बढी महत्वपूर्ण— मान्छे कि गाई ?
—डिक बहादुर विश्वकर्मा
कुनै बुटवल, कुनै काठमाडौं बाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रिका त्रय लुम्बिनी, सैनामैना र नयाँ पत्रिकामा क्रमशः मिति २०७०÷६÷११, ऐ.असोज १८ गते र ऐ.कार्तिक ६ गतेका अंकहरुमा प्रकाशित ‘ गौ–बध र धर्मनिरपेक्ष नेपाल र सजाय ’ तथा ‘गणतन्त्र नेपाल, गौबध र सजाय’ शिर्षकका मेरा लेखहरुमा प्रतिकृया जनाउँदै मिति २०७०÷६÷२५ को सैनामैनामा ‘पर्यावरण, रोग, कृषि र गाई’ शिर्षक लेख प्रकाशित गर्नु हुने ज्यो.जनार्दन न्यौपाने तथा भैरहवाबाट प्रकाशित हुने राष्ट्रिय दैनिक सिद्धार्थ सन्देशको मिति २०७०÷७÷१५ को अंकमा ‘डिक बहादुर विकलाई सुझाव’ शिर्षक लेख प्रकाशित गर्नु हुने विश्व हिन्दू महासंघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष सोमनाथ भट्टराई समक्ष सर्वप्रथम म धन्यवाद टक््याउँछु । ति लेखहरुमा औंल्याइएका कुरा मध्य, पौराणिक हिन्दू शास्त्रानुसार गरिएको गाईको अतिशय महिमामण्डन बारे कुनै टिप्पणीको आवश्यकता देखिन, किनकि ति कुरा हामी नेपालीले यो देशमा हिन्दू शासनको शुरुवात देखि नै सुन्दै आएकाछां । प्रष्ट पार्नै पर्ने देहायका कुरा मात्र क्रमानुसार प्रस्तुत छन् —
१. मेरो लेखले सम्पूर्ण नेपालीलाई चोट पु¥याएको भत्रे कुरामा पौराणिककाल देखि आजपर्यन्त गाई, कुक्कुर, कौवा, मुसा आदि विभित्र पशु पन्छीलाई साक्षात् देवी देउताको औतार वा बाहन भनेर पुजा ढोग गर्ने तर आफ्नो साख्खै अशियार, वंशियार, सँधियार, सहयोगी र आफुजस्तै एकथरी मान्छे लाई भने छुनै नहुने ‘अछुत’ भनाएर सबै मान्छेबाट छिःछिः दुर्दुर र घृणा गराउने अनि आफुलाइ चाँही उच्चाकुल आर्यवंशी भन्दै सबैबाट पुजित र ढोगित गराउने बाहुन मित्रहरुको कामले ति कथित अछुत र तिनका सन्तानलाइ सदियौं देखि कति चोट पर्दै आएको होला ? के यसवारे कहिल्यै सोचियोे ?? पौराणिक कालमा भगवान रामका हातबाट व्यर्थैमा मारिएका शुद्र–ऋषि शम्बुकलाइ र राजपुत, मराठा, मल्ल, राणा आदि विभित्र वर्णवादीका शासनकालमा अमानुषिक अत्याचार सहँदै र व्यहोर्दै आएका ‘अछुत’हरुलाइ कति चोट प¥यो र परिरहेको होला ? के एउटा गाईको मर्म संसारलाई बुझाउन खोज्ने लेखकहरुको ध्यान मान्छेका ति चोटहरु पट्टि पनि जाला ?
२. मेरो लेखमा उद्धरित पौराणिक प्रसङ्गहरुलाई कल्पित, भ्रमयुक्त, अपूर्ण, अपुष्ट भन्दै पौराणिक मान्यताको अपव्याख्या गरेको भत्रे समेतको आरोप लगाइएको वारे– यदि ति प्रसङ्गहरु मैले स्वयं रचेको हुन्थें भने आरोप साँचो ठहथ्र्याे, तर मैले त केवल नेपाली उखान ‘जस्को टोपी उसैको शिर’ वा संस्कृतको कथन ‘त्वदीय वस्तु गोविन्द तुभ्यं समर्पयामी’ लाइ चरितार्थ पार्दै गाइलाई काटेर गरिने ‘गोमेध यज्ञ’ तथा विशिष्ट पाहुनालाई सत्कार गरि खान दिइने रक्सी र गाइको मासु का कुरा तिनै पौराणिक र ऐतिहासिक हिन्दू ग्रन्थहरु बाट उद्धृत गरेको मात्र हुँ । सो कुरा मैले लेखैमा प्रष्ट पारेकोछु, जो कोहिले पनि ति ग्रन्थ हेर्न सक्छन् । विदेशी लेखकका अंग्रेजी किताब बाट उद्धरण समेत दिन सक्ने विद्वान लेखकहरुले आफ्नै हिन्दू जगतका महाकवि कालिदासको ‘मेघदूत’ र महापण्डित भवभूतिको ‘उत्तर रामचरितम्’ मा लेखिएका ति कुराहरुलाइ कल्पित, भ्रमयुक्त, अपूर्ण, अपुष्ट र पौराणिक मान्यताको अपव्याख्या गरिएको भत्रु अचम्म लाग्दोछ !

३. गाई नेपालको राष्ट्रिय प्राणी(जनावर) भएकोले मार्न नहुने भत्रे सवालमा यहाँ पाइने गाई प्रायः संसारै भरी पाइन्छन् र नेपालमा बाहेक संसारै भरी काटेर पनि खाइन्छन् । कुनै पनि देशले आफ्नो राष्ट्रिय चिनो त्यसलाइ बनाएको हुन्छ, जो भरसक त्यो देश बाहेक अन्यत्र नपाइने होस् ! त्यस्तो राष्ट्रिय वस्तुलाइ त्यो देशबाट विशेष संरक्षण पनि दिइएको हुन्छ । संयुक्त राज्य अमेरिकामा पनि प्रायः त्यहीं मात्र पाइने मुडुलो चिल (द्यबमि भ्बनभि) राष्ट्रिय पंक्षी घोषित छ र त्यसलाइ मार्न बन्देज छ । तर यसतो बन्देज होइन कि कसैले मारि हालेमा हत्यारालाइ जेल नै जानु परोस् ! अन्य व्यक्तिले मारेमा पाँच हजार डलर सम्म जरिवाना तिर्नु पर्छ भने त्यहींका आदिवासी त्यो चील मार्न छुट छ । हाम्रो हिमाली देशमा डाँफेलाइ राष्ट्रिय पंक्षी बनाए जस्तै प्रायः यहिं मात्र पाइने हिमाली जनावर रातो पाण्डा बा चौंरीगाई लाई राष्ट्रिय जनावर बनाइनु पथ्र्यो । तर विगतको निरंकुश हिन्दू शासनले नेपालमा सँधैको लागि गौबध निषेध गराउने चलाखी गरी संसारै भरी पाइने र खाइने गाईलाइ राष्ट्रिय जनावर बनायो । गाईलाइ मारे १२ बर्ष र अंगभंग वा रगतपच्छे गराएमा २ बर्ष जेलै सजाय हुने, तर त्यही काम चौैंरीलाइ गरेमा भने धनीको बिगो भराउने र २० रुपैयाँ जरिवाना गर्ने विद्यमान कानुन बनायो । जसरी देश गणतन्त्र र धर्मनिरपेक्ष हुनासाथ राष्ट्रिय गान बदलियो त्यसैगरी अब राष्ट्रिय जनावर पनि बदल्न जरुरीछ । कानुनले जबरजस्ती लादे पनि यो देशमा गाईको रक्षा त के कुरा सामान्य कदर समेत भएको छैन । नेपालमा दिनहुँ लौरोले सबै भन्दा धेरै पिटाइ खाने जन्तुमा गाई नै देखिन्छ । मेरो लेखको पात्र धन बहादुर वि.क.युक्तिहीन रहेछ र सिधै गाईलाइ काटेर यसरी मुद्दामा फँस्यो । युक्तिबुद्धि हुनेले भने खान इच्छा लागेको गाई गोरु लाई दैनिक चराउन लैजाने निहुँमा अप्ठ्यारा भिरपाखामा लगेर ‘आवश्यक कारबाई’ गर्ने अनि भिर बाट खसेर म¥यो ! भन्दै सबै मिलेर ताजा मासु खाने काम यो देशमा दिनहुँ भै रहेकोछ र जसोजसो कानुन बाजे, त्यसबाट बच्न, उसैउसै स्वाहाः गर्ने यस्तो काम पुर्खौं देखि चल्दै आएको छ । काटेर खाए मात्र जेल हाल्ने कानुनले भीरबाट लडेर मरेको गाईको ताजा मासु खानेलाई सजाय गर्न त सक्दैन ! यस्ता यथार्थ कुरामा आँखा नचिम्लने हो भने अबको नेपालमा गौबध कानुन कायम राखिनु र त्यसवारे मान्छे आपसमा झगडा गर्नु , लड्नु मूर्खता हुन्छ ।
४. यदि यो पृथ्वीमा गाई भन्दा अर्को महत्वपूर्ण प्राणि कुनै छ भने हामी जात्र इच्छुक छौं भनि लेख्दा लेखकले आफै(मान्छे) लाइ विर्सेको पाइयो । संसारका चराचर प्राणी जगतमा सर्वश्रेष्ठ र सबै भन्दा महत्वपूर्ण प्राणी मान्छे हो भनेर संसारै भरीका विद्वान, अन्वेषक, सन्त सबैले एक स्वरले भनेका छन् । गाईले छेकेर पो हो कि यो सर्वमान्य सिद्धान्तमा लेखकको दृष्टि पुग्न नसकेको ! जसलेगर्दा मान्छे (आफै र धन बहादुर वि.क.) लाइ भन्दा गाईलाइ बढी महत्व दिनु भएको !!
५. युद्धको मार्ग त्यागेर बुद्धको मार्गमा लाग्न सल्लाह दिनु भएकोमा पशु (गाई) को लागि मान्छे आपसमा लड्नु मूर्खता हुन्छ भनेर लेख्ने स्वयं मलाइ नै युद्धको मार्ग त्याग्ने राय किन आयो ? अचम्म छ ! अर्कोकुरा गाईलाइ मात्र अबध्य बनाउने र अरु पशुलाई चाँहीं यज्ञमा काट्न अनुमति दिने वैदिकधर्मका अनुयायी लेखकलाइ बुद्धको मार्गमा लाग्ने सल्लाह अरुलाइ दिन सुहाय झैं लागेन । किनकी भगवान राम द्वारा गरिएको बुद्धको अति निन्दा र विरोध, पुष्यमित्र शुङ्ग, शंकराचार्य र वैदिकधर्मका सबै हस्तीहरुको अथक प्रयासले गर्दा नै बुद्धको जन्मथलो नेपाल र कर्मथलो भारतबाट बौद्धधर्म लुप्त प्रायः भएकोमा रामायण र इतिहास साक्षी छ । संयुक्त राष्ट्र संघका तत्कालिन महासचिव उथान्तले विश्वभरी बाट लुम्बिनीका लागि अनुदान ओइ¥याउन थाले देखि मात्र यो देशमा मागी खाने सर्वोत्तम भाँडोको रुपमा बुद्धको महत्व गाउन थालिएको कुरा घाम जस्तै छर्लङ्ग छ । संसार त्यागेका अघोर तपस्वी शुद्र शम्बुकलाइ समेत आफ्नै हातले काटेर मार्ने भगवान रामका कट्टर अनुयायीहरुले जीवन पर्यन्त अहिंसावादी बुद्धको मार्गमा लाग्ने सल्लाह अरुलाइ दिनु आफैमा हास्यास्पद ठहर्छ ।
व्यक्तिगत जीवनमा मेरा मित्र समेत रहनु भएका वि.हिन्दू म.संघ,रुपन्देहीका अध्यक्ष सोमनाथ भट्टराईज्यू लाई विशेष निवेदन के छ भने परम्परा देखि हिन्दू समाजरुपी चारपांग्रे रथको एक पांग्रा रहि आएका कथित दलितलाई अपाङ्ग राख्दा सम्म हिन्दू समाजको रथ अगाडि बढ्न सक्दैन । जमाना अनुसार चल्नु पर्छ । तसर्थ अब तपाइहरुले पहल गरी अन्तर्जातिय विवाह गर्ने जोडीलाइ ज्यानै मार्ने वा आफ्नो थातथलो छोडेर भाग्न बाध्य पारी रहेको ऐलेको सामाजिक अवस्थामा सुधार ल्याई विदेशी विधर्मी ज्वाँई र बुहारी एवं तिनीहरुबाट जन्मेका सन्तान समेतलाई सर्वमान्यरुपले स्वीकारिए जस्तै ती जोडीलाई पनि सहर्ष स्वीकार्ने वातावरण बनाउनुस, जसरी मुसल्मान, इसाई, बौद्ध आदि विभित्र धर्माबलम्बीहरु बिना आपसी भेदभाव आ–आफ्ना मस्जीद, गिर्जाघर, गुम्बा आदिमा सामेल हुन्छन ठिक त्यसै गरी हिन्दूमन्दिर भित्र पनि कथित दलितलाइ बिना भेदभाव सामेल हुने र आफ्नो योग्यतानुसार पुजारी समेत बत्र पाउने सर्वस्वीकार्य व्यवस्था मिलाउन विश्वहिन्दू महासंघमा कुरा चलाउनुस् र तपाईहामी मिलेर फटाफट व्यवहारमा लागु गरी हालौं ! यसो भएमा दलितहरु हिन्दूधर्ममै रम्नेछन्, जम्नेछन् भनि मैले बारम्बार अनुरोध गर्दा जवाफमा उहाँले अछुती जात कहिल्यै बाहुन बराबर हुन पाइत्र, आ–आफ्ना जातमा बिहे गरेकै हुनु पर्छ, यताउता मिसमास गरेर समाजको परम्परागत शान्ति खल्बल्याउन पाइत्र, मन्दिरको पुजारी बाहुनै हुनु पर्छ, रितिथिति तोड्न हुँदैन, दलितले मन्दिर बाहिरै बाट टिका थाप्नु पर्छ, हिन्दूधर्म छोडेर अन्यत्र जान पनि बन्देज हुनै पर्छ, स्वधर्मे निधनम् श्रेय, परधर्म भयावहः भत्रु भएको स्मरण गराउँछु । ऐले सम्म कामी, दमाई, सार्कीआदि दलितले एकापसमा भेदभाव, छोइछिटो गर्ने गरेको कामीका कारणले नभै उनीहरुले एकापसमा संगै बसी खानपान गरेमा आर्थिक दण्ड गर्ने, बिहे गरेमा जेल हाल्ने, गरेर २०२० साल श्रावण मसान्त सम्म कायम रहेको कानुनले सदियौ देखि तालिम दिएको कारणले हो । २०२० भाद्र १ गते नयाँ मुलुकीऐन जारीे हुँदा विभित्र जेल बाट छुटेका ३५० जना अन्तर्जातिय विवाहित जोडीमा सवर्ण+दलित का साथै दलित+दलित पनि थुप्रै थिए । दलितलाई आपसमा फुटाउने त्यो सरकारी षडयन्त्रको फल हामीले ऐलेसम्म भोग्दैछांै र विस्तारै सच्याउँदैछौं ।
(नयाँ पत्रिका, आइतवार २४ कार्तिक २०७०, काठमाडौं)
(सैनामैना राष्ट्रिय दैनिक २०७० मंसिर ९ आइतवार बुटवल)
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


