Spread the love

itahari संबाददाता

alt


२०५२ भदौ ५ गते स्वर्गीय इन्द्रकुमार लामिछानेले धरानबाट शुरुवात गर्नु भएको बराह ज्वेलरी इण्ड्रिजप्रालीले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी , सञ्चारकर्मी लगायत विभिन्न निकायहरुलाई स्वास्थ्य सुरक्षा सामग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरि२६ औं बार्षिकोत्सव मनाएको छ ।
पोखरा, काठमाण्डौं, नारायणगढलगायत स्वदेशको विभिन्न सहर र हङकङ, बेलायत,दुबही लगायत मुलुकहरुमा पनि व्यवसाय विस्तार गरिसकेकबराहले गत साल २५ औं बार्षिकोत्सव एवं रजत जयन्ती भव्यरुपमा मनाएको थियो । यसपाली कोभिड १९ कोरोना संक्रमणले गर्दा २६ औं बार्षिकोत्सवको अवसर पारेर बराहले संचरकर्मी लगायत

baraha


बराहले कार्यक्रम आयोजना गरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड १९ अस्पताल, प्रहरी कार्यालय धरान, सशस्त्र प्रहरी वल फुस्रे, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरान, र धरानका पत्रकारहरुको लागि नेपाल पत्रकार महासंघ सुनसरीलाई स्वास्थ्य सामग्री वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । बराह ग्ुपकाप्रदेश १का प्रमुख तथा बराहा धरान शाखा प्रमुख मानबहादुर विश्वकर्माका अनुसार संस्था र ग्राहकहरुसमेतलाई गरि मास्क १५२६ पिस, पञ्जा १५२६ पिस र सेनिटाइजर ५२६ पिस विरतण गरिएको छ । सञ्चालक विश्वकर्माले कोभिडको कारण यो बर्ष विगतमा जस्तो कार्यक्रमहरु आयोजना गर्न नसकिएकोले कोभिडसँग फ्रन्टलाइनमा रहेर जुधिरहेका निकायहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको बताए । ‘हामीले स्थापना कालदेखि नै जे जति नाफा कमाउछौं, त्यसको केही हिस्सा सामाजिक उत्तरदायित्व पुरा गरिरहेका नै छौं,’उनले भने ।

barah3

बार्षिकोत्सवमा बराह डिपार्टमेन्ट स्टोर प्रालिबाट विरतण गरिने आर्थिक बर्ष २०७६र०७७ को बराह उपहार योजना तथा १ जना भाग्यशाली ग्राहकलाई यामाहाको एफजेट १५० सिसिको मोटरसाइकल सहज परिस्थिति भए पछि वितरण गरिने पनि सञ्चालक विश्वकर्माले जानकारी दिए । साथै उनले बिषम परिस्थितिमा पनि बराहले दैनिक उपभोग्य सामानहरुको सेवा प्रवाह गरिरहेको र बिशेष छुटको व्यवस्था गरिएको पनि उनले बताए ।

baraha2


बराहमा प्रत्यक्ष, अप्रत्यक्ष गरि ३ हजारले रोजगार पाइरहेको पनि जनाएको छ । बराह ग्रुप अन्र्तगत काठमाण्डौं, पोखरा, चितवन र धरानका डाइरेक्टर एवं कर्मचारीहरुकोतर्फबाट १९ लाख संकलन गरेर संघीय सरकारको कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा ६० प्रतिशत र स्थानीय सरकारको राहत कोषमा ४० प्रतिशत रकम पनि बराहले उपलब्ध गराएको ग्रुपका सदस्य तथा बराह धरानशाखाका प्रमुख प्रशासकीय अधिकृत गंगा कालीकोटेले बताए ।