कारोवार पत्रिकाका पत्रकारहरु आन्दोलित
धर्मेन्द्र कर्ण
काठमाण्डौ
कारोबार पत्रकार तथा कर्मचारीहरूले यहाँको समस्या समाधान गर्न र पत्रकार तथा कर्मचारीहरूलाई ढुक्क साथ काम गर्ने वातावरण बनाउने उद्देश्यका साथ १४ जनाले हस्ताक्षर गरी बुझाएको दुई बुँदे मागको सन्दर्भ सक्दो छिट्टो वार्ता र संवादबाट समस्याको समाधान हुने अपेक्षालाई व्यवस्थापक पक्षले फेरि एक पटक बेवास्ता गरेको छ ।
नेपाल पत्रकार महासंघले घोषणा गरेको देशव्यापी आन्दोलनको समर्थनमा प्रेस विज्ञप्ति निकालेकै भरमा महासंघका कारोबार प्रतिष्ठान सचिव विजय देवकोटालाइ जागिरबाट निकालिएको विरोध र यसअघि व्यवस्थापनसँग चलिरहेको वार्ताको तार्किक निश्कर्षमा निकाल्न माग राख्दै कारोबारका १४ जना पत्रकार तथा कर्मचारीले व्यवस्थापनलाई साउन २०, २०७७ मा पत्र बुझाइएको थियो ।
पत्र बुझाए लगत्तै व्यवस्थापनले समस्या समाधानको साटो कसैलाइ सरूवा, कसैलाइ बढुवा गर्नेदेखि दिनहुँजसो अनावश्यक इमेल, सन्देशहरू पठाएर मानसिक तनाव दिने कार्य भइरकेकोमा शान्तिपूर्ण वार्ताको साटो द्वन्द्व निम्ताउन उद्दत रहेको यस्तो व्यवहारको पुनः भत्र्सना गर्न चाहन्छौं ।
कारोबार पत्रकार तथा कर्मचारी संघले कारोबार दैनिकका अध्यक्षलाई ०७६साल मंसिर १२ गते विगतमा भएका सम्झौता र श्रमजीवी पत्रकार ऐन अनुसार न्यूनतम सेवा सुविधा उपलब्ध गराउन व्यवस्थापन पक्षका जिम्मेवार व्यक्तिहरूबाट कार्यान्वयन नभएकोमा त्यसको कार्यान्वयनका लागि एक माग पत्र बुझाएको थियो ।
संघले अध्यक्षलाई पठाएको सो पत्रको बोधार्थ प्रवन्ध सम्पादक, प्रशासन प्रमुख, सम्पादक, महानिर्देशक तथा प्रेस रजिष्टार सूचना विभाग काठमाडौ , श्रम कार्यालय टेकु लगायतका सरोकारवाला संघसंस्थामा पठाएको थियो ।
माग पत्रका सन्दर्भमा आफू व्यवस्थापको तर्फबाट वार्ता गर्न जिम्मेवार व्यक्ति भएको भनी सम्पादकले संघका संयोजकसँग वार्ता गरेको र त्यससन्दर्भमा दुबै पक्षबीच भएको इमेल वार्ता त्यसको प्रमाण सुरक्षित रहेको छ ।
त्यतिमात्रै होइन यससम्बन्धमा गैह्रीधारास्थित टिबिआइको प्रधानकार्यालयमा प्रवन्ध सम्पादकतथा निर्देशक,सम्पादक, प्रशासक, प्रमुख कार्यकारी लगायतका पदाधिकारीहरूसँग संघका प्रतिनिधिहरूसँग वार्ता छलफल भएको हो ।
वार्तालाई औपचारिकरूपमा टुंग्याउन बाँकी रहेको विषयमा समस्यालाई समाधान गर्न आवश्यक हुने सूचना तथा सञ्चार मन्त्रालयको पत्रलाई प्रवन्ध सम्पादक तथा सम्पादकलाई फेब्रुअरी २०का दिन इमेलबाट पठाइ त्यस अनुरूप गर्न गराउन भनी आग्रह गरेको इमेल अझ प्रमाणको रूपमा छ ।
सम्झौता हुन अघिदेखि र सम्झौता भएयता निरन्तर विनियमावलीको माग पत्रकार तथा कर्मचारीले उठाउँदै आएको विषय अध्यक्षलाई पठाइएको पत्रमा समेत उल्लेख छ ।
तर व्यवस्थापन पक्षले हामी पत्रकार तथा कर्मचारीलाई अँध्यारोमा राखेर लुकाइ राखेको विनियमावलीको प्रमाणित कम्युटर कपी सम्पादकले जनवरी ७का दिन संघको संयोजकको मेलमा पठाएको सुरक्षित छ ।
संघले वार्तालाई दुई पक्षबीच औपचारिकरूपमा टुंगो लगाउनुपर्ने आग्रह गरिरहेका बेला कोरोना महामारीको आडमा विभिन्न नियम कानुन र निर्णयहरू एकलौटीरूपमा ल्याएर हक अधिकारको माग गर्ने पत्रकारहरूलाई तह लगाउने बदनियतका साथ अन्यायपूर्ण पहल गरेको विषयमा संघले यसअघि विज्ञप्ति सार्वजनिक गरिसकेको छ ।
साथै आन्दोलनका विभिन्न स्वरूप र विधि अपनाइ आन्दोलन गर्ने घोषणा संघले गरिसकेको छ । त्यस अनुरूप व्यवस्थापकका निर्णयहरूको अवज्ञा गर्ने भद्र अवज्ञा आन्दोलन शुरू गरेको छ । साथीहरूले समस्याको समाधान नभएसम्म वा आन्दोलनको अन्य कार्यक्रम सार्वजनिक नभएसम्म व्यवस्थापकको निर्णयहरूको भद्र अवज्ञा गर्ने कार्यलाई निरन्तरता दिन संघले सबैमा फेरि एक पटक आग्रह गर्दछ । कोरोना महामारीको आडमा गरिएका बदनियतपूर्ण निर्णयको अवज्ञा गरी न्यायका लागि आवाज उठाउने पत्रकारहरूको पेशागत कर्तव्य हुने विषयलाई आत्मसात गरी आफ्नो हकमा समेत न्याय माग्ने आन्दोलनमा उभिन संघ सबैमा अपिल गर्दछ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


