गौबध धर्मनिरपेक्ष नेपाल र सजाय
–डिक बहादुर विश्वकर्मा
पौराणिक कालमा गाईको मासु मीठो मानीमानी खाने बाहुनहरुले कालान्तरमा गाईको मासु खान छोडेर मान्छेमा श्रेष्ठ आफू र पशुमा श्रेष्ठ गाई भनेर यी दुइलाई कसैले मार्न नहुने बताए साथै, यसबारे राजाहरुबाट राजाज्ञा नै जारी गराए ।
ज्युँदै गाई काटेर खाएको आरोपमा पक्राउ परेका गुल्मी ह्वाङ्दी गा।वि।स।–४ का काले भनिने धनबहादुर वि।क।लाई जिल्ला प्रहरी कार्यालय गुल्मीले ०७० भदौ १५ शनिबारका दिन पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको समाचार प्रकाशमा आएको छ । जस अनुसार प्रहरीले निज वि क विरुद्ध ‘गोबध’ मुद्धा अदालतमा दायर गरेको छ । सो मुद्दामा दोषी ठहरेमा निजलाई हालसम्म कायम रहेको मुलुकी ऐन, महल ७ ‘चौपाया’
को दफा ११ अनुसार १२ वर्षको कठोर जेलसजाय हुने पक्का छ । यहाँ चर्चा गर्नुपर्ने कुरो यो छ कि हिन्दू शासन व्यवस्था पूर्ण रुपमा हटेर गणतन्त्र एवं धर्मनिरपेक्ष राज्य घोषणा भइसकेको नेपालमा, छिमेकी देशलगायत सारा संसारका मान्छेले राँगा बोका सरह काटेर नियमित खाइरहेको, गाई काटेर खाएको मात्र ‘अपराध’ मा काट्ने मान्छे लाई सजाय हुनु र त्यो पनि १२ वर्षको जेल सजाय १ मानवाधिकारको दमाहा पिट्ने यो देशमा कति उचित छ रु
हिन्दू धर्मग्रन्थमा गौहत्या र गौमांस भोजनको इतिहास खोज्ने हो भने यत्रतत्र पाइन्छ । यज्ञ गर्दा अश्वमेध, नरमेध यज्ञ गरे जस्तै गाई काटेर प्रसादस्वरुप सबैले मासु खाने ‘गोमेध’ यज्ञ पनि गरिन्थ्यो । त्यस्ता यज्ञ मध्ये महाकवि कालिदासकृत ‘मेघदूत’ मा वर्णित राजा दुष्यन्त र रानी शकुन्तलाका वंशज राजा रन्तिदेवले, काटिएका गाईका छालाबाट बगेको रगतले चर्मन्वती,९हालकाः ‘चम्बल’ नामक खोलो नै बग्नेगरी, असंख्य गाई काटेर गरेको गोमेध यज्ञको चर्चा स्मरणीय छ । त्यसैगरी
भवभूतिकृत ‘उत्तर रामचरितम्’ का अनुसार महर्षि वाल्मीकिको आश्रममा बास बस्न पुगेका महर्षि वशिष्ठले अतिथि सत्कारका क्रममा वाल्मीकिले टक्र्याएको गाईकी करौली बाच्छीको मासु र मधुपर्क नामक रक्सी पेटभरि खाएर तृप्त भएको कुरा वाल्मीकिका शिष्यद्वय सौधातकी र भाण्डायनको संवादमा उल्लेख छ ।
यसरी पौराणिक कालमा गाईको मासु मिठो मानीमानी खाने बाहुनहरुले कालान्तरमा गाईको मासु खान छोडेर मान्छेमा श्रेष्ठ आफु र पशुमा श्रेष्ठ गाई भनेर यी दुइलाई कसैले मार्न नहुने ९अबध्य बताए साथै यसबारे राजाहरुबाट राजाज्ञा नै जारी गराए । मुसलमानको हमला हुनु अघिसम्म प्रायः भारत भरि मान्छेमा बाहुन र पशुमा गाई अबध्य घोषित थिए । बाहुनले जस्तोसुकै अपराध गरे पनि उसलाई मार्न नहुने सर्वमान्य व्यवस्थाकै कारण राजाहरु पनि बाहुनको अगाडि निरीह बन्थे । मगधको राजा धनानन्दले आफ्नो कडा दुश्मन चाणक्य लाई मार्न नमिलेर देशनिकाला गर्न बाध्य भयो, पछि
उहि चाणक्यले चन्द्रगुप्त मौर्यको सहयोगले धनानन्दको वंशनाश ग¥यो ।
नेपालमा पनि हिन्दू राजाले शासनको सुरुदेखि नै बाहुन र गाईलाई अबध्य घोषित गर्दै आए । वि।सं। १९१० मा बनेको देशको पहिलो मुलुकी ऐन देखि त सो कुरा लिखित रुपमै व्यवस्थित गरियो । त्यसैको फलस्वरुप वि।सं। १९९७ मा गाथगादी एवं राजद्रोहको अभियोगमा सँगै पक्राउ परेका प्रजापरिषद्का ६ सदस्य मध्य धर्मभक्त, शुक्रराज, गंगालाल र दशरथ चन्दलाई राणाले ज्यान सजाय दिए । तर टंक प्रसाद आचार्य र रामहरि शर्मा बाहुन ९अबध्य० भएका कारण आजीवन जेलसजाय पाए । त्यसको १० वर्षपछि २००७ को जनक्रान्तिले राणाशाही हट्नासाथ ती दुबै ससम्मान जेलमुक्त भए भने टंक आचार्यले ०१३ मा नेपालको प्रधानमन्त्री नै हुने अवसर पाए । त्यही कानुन कायम रहेको अवस्थामा २०१८ माघ ९ गते सोमबार तत्कालीन राजा महेन्द्रको जीपमा जनकपुरमा एक्कासि बम प्रहार भयो, राजा रौं–प्रमाणले बाँचे । सुराकी लगाउँदै जाँदा
केही महिनापछि अपराधी पक्राउ प¥यो । तत्कालीन कानुन अनुसार गाथगादी राजकाज सम्बन्धी मुद्दाका सामान्य अपराधीलाई त ज्यान सजाय हुन्थ्यो भने स्वयं गद्दीनसीन श्री ५ को दुश्मनलाई मृत्युदण्ड नहुने कुरै थिएन । तर, अपराधी प¥यो, बाहुन— दुर्गानन्द झा । विद्यमान कानुनले मार्नै नहुने– अबध्य १ राजा सकसमा परे ।
वि।सं।०१२ वैशाखमा इन्डोनेसियाको बाङ्गडुङ्मा सम्पन्न विश्वका विभिन्न २९ राष्ट्रको र २०१८ सालमा युगोस्लाभियाको बेल्ग्रेडमा सम्पत्र असंलग्न राष्ट्रहरु को शिखर सम्मेलनहरुमा मानव अधिकार विषयमा नेपालको तर्फबाट बोल्दा नेपालमा सबै नागरिकले समान रुपले हक–अधिकार पाएको, कानुनतः कोही कसैलाई भेदभाव नभएको भनी उत्कृष्ट भाषण छाँटेकोमा तत्काल वाहवाही पाएका तर केही घण्टापछि नै नेपालमा जातीय भेदभाव र उत्पीडन कानुनी रुपमै विद्यमान रहेको भेद खुलेपछि पत्रकारको प्रश्नका पर्राको समुचित उत्तर दिन नसकी जसोतसो फुत्केर फर्केका राजा महेन्द्रले त्यतिबेलैदेखि नेपालमा जात अनुसार सजायको व्यवस्था रहेको राणाकालिन मुलुकी ऐन खारेज गरी कसुर अनुसार सजायको व्यवस्था गर्ने नयाँ मुलुकी ऐन ल्याउनुपर्ने आवश्यकता महसुस गरेका थिए । जनकपुर–काण्डले उनलाई ‘कानोले आँखो’ पाएझैं भयो । फटाफट साबिक मुलुकी ऐन खारेज गरी ०२० साल भदौ १ देखि लागू हुने गरी नयाँ ‘मुलुकी ऐन ०२०’ जारी गरिहाले ।
जातिपाति सम्बन्धी भेदभावका कुनै कुरा नराखिएको नयाँ मुलुकी ऐनले राजालाई तीन कुराको तुरुन्तै फाइदा भयो । ९१० सबैलाई कसुरअनुसार समान सजाय हुने भएपछि त्यस बखतसम्म सुन्दरीजल जेलमा थुनिएका दुर्गानन्द झालाई ज्यान सजाय दिन बाटो खुल्यो र निजलाई त्यही सालको माघ १५ गते त्यहीँ फाँसी दिइयो । ९२० जातिभेदयुक्त राणाकालीन कानुन हटाउनाले विश्वको नजरमा राजा महेन्द्र सुधारवादी देखिए । ९३० जातीय समानताका लागि बाग्लुङका भगत सर्वजीत विश्वकर्माको पालादेखि सरकार सँग कानुन निर्माणको माग गर्दै आएका संघर्षरत दलितले पनि, अन्तर्जातिय विवाह गरेकाकारण देशभरिका विभिन्न जेलमा थुनिएर बसेका ३५० जना कैदी नयाँमुलुकी ऐन लागू भएकै दिन रिहा भएको हुँदा, राजाको त्यस कदमलाई कानुनी रुपमा समानताको सुरुवात ठानी भविष्यप्रति आशावादी हुँदै राजा महेन्द्रको जयजयकार गरे ।
यसरी मान्छे ९बाहुन को अबध्यता हट्यो भने पशु गाईको अबध्यता अहिलेसम्म किन हटाइएको छैन रु नेपालमा गाईलाई पूजा गर्ने हिन्दू मात्र बसेका छैनन् । यहाँ गाईलाई भैंसीं, घोडा आदि सरह सामान्य पशु मान्ने गैरहिन्दूको जमात झन ठूलोछ । हिन्दू राजाको मनुवादी निरंकुश शासन छँदासम्म गैरहिन्दुलाई जबर्जस्ती दबाएर राखिएको थियो । अब देश गणतन्त्र र धर्मनिरपेक्ष भइ सकेको अवस्थामा कसैले दबाएर राख्ने कुरा कसैलाई मान्य हुन सक्दैन । पशुका लागि मान्छे एकापसमा लड्नु झगडा गर्नु मूर्खता हुन्छ ।
अमेरिका, चीन, युरोप, अफ्रिका, अस्टेलिया, जापान, मलेसिया, मध्यपूर्व आदि विश्वका सबै ठाउँ, जहाँ गाईको मासु खाइन्छ, त्यहाँ लाखौं नेपाली पुगेको अवस्थाछ । तीनी र तिनका
नेपालमै रहने परिवार नातागोता कुनै न कुनै रुपले गाईको मासुको संसर्गबाट अछुतो छैनन् । यस्तो अवस्थामा ‘गाई काट्नेलाई १२ वर्ष जेलसजाय हुने’ अनुदार कानुन अहिलेसम्म कायम राख्नु र त्यसअनुसार धनबहादुर वि।क।जस्ता मान्छेलाई सजायगर्नु कहाँको न्याय हो रु यस विषयमा सरकारले समयानुकूल विचार गरी तत्काल गौबध सम्बन्धी विद्यमान कानुन खारेज गर्नुपर्छ । त्यसको सट्टा समुचित अर्थ दण्ड नीतिको व्यवस्था गरी निज धन बहादुर वि।क।लाई जेलदण्ड होइन कि अर्थ दण्ड गरिनुपर्छ । त्यसरी एउटा पशु मारेको कसुर मात्र मा धन बहादुर वि।क।ले १२ बर्षको जेल सजाय पाउनु नेपालका मात्र नभै विश्वकै मानवाधिकार कर्मीहरुको लागि लाज र चुनौतिको विषय हुनेछ । अतः यस बारेमा मानवाधिकार कर्मीहरुको तत्काल ध्यानाकर्षण हुनु जरुरी छ भने सम्पूर्ण गैरहिन्दू लगायत प्राकृतिक न्याय प्रेमी सबैले आवाज उठाइ धन बहादुर वि।क।लाइ न्याय दिलाउनु जरुरी देखिन्छ ।
—०—
९दैनिक लुम्बिनी, २०७० असोज ११ शुक्रवार, बुटवल ÷ सैनामैना २०७०÷६÷१८ बुटवल र नयाँ पत्रिका २०७०÷७÷६ काठमाडौं
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


