोना संक्रमितकै उपचार हुँने वातावरण मिलाएका हुन् । यसैबीच कलेजमा भर्ना भएकी २७ बर्षीया कोरोना संक्रमित सुत्केरी महिलाले बच्चा जन्माएकी छन् । काठमाडौंको असनकी संक्रमित ती महिलाको शुक्रबार शल्यक्रिया गरी बच्चा (छोरा) निकालिएको हो । कलेजका बरिष्ठ चिकित्सकहरुले संक्रमणबाट जोगिन उच्च सावधानी अपनाउँदै शल्यक्रिया गरी बच्चा निकालेका हुन् । अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य छ । संक्रमित ती सुत्केरीलाई पनि कोरोनाको लक्षण देखिएको छैन ।
४१ हप्ताकी गर्भवती ती महिलालाई सुत्केरी व्यथा नलागेर पाठेघरको मुख नखुलेपछि व्यथा लगाएर सुत्केरी गराउने तयारी गरिएको थियो । सोही क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आयो । संक्रमण पुष्टि भएर पनि अस्पतालले शल्यक्रिया गरी बच्चा निकालेको भन्दै सुत्केरी महिला र उनको परिवार हर्षित छन् । केएमसीमा कोभिड, नन कोभिड र कोभिड आशंका गरिएका बिरामीलाई छुट्टा छुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाईएको अस्पतालका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



