Spread the love
Bhakta Sher Limbu

कुसुमेको पुछारमा वडाले ढाट लगाए देखि नै यो विवादको विषय बनिरहेको थियो । मलाई यसबारे त्यतिखेर बोल्न पटक्कै बोल्न मन लागेको थिएन । किन भने आखिर ढाट प्रति जनताको कस्तो प्रतिक्रिया आउँछ भनेर बुझ्ने मन थियो । तर अहिले कुसुमे पुछारमा रहेको तेश्रो दिनमा कुसुमेका सचेत युवाहरुले हटाएपछि वडा कार्यालयको तर्फबाट विज्ञप्ति आएपछि मेरो पनि सानो धारणा राख्न मन लाग्यो ।
ढाटको विवाद र मेरो धारणा
१)कोरोना भाईरसको रोकथाम र न्युनिकरणको वहस अहिले विश्व जगत अहिले धेरै अगाडी गएको छ । यसको उत्पतिको विषयमा समेत धेरै खाले मत आएका छन् । तसर्थ अहिले धेरै राष्ट्रहरुले कोरोना संक्रमणबाट सावधानी अपनाएर लकडाउन खुल्ला गर्ने र विस्तारै जनजीवनलाई सामान्यीकरण गर्न लागिरहेको छ । त्यसो त प्रवासमा रहने प्रवासी साथीहरुको अभिव्यक्तिबाटै पनि प्रष्ट हुन्छ सामाजिक दुरी र निश्चित मानिसको उपस्थितिमा कल कारखाना संचालन गरिरहेको छ ।
अहिले नेपालमा संघीय सरकारले लकडाउन गर्दा आधारभूत वर्गका जनताको गुनाशो आएपछि संक्रमित क्षेत्रको स्थिति हेरेर जनता आफैलाई निर्णय गर्न स्थानीय तहले नै लक डाउन गर्ने अधिकार दिएको छ । यसो हुँदा हाम्रै छिमेकी पालिका बेलबारी नगरपालिका र सुन्दरहरैचाले लकडाउनको तेश्रो दिन देखि नै जनताको आवश्यक्तालाई मध्य नजर गरेर आंशिक रुपमा बजार तथा वित्तिय संस्था खुल्ने निर्णय गर्यो ।
तर हाम्रो गाउँपालिका साथै वडा पालिकाले लकडाउनलाई खुकुलो हैन, नाकावन्द गर्ने निर्णय गरेको छ । म आफू उपस्थित भएको वडाको मिटिंगमै लकडाउनलाई पालना गर्ने तर अभाव सृजना गर्ने होइन । अरु क्षेत्र भलुवा,बेलचौरीको स्थिति के छ त्यो त्यहाँको वासिन्दाहरुको स्वायत्तताको कुरा हो । तर कुसुमेको सिमामा ढाट राख्नु उपयुक्त हुँदैन , किन भने त्यसले धेरै विवाद ल्याउछ भन्ने विगतको अघिल्लो पटकको अनुभूति र समिक्षाबाट प्रष्ट भएको छ । किन भने त्यतिखेर धेरै झमेला नजिकको हिसावले हामीले खेप्नु परेको थियो । तसर्थ यसको लागि अरु राम्रा राम्रा विकल्प खोजेर जानुपर्छ भनेर स्पष्ट कुरा राखेको थिएँ ।
ढाटको विषयमा विरोधाभाष अभिमत हुँदा हुँदै सिमानामा वडाले ढाट राख्यो ल ठिकै छ तर
१) ढाँट राखेपछि के के लाई खुल्ला गर्ने र केलाई बन्द गर्ने त्यो नै जानकारी भएको देखिएन ।
२) जंगलको बाटो भएर जाँदा हुने , त्यही मान्छे पीचको बाटो ढाट उठाएर जाँदा आउदा नहुने ।
३) मान्छेको अत्यावश्यक काम पर्यो भने दवाईको खोल देखाउनु पर्ने ।
४) काम विशेषले सुन्दरहरैचाबाट आएका कुसुमेकै वासिन्दालाई फर्काउने , मुख्य मान्छे नबोल्ने , छेउछाउमा बसेकाहरुले टचर दिने खाल्को बोल्ने ।
५) पत्रकारलाई समेत हिड्न नदिने , घर गएर परिचय पत्र ल्याउ भन्ने । भिडलाई मुठभेडमा लान खोज्ने ।
६) बेलबारी सुन्दरहरैंचाबाट सुकुम्वासीको फारम भर्न आएकालाई जंगलबाट पठाउने । दुख दिने ।
७) धानको मल किन्न जान नपाउने ।
८) घर निर्माणको काम भईरहेको छ, सिमेन्ट सक्यो, दुईबोरा सिमेन्ट किन्न जान नदिने ।
९) खाद्य सामाग्री किन्न जान नदिने ।
१०) अस्पताल जाँदा हातमा औषधी देखाउनु पर्ने ।
११) आम्दानीको श्रोत घटेको बेला, छिमेकी लालभित्तीका वाख्रापालक किसानहरुलाई घासकाट्न पिचवाटो जान नदिने
१३) जनप्रतिनिधिले नै गाँउपालिका भन्दा वाहिरका मिस्त्री ल्याएर घर निर्माण गर्नहुने , देवीझोडा घर भएका भेटनरीलाई घर आउन नदिने । घर फर्किन जंगलको वाटो प्रयोग गर्नुपर्ने
१४) संक्रमित क्षेत्रका मानिसहरु अरुलाई अर्ति दिन ढाटमा बस्ने कि होम क्वाराईन्टाईनमा बस्ने ?
१५) जंगलबाट आउँदा जादा उक्लने ओर्लने अप्ठ्यारोबाटो बाट बाईक लड्यो भने को जिम्मा हुने
१६) गतसाल झै यसपटक पनि ढाटमा तीन चार पटक वादविवाद उत्पन्न भईसकेको थियो । भोलि पल्ट ढाट नखोलिएको भए झगडा हुने संकेत देखिसकेको थियो । जनता भिडाउने ढाट ठिक की बेठिक ?
यी यस्ता विषयमा गहन छलफल नै नगरी लहड र उक्साहटको भरमा अव्यवाहरिक र कच्चा नियम राखेर निर्देशन दिने र यस्ता कार्य गर्न लगाउने , मानौ यति गरे कोरोनाको संक्रमण नै नफैलिने गरेजस्तो ज्ञारेन्टी गरेर बोल्ने , जुन गुनाशो पटक पटक आएपछि साथै कुसुमेका युवाहरुले आफ्नै आगन अगाडी अपमानित भएको महसुस भएपछि उक्त ढाटलाई खोलेर सर्लक्क निकालेर त्यही बाटोमै राखिदिएको छ । त्यहाँ म पनि उपस्थित छु ।
अब वडाको विज्ञप्तिको कुरो …
ढाट हटाएको विषयमा कुनै पनि जनता दुखी भएर ढाट हटाउनेलाई गाली गरेको पाईएन । तसर्थ वडा पालिका र केहि राजनैतिक अभिष्ट पुरा गर्ने तत्वले गैर जिम्मेवार भनेकोमा दुखी हुने वाला छैन । सरकारले गरेका सबैकुरा जायजनै हुन्छ भन्ने हुन्न । जनताको भावना विपरित कुनै पनि कार्य हुन्छ भने त्यसको अवज्ञा हुन्छ ।
बरु मलाई अचम्म लागेको विषय के छ भने वडा सरकार संग ।।।।
लकडाउनकै समयमा साउनमा देवीझोडा सिरानमा स्काभेटरले खोला खन्दा त्यहाँ किन केराबारी ९ को वडापालिकाले विज्ञप्ति ननिकालेको होला ? खोला ठेक्का नलगाई , त्यो पनि साउनमा खोलामा स्काभेटर लगाउन पाईन्छ ? कमिला समुहले वडाध्यक्षलाई फोन गर्दा त्यहाँ किन नआएको होला ? केराबारी सम्म हामी कमिला समुह संग केराबारी पुग्यौं त्यहाँ किन जनप्रतिनिधिहरु नआएको होला ? यस्ता अरु धेरै जिज्ञासाहरु गर्नु छ । त्यतिखेर विज्ञप्ति आउला नआउला , अहिले आएको वडाको विज्ञप्तिलाई हार्दिक स्वागत छ ।