Spread the love


तारा पोखरेल


इटहरी
इटहरी उपमाहनगरपालिकाले कोरोना संक्रमणको कारण आधारभुत आबाश्यक्ता पुरा गर्न नपाएर पीडित निम्न आयस्रोत तथा दैनिक ज्यालादारीमा काम गरेर गुजारा गर्नेहरुकोलागि राहत बितरण गरेको थियो ।राहत बितरण उपमहानगरपालिकाले एकद्धार प्रणाली अनुसार गरेको थियो । अर्थात जसले राहतकोलागि सहयोग गरेको थियो । त्यो स्वयम पीडितले नै पाउने गरि उपमहानगरले बितरण गरेको थियो ।तर राहत बितरणमा उपमहानगरपालिकाले गढबढी गरेको बुझिएको थियो ।

राहत वितरण Archives - नेपालबहस

आफना नजिकका आसेपासे चाहे जस्तोसुकै होस राहत दिने र नक्कली मानिस खडा गरेर पनि कतिपयले राहत बितरण गरे भनि खाएको प्रमाण छ ।उपमहानगरका कर्मचारी र जनप्रतिनिधी स्वयमले यो राहत बितरणमा आफना बिचौलिया प्रयोग गरेर गढबडी गरेको थाहा भएको छ । इटहरी उपमहानगरपालिका वडा न ५मा पनि अर्काको नामको राहत किर्ते ल्याप्चे लगाई राहत लिएको बुझियो । २० केजी दिनु पर्नेलाई १० केजी दिएर हस्ताक्षेर गराउने र १० केजी भ्mवाम पारेको पनि देखियो । राहत बितरणको पछिल्लो समय इटहरी उपमहानगरपालिकामा राहत पाउंभनि दलित जनअधिकार मञ्च र साथि फाउण्डेशन नामक एउटै ब्यक्ति हाबी रहेको संस्थाले एउटा चिठी मार्फत करिव लेखाइमा ८५ जना तर गराइमा ९७जनाको २० वटा वडाकै दलितका नाम मात्र संकलन गरि उक्त संस्थाकी अध्यक्ष शान्ति गजमेरको समुहले माग गरि ८८५ केजी चामल एउटा टयाक्टरबाट लोड गरि लगेको बुझिएको थियो ।

यो एकमुष्ट ३४बोरा चामल उपमहानगरपालिकाले सिधै संस्थालाई दिनु आफैले बनाएको नियम बमोजिम नभई गैह्रकानुनि थियो । पछि उक्त ३४बोरा चामल बितरण राहत पाउनेको भर्पाइपनि राहत बाँडेको होकी कुनै नाम लेखेर हाजिरी गरेको जस्तो मात्र थियो । अर्थात भर्पाइ त्यस्तो हुंदैन । भर्पाइ त्यो हुन्छ जसलाई चामल,दाल जे दिएपनि परिमाण उल्लेख गरि हस्ताक्षेर घरमुली या उसको परिवारलाई दिइन्छ । त्यो भर्पाइ साँच्चै भन्ने हो भने धेरै जसो नक्कली हस्ताक्षेर थियो ।नियम बिपरित भएपनि सम्बन्धित उल्लेखित नाम भएकाहरुले पाएको भए त ठिकै थियो । तर प्राय छडके फोन गरि बुझदा कसैले दिएको नदिएको एकिन गर्न सकेनन । भने कसैले दिएको छैन भन्दै थिए ।

कसैले केही पाएको पनि बताएका छन । संस्थाले माइन्युटिंङ गरेको पनि कुनै खेलाची गरे जस्तो थियो ।ताकी एउटा माइन्यूट बनाई हालौन त भने जस्तो । फेरी यो बिषयसंग बुझन संस्थाकी अध्यक्ष शान्ति गजमेरलाई फोन गर्दा भेट गर्ने भनिन तर अहिले सम्म सम्पर्क भएन ।उपमेयर लक्ष्मी गौतमसंग बुझदा उनले पनि चित्त बुझदो जबाफ दिइनन ।ठिकै छ म बुझौंला भन्ने जवाफ पाइयो । उपमहानगरमा राहत सम्बन्धि हेर्ने अथवा हिसाव राख्ने महेश सुबेदीले पनि त्यो हचुवा खालको भर्पाइ बुझेर त्यो राहत घोटला भएकोलाई बैधता दिएको बुझियो ।कुनै पनि संस्थाको बैठक बस्दा राखिइने लिपीबद्ध माइन्युटले धेरै अर्थ राख्छ । जुन बिषयमा निणर्य गरिन्छ त्यो मान्युटमा लिपीबद्ध गरिन्छ र रेकर्ड राखिन्छ ।

त्यो लिपीबद्ध गरिएको रेकर्ड नै हचुवा तरिकाले कसैको आँखामा छारो हाल्न लेखिएको उपमहानगरले हेरेन ।त्यो राहत दाताले आफनो छाक कटाएर दिएको हो ।त्यसलाई जथाभाबी कनिका छरे झैं कुनै बास्तबिक पीडितले नपाई कुुनै एउटा ठग तथा आसेपासेले पाए राहत दिएको केही अर्थ हुंदैन ।यसैगरि यो कोरोना कहरमा धेरैलेकमाए। उपमहानगर यो मामलामा चोखो छैन ।

साथि फाउण्डेशन र दलित अधिकार मञ्चको नाममा लिएर लगिएको राहत यो माइन्युटमा लेखिए बमोजिम बाँडिएको हो भने यसमा घोटला भएको छ । २।४वटा फोटो खिचाएर राहत बाँडे जस्तो गरेर देखाएर प्रमाणित हुंदैन ।यो बिषयमा उपमहानगरको मिलेमतो रहेछ भन्ने बुझिन्छ । ८५ जनाको राहत माग गरेर ८५० केजी चामल लगेपनि त्यो खालको भर्पाइमा ११३ जनाको नामावली छ ।यो सरासर नक्कली भपाई हो । २।४ जनालाई राहत बाँडेर ११३ जनाको भर्पाइ गराएको जस्तो देखिएको छ ।