Spread the love


इटहरी
पीबी दियाली
अहिले आएको खबर अनुसार सुनसरीमा १७ जना नयाँ संक्रमित देखिएका छन । इटहरीमा आठ जना,धरानमा


६  जना र औरावनीमा चार जना गरि 18 पुगेका हुन । गढी गाउंपालिकामा रहेको चौधरी ग्रुपको सिजी फुड नामक वाइवाइ चाउचाउ फयाक्ट्रीमा कामदारलाई कोरोना देखिएको हाम्रा सहयागि पत्रकार अकबर अलीले पठाएको रिपोर्टमा उल्लेख छ ।

Ranjit Tamang को फोटो।


इटहरीमाभदौ २ गते स्वाव पठाएको मध्ये थप पाँच जना र तीन गते पठाएको मध्ये तीन जना गरि जम्मा आठजना नयाँ संक्रमित थपिएको इटहरी उपमहानगरपालिका मेयरका प्रेस संयोजक लिलाराज भटटराईले बताएका छन । संक्रमितहरु इटहरी वार्ड नं ९ का ३ जना महिला र १ जना पुरुष गरि जम्मा ४ जना, १२ नं वडाको १ जना महिला र १ जना पुरुष गरि जम्मा २ जना, ६ नं वडाको १ जना महिला र १४ नं वडाको १ जना पुरुष रहेका छन । इटहरीमा जम्मा संक्रमितको संख्या ७२ पुगेको बताइएको छ । दिनानुदिन संक्रमित संख्या बढी रहेको छ । कसरी बढदै छ ? भन्नेबारे तथ्य प्रष्ट खुलेको छैन । जिल्लाको सिडियो कार्यालयले निषेधाज्ञा नामको फर्मान जारि गरे पनि बाटोमा हेर्दा त्यस निषेधाज्ञालाई कसैले टेरेका छैनन । छेउछाउका सबै स्थानीय निकायका सरकारहरुले लकडाउन भनेका छन तर त्यो लकडाउनको पनि राम्रोसंग पालना भएको छैन । सबैजनालाई घरभित्रै बस्न पर्याप्त आग्रह पनि इटहरी नगरप्रशासनले गर्न सकेको छैन । चेकजाँचलाई टोलटोलमा परयाएर स्वास्थ्य टोली खटाउने कुरामा पनि कसैलाई चासो छैन । पहुंचवालो जाँच गराउने गरेका छन । उनीहरुलाई लाग्ने खर्च नगरपालिकाले ब्यहोर्छ भन्ने सुनिएको छ । अन्यलाई ६ हजार तिरेर जाँच गराउन पनि पहिरो खसे झैं भएको छ । गाउँ,सहर,टोल,बस्तीमा मानिसहरु प्राय बिरामी छन ।

सबलाई कोरोनाले होकी भन्ने त्रास छ । कोरोना भन्ने बित्तिकै राक्षेस भन्दा ठूलो अपराधी ठानेर छरछिमेकले छिछिर दुरदुर गर्न सक्ने अबस्था केही घटनाहरुले सृजना गरेपछि मान्छेले मलाई बिसन्चो छ भन्न पनि डराएका छन । बढो मुस्किल छ । सरकार नाम गरेको कुनै निकायले पनि प्रभावशाली योजना ल्याएर जनतालाई निर्भिक र निर्भयपूर्बक रोगको सामना गराउन सकेको छैन । काहाँबाट कसो गर्दा कमिशन आउंछ र लुडयाँएर लिउ भन्ने दाउमा सरोकारवालाहरु छन । केन्द्र सरकारको चालामाला पनि त्यस्तै छ । स्थानीयहरु पनि सोही पारामा छन ।

alt

धरानमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा धराका ३ जना सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा धरानका प्रतिष्ठानमा कार्यरत धरान ११ सयपत्री चोककी ३० बर्षकी नर्स, धरान १७ रत्न चौक घर भइ बर्दिबासको अख्तियार कार्यालयमा कार्यरत ४९ वर्षीय एक पुरुष कर्मचारी र धरान १७ आर्दश पथमा डेरा गरि बस्ने विजयपुर हस्पिटलका रेडियोग्राफर ५४ वर्षीय पुरुष रहेको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताएका छन् ।

धरान बाहिरका सिराहाका २४ वर्षीय पुरुष, बीपीको कोभिड १९ अस्पतालमा उपचाररत १९ बर्षीया महिला र दुहबीका ४५ वर्षीय पुरुष रहेका छन् । सिराहा ती पुरुष प्रतिष्ठानको सर्जरी वार्डमा उपचाररत बिरामीका कुरूवा हुन् ।

नर्स र विरामीका कुरुवा कन्ट्याक ट्रेसिङको आधारमा स्वा संकलन गरिएको र बाँकीको प्रतिष्ठानको हेल्प डेक्समा स्वाब लिईएको प्रतिष्ठानले जनाएको छ ।