जोर बिजोर प्रणालीमा विद्यालय खोल्न प्रदेश सरकारले सुझाव माग्यो
दुहबी
महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण करिब ६ महिनादेखि विद्यालय बन्द रहेको अबस्थालाई हेरी सामाजिक विकास मन्त्रालयले प्रदेश १ मा जोर(बिजोर प्रणालीमा विद्यालय खोल्ने विषयमा स्थानीय तहको राय लिन सुरु गरेको छ ।

प्रदेश १ सरकारले विद्यालयमा सिकाइ सञ्चालनका तयारी सुरु गरी स्थानीय तहसँग छलफल चलाएको बुझिएको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले केही समयअघि स्थानीय तहका प्रमुख(उपप्रमुख तथा शिक्षा क्षेत्रका विज्ञहरुसँग विद्यालयमा सिकाइ सञ्चालनको मार्गनिर्देशन तयार गर्न निर्देशन दिए पछि मन्त्रालयको शैक्षिक महाशाखाले छलफल गरी सुझाव लिएको थियो ।
“हामीले प्राप्त सुझाव अनुसार थप छलफल गरी निष्कर्षमा पुग्ने योजना बनाएका छौं ।” संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने तयारी प्रदेशमा गरिएको बताउँदै मन्त्री घिमिरेले भने ।
मन्त्रालयले स्थानीय तहका प्रमुख(उपप्रमुख, शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, अभिभावक संघसँग छलफल गरेको छ । प्राप्त सुझावालई शिक्षा मन्त्रालय समक्ष पेश गरिसकेको छ । मन्त्रालयले विद्यालयमा असोजदेखि सिकाइ सञ्चालन गर्न सुझाव दिएको छ । सिकाइ सञ्चालनअघि भदौभित्रमा विद्यार्थीको अभिलेखीकरण गरिसक्नुपर्ने, विद्यालयमा रहेका क्वारेन्टिन, आइसोलेसन सेन्टर र होल्डिङ सेन्टर हटाउनुपर्ने सुझाव दिइएको छ ।
कक्षा सञ्चालन पूर्व विद्यालयमा निर्मलीकरण गर्नुपर्ने, लकडाउनका कारण घरमा रहेका र अहिले विभिन्न स्थानमा निषेधाज्ञा रहेकाले शिक्षकलाई विद्यालयसम्म पुग्न सहजवातावरण बनाईनुपर्ने सुझाव दिइएको छ ।
बिहान र दिउँसो दुई चरणमा विद्यालय सञ्चालन गर्नुपर्ने र विद्यार्थी रोल नम्बरका आधारमा जोर बिजोर कक्षा सञ्चालन गर्न सकिने जनाइएको छ । स्थानीय तहको अगुवाईमा हरेक विद्यालयको शिक्षक सदस्य रहने गरी कोभिड ‘टास्क टिम’ तयार गरी उसको सुझावअनुसार विद्यालय सञ्चालन गर्न सकिने संघीय मन्त्रालयलाई सुझाव दिइएको बताइएको छ ।
सामाजिक विकास मन्त्रालयले कक्षा ११ को आन्तरिक मूल्याकंन गरेर १२ कक्षा अविलम्ब सञ्चालन गर्न सुझाव दिएको छ । कम संख्या रहेका विद्यालय सञ्चलान गर्न सकिने विषयमा समेत उठान गरिएको छ । प्रदेशमा ७ हजार १३७ विद्यालयमा करिब १२ लाख ४० हजार विद्यार्थी अहिले अध्ययनबाट वञ्चित छन् । प्रदेश १ का १३५ विद्यालय र ६ वटा क्याम्पसमा अहिले पनि क्वारेन्टिन छन् । दुई विद्यालयमा होल्डिङ् सेन्टर, तीनवटा विद्यालय र एउटा क्याम्पसमा आइसोलेसन केन्द्र सञ्चालित छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


