Spread the love


इटहरी
प्रदेश नं १ भरीका १४ जिल्लामा कार्यक्षेत्र पाएको इटहरी स्थित जुटबिकास टोलमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा प्रमुख भएर सहसचिब प्रकाश पौडेल आएका छन ।
एकमहिना भयो आएको लकडाउनले गर्दा प्रोफेरेन्स देखाउने किसिमका कामहरु सम्पन्न हुन बाँकी छ । आज मकालुटुडे अनलाइन र गणराज्य साप्ताहिकका पत्रकारहरुसंग कुरा गर्दै पौडेलले भने । साथीहरु फिल्डमा जानु परयो आरोपितसंग सम्बन्धित कुराको अध्ययान अनुगमन गर्नु परयो? जहाँ पनि ब्यक्ति नै भेटनु पर्ने कुरा भएकोले गर्दा अहिले कोरोना संक्रमण हुने डर हुन्छ । त्यसैले गर्दा अहिले बढीमात्रामा पराना फायलहरुबारे बढीमात्रमा ध्यान दिने गरिएको पौडेलले बताए । परेका उजुरीहरु किन प्राथमिक्तामा पर्दैनन ? भनि प्रश्न गर्दा पौडेलले प्रायः स्थानीय निकायसंग सम्बन्धित मुद्धा छन । आफनो एरियामा उहाँहरुले काम गर्न पाउने एक किसिमको छुटटै अधिकार छ । कतिपय कुरामा बरियताको कुराले पनि हाम्रा चिठीपत्रहरुको जवाफ ढिला आउने जस्तो अनुभूति भएको छ । सहसचिबको मर्यादा क्रममा आफू भएपनि स्थानीय स्तरमा जनप्रतिनिधीको स्थान ठूलो मान्नु पार्ने स्थिति भएको घुमाउरो पाराले तिक्तता महसुस भएको पौडेलले खुलासा गरे । इटहरी अख्तियारले आब २०७६।७७ र ०७७।०७८ भरि जम्मा ११सय ८२ ओटा मुद्धा लिएको मध्ये ८ सय २६ वटा फच्र्यौट भई सकेको र अन्य बाँकी रहेको सुचना अधिकारीले जानकारी गराएका थिए । २० वटा स्ट्रीङ अपरेसन (रंगेहात घुस लिएको केस रहेको) मा कार्बाही भएको र त्यस्तै काण्डमा २४ जना कार्बाही प्रकृयामा रहेको अख्तियारले बतायो ।
आजै अख्तियारमा इटहरी ५मा रहेको पर्यटकीय क्षेत्र काब्यबाटिकामा भ्रष्टचार भएको भनि छानविन गर्न नगरपालिकालाई बिपक्षी बनाई मुद्धा परेको छ । प्रदेश १ सरकारको औद्यौगिक तथा पर्यटन मन्त्रालयबाट छुटयाइको ७०लाख बराबरको बजेट काब्यबाटिका उपभोक्ता समितिको नामबाट अध्यक्ष श्याम चौधरी, पुरण चौधरी,बन्नुलाल चौधरी,५ न वडाध्यक्ष कल्याण कार्की लगायत केही अन्यले बजेट हिनामिना गरि कामको नाममा बजेट आफै आफै बाँडेर खाएको मुद्धा परेको अख्तियारको भनाई छ । त्यसै गरि तरहराको कृषि अनुसन्धान परिषद भित्र छिर्ने बाटोमा ४०लाख सरकारी बजेट सकेर पुल बनाएको भनियता पनि त्यो अत्यान्त कम बजेटमा सकाएर परिषदका चापागाईं थरका हाकिम र लेखापाल,ठेकेदार अनि केही प्राबिधिकले बजेट बाँडेर खाएको आरोप सहित अख्तियारमा मुद्धा दायर भएको छ ।