Spread the love
alt


नरसिंह

हत्या गरिएको अबस्थामा
भोक्राहा नरसिंह गाउँपालिकाका २१ बर्षिय युवा गुनानन्द यादवको शव फेला परेको छ ।

हो । हत्या गरी स्थानीय सुनसरी खोलामा शव फालिएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक बिनोद शर्माले जानकारी दिए ।

हत्या के कारणले भएको भन्ने बिषयमा अनुसन्धान भैरहेको जिप्रका सुनसरीले जनाएको छ । हत्या गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेको प्रहरी नायव उपरिक्षक शर्माले बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरी

                                                प्रेस रिलिज

                वि.सं. २०७७साल भाद्र  ०२गते मंगलवार

  • कर्तव्य ज्यान :-

मिति २०७७ साल श्रावण ३१ गते जिल्ला सुनसरी भोक्राहा नरसिंह गा.पा. ७ सुनसरी खोलामा भेटिएको लासको विवरणः-

मृतकको नामः- गुणराज यादव

उमेरः- २२ वर्ष

 ठेगानाः- जिल्ला सुनसरी भोक्राहा गाउपालिका-७

मृतकको वुवाको नामः- कालीचरण यादब (९८०४००३२०२)

घटना स्थलः-जिल्ला सुनसरी भोक्राहा गाउपालिका-७

 लाश फेला परेको मिति २०७७ साल श्रावण ३१ गते ।

लाश फेला परेको अवस्थाः- प्लाष्टिकको बोरा भित्र मृतकलाई राखी करिव ५० के.जी. कोढुंगा सहित बोराको मुख वाधेर खोलाको पानीमा फालेको ।

अनुसन्धानबाट खुलेका तथ्यहरुः-

  • मिति २०७७ साल श्रावण २९ गते दिउसो १४:००वजेको समयमा मृतक गुणराज यादव घरबाट मोवाईल पसलमा कामछ भनि निजको साथी शिव कुमार मेहता संग इनरुवा वजार गएको ।
  • मिति २०७७ साल श्रावण २९ गते अन्दाजी १९:०० वजे शिव कुमार मेहता र मृतक गुणराज यादव पारिजात स्कुल छेउमा रक्सी खाई इन्द्रजित यादवको घर पुर्‍याई शिव कुमार मेहताले छाडी घर तर्फ निस्केको ।
  • मृतक गुणराज ईन्द्रजित यादवको घरमा केहिवेर वसी आफ्नो घर जान भनि हिडेको ।
  • मिति २०७७ साल श्रावण ३० गते स्थानिय मानिसले धान बारीमा रगत जस्तो पदार्थ देखी यस प्रहरी कार्यालयमा जानकारी गराएको ।
  • यस कार्यालयबाट प्र.ना.उ. सहितको अनुसन्धान टोली घटना स्थलमा गई प्रारम्भिक अनुसन्धान थालेको ।
  • इन्द्रजित यादवको घर देखि ३०० मिटर पर घन्सी बारीमा लुकि बसेका पप्पु राम, दिपक यादव, प्रदिप राम, शिव कुमार मेहता र दिनेश मेहता समेतले संवेदन सिल अंगमा पालैपालो लात्तले वारम्वार हानेको, कुटपिट गरेको भन्ने खुलेको ।
  • दिनेश मेहताले नजिकै रहेको गोरू गाडामा लगाएको वास ल्याई मृतकको टाउकोमा प्रहार गरेको ।
  • शिव कुमार मेहताले नजिकै रहेको गोरु गाडामा वाधिएको नाईलन(प्लाष्टिक) को डोरी ल्याई मृतकको घाटिमा वाधेको ।
  • प्रदिप राम, पप्पु राम र दिपक यादव मिलि मृतकको हात तथा खुट्टा वाधी विभत्स हत्या गरेको ।
  •  दिनेश मेहताले आफ्नो घरबाट बाबा चोकर लेखेको प्लाष्टिकको वोरा ल्याई मृतकलाई बोरामा हालेको ।
  • प्रतिवादी सवैले आलो पालो काधमा वोकी घन्सी बारी र धान बारी हुदै सुनसरी खोला किनार सम्म पुर्‍याएको ।
  •  सुनसरी खोला छेउ कल्भटमा प्रयोग भएको चेप्टो ठूलो ढुंगा उक्त वोरामा हाली नाईलन(प्लाष्टिक) को डोरीबोराको मुख सिलाई गरी खोलाको पानीमा फालेको ।

घटना स्थलबाट बरामद गरेका सामानहरुः-

  • प्लाष्टिकको डोरी, चप्पल ।
  • PapuShing लेखिएको पप्पु सिंह को हातमा लगाउने माला ।
  • प्रदिप राम को घाटिमा लगाउने माला चुडीएको अवस्थामा घटना स्थलमा छरिएका साना-साना दानाहरु ।
  • मृतक गुणराज यादवको औठी ।
  • मिति २०७७\०४\३१ गते सुनसरी खोलामा लाशबाट बाबा चोकरको बोरा, प्लाष्टिकको डोरी (हात खुट्टा बाधेको), मृतकको झोला ।
  • जिल्ला अदालत सुनसरीबाट दिन ३ (तीन) म्याद थप गरी घटना सम्वन्धमा अन्य थप अनुसन्धान भई रहेको ।

प्रतिवादीहरु

         दिनेश महत्तो                                  पप्पु राम                                        शिव कुमार मेहता                        दिपक कुमार यादव                     प्रदिप राम

हटलाईन:- १००, कार्यालयको सम्पर्क नं. ०२५-५६०१००, प्र.उ.को मो. ९८५२०८५५५५ , प्र.ना.उ. मो. ९८५२०५४७२८ (प्रवक्ता) ,ईमेलsunsari@nepalpolice.gov.np