Spread the love


twitter sharing button
alt

इटहरीः सुनसरीमा अहिले सम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकै दिन ६७जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या अहिले सम्मकै उच्च रहेको जनस्वास्थ्य कार्यलय इनरुवाकी फोकलपर्सन शिर्जना लिङ्थेपले जानकारी दिएकी छन् । आज थपिएका सक्रमीत संगै सुनसरीमा8 सय २9 जना पुगेका छन ।उनका अनुसार मंगलबार ११ जना महिला र ४५ जना पुरुष गरी सुनसरीमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
इटहरीमा ५८ जना कोरोना संक्रमित थपिएका छन . इटहरी उपमहानगरपालिका मेयरका प्रेs संयोजक पत्रकार लिलाराज भटटराईका अनुसार भदौ १३ र १४गते संकलन गरिएको स्वावको रिर्पोट आएको हो । जसमा इटहरी १३ मा ११ पुरुष १ महिला,इटहरी ६ मा ५ पुरुष २ महिला,इटहरी ११ मा ५पुरुष,पाँच नम्वर वडाका२ पुरुष ३ महिला, १२ नम्वर वडाका ३ पुरुष,दश नम्वर वडाका २ पुरुष,सोह नम्वर वडाका १ पुरुष १ महिला,वडा नम्वर १,७ र ८ का एक एक जना पुरुष,इप्रका इटहरी र शशस्त्र प्रहरीका एक एक पुरुष रहेका छन । यस्तै प्रगति टेक्सटाइलमा कार्यरत दुहवीका ४जना,गढिका ३ जना,विराटनगरका २जना,राजविराजका २ जना,वुढिगंगाका ३ जना,रामधुनी,गछिया र जहदाका एक एक जना छन । आज रिर्पोट आएका मध्ये प्रगति टेक्सटाइल उद्योगका ३८ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार साँझ इनरुवाका २६, इटहरीका २१ र दुहबीका ७ जनामा कोरोना देािखएको थियो । मंगलबार बिहान धरानमा १ महिला र १ पुरुषमा संक्रमण देखिएको छ ।

सुनसरीमा अहिले सम्म देखिएका संक्रमीत मध्ये ३ सय ५० जना कोरोनामुक्त भएका छन् भने ४ सय ७9 जना सक्रिय संक्रमित छन् । कोरोनाबाट सुनसरीमा ५ जनाको मृत्यु भैसकेको छ । मृतकहरु सबै धरान उपमहानगरपालिकाका रहेका छन ।
 धरानमा आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी र एक जना इलाका प्रहरी कार्यालयका थुनुवा सहित ५ जनामा कोरोना सङ्क्रमण भएको छ ।

आज संक्रमित हुनेहरूमा धरान १७ का भदौ १४ गते एकै परिवारका कोरोना सङ्क्रमणबाट मृत्यु भएका आमा छोराको परिवारका २ जना ८४ वर्षीय वृद्ध पुरुष, ५५ वर्षीय पुरुष र अर्का धरान १७ कै २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।
यो सँगै धरान उपमहानगरपालिकामा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ७८ पुगेको छ ।

alt

इटहरीमा हाल सम्म कै सबै भन्दा धेरै संक्रमित थपिएका छन । इटहरी उपमहानगर क्षेत्र मा  विभिन्न मितिमा परिक्षण गरिएकाे मध्ये ईटहरिमा ५८ जना काेभिड १९ पाेजेटिभ देखिएको छ ।

संक्रमित हरु को विवरण भने आउन एकछिन समय लाग्ने भनिएको छ ।

इटहरीमा बजार व्यवसाय पनि अब खोल्नु पर्ने आवाज उठिरहेको बेला आजको रिपोर्ट ले अब के गर्ने भन्ने कुरा अन्योल भएको छ ।