One Plus 6 in Nepal
Spread the love

काठमाडौं, जेठ १९ । वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ६’सार्वजनिक गरेको छ । नयाँ डिभाइसका साथमा वानप्लसले विश्वमा सबैभन्दा उत्कृष्ट प्रविधि बाँड्ने आफ्नो मिसनलाई प्रदर्शित गर्दै आएको छ ।

‘वानप्लस ६’मा आजको मितिमा कम्पनीको सबैभन्दा उत्कृष्ट प्रडक्ट हो । यसमा प्रयोग भएको मूख्य हाडवयर र सफ्टवयरको उत्कृष्ट कम्बिनेशनले यसलाई वान प्लस फ्यामेलीको उत्कृष्ट फोन बनाएको छ । उच्च रिजोल्यूशन, १९ः९ नोचटच डिस्प्ले,कम उज्यालोमा उत्कृष्ट फोटो खिच्ने क्यामेरा र न्युमोरस न्याँ सफ्टवयर फिचरले यो फोनलाई निकै उत्कृष्ट बनाएको छ । वानप्लसले यस वानप्लस ६ लाई २ मोडलमा ६४ जीबी र २५६ जीबी बजारमा ल्याएको छ ।

एनसेलका ग्राहकहरुको लागि हरेक हप्ता १००० एम .बि प्रोमोस्नल डाटा प्याक प्रत्येक १२ हप्तासम्मको लागि प्रगोय गर्न पहुने छन् । साथै यो वानप्लस ६ फोन खरिद गर्न चाहने ग्राहकले नेपालभर फाइनान्स सुबिधा समेत पाउने छन् ।

हाईरेजुलेशन डियुल क्यामेरा जडान भएको यस फोनमा ड्यास चार्ज, वानप्लसको आफ्नै चार्जिङ टेक्नोलोजिमा तयार पारिएको हो । क्वालकम स्न्यापड्रागन ८४५ प्लेटफर्ममा आधारित यस फोनमा ६ र ८ जीबी र्याम रहेको छ । जसले फोनको सहज यूजर एक्सपेरियन्स न्यूनशक्ति दिन्छ ।

“वानप्लस विश्वको उत्कृष्ट मध्येको एउटा फोन निर्माता कम्पनी हो । यसअघिका वानप्सल सिरिजको सफलतापछि हामीले वानप्लस ६ नेपाली बजारमा ल्याएका हौ । यो वानप्लस ६ले उत्कृष्ट प्रयोगकर्ता अनुभवको संभावना प्रदान गर्नका लागि हाम्रो चनाखोपन र धैयर्तालाई प्रदर्शित गर्दछ, वानप्लसका फोनहरु नेपाली बजारमा पाईने सबैभन्दा फास्ट मोवाइल फोन हो” आइहब प्रालिका मार्केटिङ्ग म्यानेजर धिरेन्द्र कुशवाहले भने ।

वानप्लसले विश्व बजारमा वानप्लसले निकै ठुलो सफलता हात पारिरहेको छ त्यस्तै सफलता र रेस्पोन्स नेपाली बजारमा समेत रहने हामीले आशा गरेको छौ । लाखौ ग्राहकको मायाले आज वानप्लस प्रिमियम ब्रान्डको रुपमा परिचित भइसकेको छ । वानस्पलसले स्मार्टफोनको दुनियाँमा नयाँ युगको आरम्भ गरेको छ । यसबाट हामी समेत निकै उत्साहित भएका छौं । वानप्लस ६ हेर्न र अनुभव गर्न निकै उत्कृष्ट रहेको छ ।

इन्चइम्प्रेसिभ ६.२८ इन्चको अप्टिक अमोलेड डिस्प्ले रहेको वानप्लस ६ निकै पातलो छ । जुन मिडनाइट ब्ल्याक कलर,मिरर ब्ल्याक र सिल्क ह्वाइट कलर अप्सनमा उपलब्ध हुनेछ र हालका लागि कम्पनीसंग मिरर ब्ल्याक मात्र रहेको छ र बाँकि २ कलर छिट्टै नै नेपालमा अयुदै छ । यो फोन वानप्लस सिरिजहरुमध्ये सबैभन्दा पातलो फोन हो ।
‘वानप्लस ६’मा अहिलेको स्मार्टफोनमा हुने उच्च स्तरको रिजोल्यूशन भएको ड्यूलक्यामरा सिस्टम रहेको छ । यसमा २० मेगापिक्सेलको टेलिफोटो लेन्सका साथमा १६ मेगापिक्सेलको ड्यूलक्यामरा लेन्स रहेको छ, जसले सेन्सर र वस्तुहरुका बिचमा सहि दूरी कुनैपनि वातावरणमा तय गर्न सहयोग गर्छ । यसमा ठूलो किसिमको एप्रेचर रहेको छ, जसले तिब्र गतिमा फोटो खिच्न र दृश्यमा स्थिरता कायम गर्न सहयोग गर्दछ ।

पोट्रेट मोडमा दुईवटा सेन्सरहरुले एक आपसमा काम गर्दछन् र अनुहार तथा ब्याकग्राउण्डका बीचमा फरक छुट्याउँछ, जतिबेला कस्टम सफ्टवेयर अल्गोरिदमले वस्तुलाई स्पष्ट र आकर्षक बनाउँछ । यसको परिणाम डेप्थअफ फिल्ड(बोकेह) इफेक्टले धमिलो ब्याकड्रपको अगाडि अनुहारलाई स्पष्ट बनाउँछ । अप्टिकल जूमका साथमा मल्टिफ्रेम टेक्नोलोजीले स्मार्ट क्याप्चरका लागि जूमगर्दा स्पष्टता दिन्छ, जब तिब्र अटोफोकसको प्रयोग ड्यूल क्यामरा सिस्टमले सटिक गणना गरेर अटोफोकसलाई ४० प्रतिशतसम्म बढाउन सक्दछ ।
यसको अल न्यू प्रो मोडले स्मार्टफोन प्रयोगकर्ताहरुलाई डिएसएलआरको जस्तै विशेषताहरु प्रदान गर्दछ, जस्तै आईएसओ, ह्वाइट ब्यालेन्स, सटर स्पीड, फोकस र एक्सपोजर मोडिफिकेसनका साथ–साथै अन स्क्रीन हिस्टोग्राम र तस्विर खिचेपछि एडिट गर्नका लागि पूर्ण नियन्त्रण गराउन आरएडब्लू इमेज फाइल सपोर्ट गर्दछ ।

पहिलो पटक वानप्लस ३ का साथमा सार्वजनिक गरिएको ड्यास चार्ज विश्व बजारमा तिब्र गतिको चार्जिङ सलुसन हो । वानप्लस ६ आधा घण्टाको चार्जमा नै पुरै एक दिनका लागि ब्याट्री चलाउन सकिन्छ । पावर म्यानेजमेन्टलाई ह्याण्डसेटबाट एडप्टरमा स्थानान्तरण गरेपछि फोन चार्ज भईरहेको बेलामापनि फोन तात्ने समस्या आउँदैन्,ड्यास चार्जले जीपीएस प्रयोग भईरहेको बेलामा वा उच्च ग्राफिक्स भएका गेमहरु खेलिरहेको बेलामा पनि तिब्र रुपमा फोनलाई चार्ज गर्दछ । शक्तिशाली हार्डवेयर र बुद्धिमानी सफ्टवेयरको सहकार्यमा, ‘वानप्लस ६’ ले साँच्चिकै सहज स्मार्टफोनको अनुभव प्रदान गर्दछ ।

वानप्लस ६ ले क्वालकम स्न्यापड्रागन ८४५ प्लेटफर्मको उच्चतम फाईदा दिन्छ जसले ४० प्रतिशतकम उर्जामा पनिशक्तिशाली कार्य दक्षता कायम गर्दछ । ८ जीबी सम्मको एलपीडिडिआर ८ जीबी र्यामका साथ, ‘वानप्लस ६’ ले ठूलो मात्रामा ब्याक ग्राउण्डमा विभिन्न एप्स संचालन गर्न सकिन्छ । यसको यूएफएस २.१ र नयाँ टू लेन रोमको संयोजनमा ३० प्रतिशत तिब्र गतिको स्टोरेज क्षमता प्रदान गर्छ, जसमा विभिन्न गेमहरु तथा एप्स इन्स्टल गर्न वा संचालन गर्न सकिन्छ ।

वानप्लसको आफ्नै अपरेटिंग सिस्टम अक्सिजनओएसले ५.१मा आधारित, स्टकएन्ड्रोयडको आधार मूल कार्यहरुलाई विशेषताहरु तथा उच्चताका साथमा पुर्नपरिभाषित गर्दै यूजर एक्सपेरियन्सका लागि अतिरिक्त सुविधाहरु प्रदान गर्दछ । ‘वानप्लस ६’मा भएको नयाँ अपडेटमा रिडिङ मोड पनि रहेको छ, जसले साँच्चिकै पुस्तक पढेको जस्तो सुविधा दिन एम्बिएन्ट सेन्सर र ग्रे स्केल म्यापिंग गर्दछ । गेमिङ डु नट डिस्टर्ब मोडले बिना कुनै नोटिफिकेसन अथवा आकस्मिक रुपमा थिचिने हार्डवेयर बटनले हुने समस्या रहित भएर प्रयोगकर्ताहरुलाई उनीहरुको मनपर्ने गेम्स खेल्ने सुविधा दिन्छ । एपप्रायोरिटीका साथमा, ‘वानप्लस ६’ ले तपाईँको अधिक प्रयोग भएको एप्सलाई अतिरिक्त कार्यदक्षता सुधार गर्नकालागि लोड गर्दछ ।

वानप्लस ६ विविन्न देशभरीका रिटेल स्टोरहरुमा उपलब्ध छ । ६४ जीबीको मूल्य केवल रु ७०,९९९ छ भने १२८ जीबीको मूल्यमात्र रु ९१,००० रहेको छ ।