Spread the love


इटहरी
असारमा हतारहतार काम गरेन भने बजेट फ्रिज हुने डरले ४० लाख सरकारी रुपैयाँ सकेर इटहरी २ तरहरा कृषि अनुसन्धान परिषदले मूल सडकबाट आफनो कार्यालय क्षेत्र भित्र जान यसैपाली यो पूल बनाएको छ ।


बनाउनकोलागि मजदुरहरु हतारहतार गरेर पानीमा भिज्दै तस्विरमा झैं खटि रहेको बेला पत्रकारहरुले प्रश्न गर्दा परिषदले ठेक्का लगाएको कम्पनीको नाम भन्नु पर्छ भनेर एकजना इन्जिनियर तत्काल अलप भए । कवाडी फलामका रड,डेट स्पायर्स सिमेण्ट र काममा दक्षता नभएको कामदारहरुले भुईंमा कुहिएको बाँसको टेको हालेर हतार हतार ढलानको काम गर्ने तत्परता देखाई रहेका थिए । खोई हेडमिस्त्री भनेर सोद्धा नेपाली नबुझने खालका ती कामदार अर्को तिर छलिए । पूल मुनी पानी र गदगदी हिलो थियो । लगाएका बाँसका टेकाहरु लच्किएका थिए। माथिल्लो भाग जुन रड बाँदिएको थियो उत्तरबाट दक्षिण पटी ओरालो थियो । रडहरु खिया लागेका पुरना थिए । परिषदका लेखा अधिकृतसंग सम्पर्क गर्दा हाकिम खोइ कता जानु भयो भन्दै आनाकानी गरे । सरकारले ४०लाख छुटयाएर यो पूल बनाएको ।दर्के पानीमा काम गराई हतारहतार थियो र पत्रकार पुग्दा इन्जिनियर छडकेर भागेपछि किन यस्तो पाराले काम गरेको? भन्दा लेखाअधिकृतले भने यो पैसा जसरी पनि तहलाउनु छ । अलिकति कम्पाउण्ड पनि यहि ठेकेदारले यही बजेटबाट गरिदिने कुरो छ भने ।उनले देखाएको कम्पाउड अहिले सम्म बनेको छैन । जम्मा जम्मि १२लाखमा हुने काम ४०लाख सकेर तरहराको कृषिअनुसन्धानका प्रमुख लगायत कर्मचारीले सरकारी पैसामा ब्यापक भ्रष्टचार गरेको तर यो बिषयमा सुशासन सम्बन्धी काम गर्ने कसैले पनि ध्यान नदिएपछि अख्तिायार दुरुपयोग अनुसन्धान आयोगमा जाने तयारी भएको समाचार स्रोतले बताएको छ ।,