इटहरी पुलिसले बलत्कारपीडित दलितको न्याय लुटयो
इटहरी,प्रकाश ब्याकुल
इटहरी उपमहानगरपालिका अन्र्तगत कार्यालय रहेको इलाका प्रहरी कार्यालय इटहरीका इन्चार्ज डिएसपी धर्मराज भण्डारी , प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठ लगायतले यौन सम्बन्धी परेका मुद्धामा पैसा खाएर प्रभावित पारी पीडितलाई न्याय नदिएको र अपराधीलाई सजिलो हुनेगरि काम गरेको प्रसंग सहित उसैको माथिल्लो निकायले स्पष्टीकरण सोधेको समेतका समाचारहरु आइरहेको बेला त्यो समाचारलाई पुष्टि गर्ने अर्को तथ्य बाहिर आएको छ ।
धरान उपमहानगरपालिका वडा न ८ निबासी परिबर्तित नाम हरिप्रसाद बिककी १९ बर्षिय छोरीले इटहरी उपमहागरपालिका वडा४ आइतबारे बस्ने रोसन मगर बिरुद्ध जबर जस्ती करणीको मुद्धा दिएकी थिइन । गत माघ महिनाको २गते दिएको सो मुद्धाबारे जानकार एक दलित कार्यकर्ताले नाम नछापि दिने सर्तमा बताए अनुसार रोसनले बिहे गर्ने भनि केटीलाई ललाई फकाई इटहरी ४ आइतबारे आसपासको होटलग्राण्डीमा बन्दी बनाई ४ दिन सम्म राखेर यौन सम्पर्क गरेका थिए । चार दिन पछि आफनो घर लगेका मगरकी आमाले कमिनी बुहारी चाहिदैन भन्दै ढुंग्री र मुंग्री गर्न थालेपछि रोसनले फेरी त्यही होटलमा ल्याई एकरात राखेर भोली पल्ट सुटुक्क निस्किएर भागि सम्पर्कमा आएनन । ती दलित केटी होटलबाट जेनेतेने निस्किएर तरहरा स्थित आफन्त पर्ने दिदिकोमा गई रोसन मगरले गरेको सबै कर्तुत बताइन । त्यसपछि सबै परिवार छिमेकी मिलेर इटहरी आई माघ २ गतेका दिन रोसन बिरुद्ध जबरजस्ती करणीको मुद्धा इटहरी थानामा दिए । जसअनुसार रोसन मगरलाई प्रहरीले पक्राउ गरेर ल्यायो ।थानामा थुन्यो । यो घटनाबारे इटहरीको एक अनलाइन पत्रिकामा समाचार पनि आएको थियो ।केटीको मेडिकल पनि गरायो । त्यस पछि केटीका आफन्त घरघर तिर लागे अपराधी प्रकाउ परयो अब किन हल्ला गर्नु ? प्रहरीले बोलाउला र अदालतमा या प्रहरीमा कुनै बेला जाउंला भन्दै पीडित परिवार चुपचाप प्रहरीको बिश्वासमा फोन पर्खेर बसे। एकैचोटी चैत्र २१ गतेको दिन इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी सहायक निरिक्षक उमेश केसी सहित केही प्रहरी केटीको धरान स्थित घरमै पुगेर मुद्धा यस्तो उस्तो हुंदैछ । तपाईहरुले सही गरिदिनु परयो। भनेर आफुले लगेको कागजमा सहि गराए । लकडाउनले सन्नटा छाएको बेला तपाईहरुलाई किन दुख्ख दिनु भनेर हामी आफै घरमा आएका हौं भनेर फकाए । होला तानी प्रहरीले राम्रो गरयो हामीलाई भनेर पीडित परिवारले कुनै क्रस कोइश्चन बिना कागजमा सहि गरि दिए । छोरी मान्छेको सबाल हो, अपराधी जेल गइहाल्छ भनेर बिक परिवारले कसैलाई पनि प्रहरीले सही गराएको कुनै कुरा भनेन। महिला अधिकार कर्मी,पत्रकार ,छिमेकी , आफन्त,नेता कसैलाई पनि नभनि बसि रहे। लक डाउन बढदै गएकोले थाना जाने,अदालत जाने बुझने प्रयास पनि गरेनन । एकै चोटी लक डाउन खुलेर ३।४ दिन बितेपछि साउनमा रोसन मगर केटीको घरमै आइ पुगेछन । म बिहे गर्छु । जे हुनु भई गयो । अब हल्ला नगर्नु भनेर केटीलाई भेटेर हिंडेपछि मगर फेरी फर्केर आएका छैनन । फोन पनि लाग्दैन । जबरजस्ती करणीको मुद्धा दिएको र बीचमा प्रहरीले कार्बाही हुंदैछ सहि गरि दिनु लक डाउनमा तपाईहरु आउनु पर्दैन भनेर हिंडेपछि अपराधीलाई जेल हाले भनेर ढुक्क भएका बिक परिवार यतिबेला रुँँनु न हाँस्नु भएका छन । इटहरी पुलिसले तरहराको मनटेश्वरी स्कूलका सन्तोष कटवालले आफनै स्टाफलाई यौन दुब्र्यबहार गरेपछि प्रहरीले पैसा खाएर मुद्धा फितलो गरेको पछि पीडितले थाहा पाए पछि सो कर्तुत लगायत रिभर साइड रेष्टुरेण्टमा भएको यौन काण्डमा पनि इटहरी प्रहरीले पैसाकै चलखेल गरेको प्रशंग मिडियामा चर्किन थालेपछि धरानका बिक परिवार पनि कतै आफनी छोरीको अस्मितामाथि धावा बोल्ने रोसन मगरसंग पैसा खाएर मुद्धा फितलो पारि छोडेका त होइनन भनि आबाश्यक न्यायिक पहलकोलागि सोधीखोजी गर्न थालेकोे समाचार स्रोतको भनाई रहेको छ । स्रोतका अनुसार पीडित पक्षको जानकारी बेगर जिल्ला अदालतबाट ५० हजार धरौटीमा रोसन मगर छुटेका हुन ।
घटनाको संबेदनशीलता अनुसार जबरजस्ती करणी र जातीय छुवाछुत दुइटा मुद्धाको प्रकृयामा प्रहरी जानु पर्नेमा पीडितलाई जालझेलमा झुल्याएर इटहरी प्रहरीले मगर बिरुद्ध फितलो मुद्धा बनाउनुमा रहस्य लुकेको बुद्धीजीबीहरुको भनाई छ । यसबारेमा असई उमेश केसीसंग सम्पर्क गर्दा धरानमा घर भएका बिश्वकर्मा परिवारलाई धेरै पटक फोन गरेर बोलाउंदा पनि थाना नआए पछि हाकिम सापको आदेश अनुसार घरै गएर सर्जमिन गरेकोले योबारेमा डिएसपी सापलाई नै सोध्नुहोस भनेका छन । म जति राम्रो प्रहरी पाउन मुस्किल पर्छ भन्दै उनले भने मगर पक्षबाट नाबालक भनेर कागज पेस गरेपछि अदातलतबाट छुटेको होला भनि प्रतिक्रिया दिए । केसीले माघ २ गते मगर बिरुद्ध मुद्धा परेपनि खोजी गर्दा निक्कै ढिला पक्राउ गरेको बताए । धरानको देवीथानकी घतानी थरकी किश्वरीसंग सहमतीमा यौन सम्पर्क गरेको कुरा सुन्दरहरैंचा ६ का किशोर रोजिन बिक कालिकोटेले साथिभाईलाई भनेपछि गाउंले मिलेर बिहे गराइ दिने भनि बाबुसंग कागज समेत गराएर अब कुनै मुद्धामामिला नगर्ने छोरी ज्वाई हुन अब बिहे गरिदिए भन्दा समेत धरान प्रहरीले जबर जस्ती पक्राउ गरेर हाल रोजिनलाई बिराटनगरको बालसुधार गृहेमा राखेको छ । उनीसंग पैसा थिएन गरिव थिए । रोजिनसंग बिहे गर्छु भन्ने किशोरी पनि गरिवकी छोरी हुन । उनले रोजिन पक्राउ परेपछि अर्कैसंग बिहे गरेर घरजम गर्दैछिन । उनको हकमा नाबालिका उमेर नपुगि किन बिहे गरिस? भनेर प्रहरीले अहिले सम्म खोजि गरेको छैन । अनि राजिखुसिले यौन सम्पर्क गर्ने रोजिनलाई कार्बाही चलाई हाल सुधार गृहेमा छन । तर इटहरीका रोसन मगरको हकमा केटीले जबरजस्ती करणी गरेको भनेर किटानी गरि निबेदन दिदा पनि प्रहरीकै सेटिङमा कार्बाही फितलो पारी छुटाउनुमा यो देशमा कानुन लाग्ने भनेको पैसा नहुनेलाई हो भन्ने सहजै बुझन कुनै अप्ठयारो छैन बरी लै ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


