नाउँको पछाडी फुर्का अर्थात थरलाई किन?
हामी किन नाउँको पछाडी रहेको त्यो फुर्का अर्थात थरलाई किन यति महत्व दिन्छौ एक पटक हामी जात अनि थर भन्दा माथि उठेर हेरौ त सृष्टिका सबै समान होईन र अनि फरक के मा छ हामी जात भात उच निच गर्छौ आखिर सबैका लागी भान्सा घर चोखो हुदैन र ? अनि सबैलाई आफ्नो चेलीवेटी प्यारो हुदैन र ? आजको २१ औ शताब्दीमा पनि हामी लौन नेपालमा जातिय विभेद जस्तो कु प्रथा यथावत रह्ययो बजेट दिनुहोस हामी समतामुलक समाज निर्माण गर्छौ भन्नु कति लाज मर्दो छ । समस्या हामीमा छ परिवर्तन को खाचो छ परिवर्तन हामीबाट नै संम्भव छ जिम्मेवारि लिने व्यक्तिको खाचो छ। समाजमा जातिय दम्भ भएकाहरु मात्र होईन हामी सदियौ देखि पिल्सियौ भन्नेहरु पनि अब विगतलाई भुलेर पुर्खाले गरेका गल्तीलाई त्याग्नु खाचो छ ।हामी अरुको आङमा भैसि देख्छौ तर आफ्नो आङको जुम्रा नदेख्ने गर्नु हुन्न ।साचिकै समाजबाट जातिय विभेद हटाउने सवालमा दलित समुदायको भन्दा गैरदलित समुदायको भुमिका उच्चकोटीको हुन्छ ।हामीले हेर्ने समाजलाई हामीले माया गर्नु पर्छ यहाका हरेक जातलाई कानुनले संरक्षण गरेको छ तर हामी कानुन भन्दा माथि हुने कोशिस गर्दा नै समाजमा नसोचका द्धन्द आई पर्छ त्यसैले हामी हिन्दु हौ भन्छौ भने जातलाई होईन धर्मलाई प्रश्रय दिउ ताकी हिन्दु हुनुमा हिनता होईन गर्व महशुस गर्न सकियोस ।हामी जातलाई होईन कर्म लाई विश्वास अनि माया गरौ त किन युरोप अमेरीका जानु पर्छ काम गर्नेलाई नेपालमा पनि राम्रै छ ।दलितलाई खाना पकाउने काम आउछ तर उस्ले खोलेको होटल चल्दैन अनि कसरी हुन्छ समाज परिवर्तन हामी जात संग श्रमलाई तुलना गर्नु हुन्न हाम्रो कमजोरी नै यही छ के काम गर्छौ ,कहा गर्छौ ,कुन पदमा ,तेती तलबले पुग्छ भन्दै मान्छेलाई तल पार्न खोजी रहन्छौ अनि दलित समुदायको रहेछ भने खुला पहिलो नम्बरमा नै पास गरेको भए नि समाबेशिबाट आएको होला है भन्न पछी पर्दैनौ ।यस्तो तालले कसरी समाजमा राज्यले सोचे अनुसार परिवर्तन आउछ ।काम सानो ठुलो केही हुदैन ठुलो जिम्मेवारी हो जिम्मेवारी पुरा गर्न लागी परौ आज नि जात कै आधारमा मान्छेले मान्छेलाई उच निचको व्यवहार नगरौ श्रमको उचित सम्मान गरौ खाली नबसौ जे आउछ तेही काम गर्ने बानीको विकास गरौ काम गरे माम आउछ माम भए घर परिवारमा खुशियाली छाउछ झैझगडा हुदैन संन्तानले राम्रो शिक्षा दिक्षा पाउछन अनि समाज बदलिन के समय लाग्छ मात्र एउटा पुस्ताले सोच बदले पुग्छ हतियार
न आन्दोलन केही खाचो पर्दैन यो सब गरिवका छोरा छोरी मार्ने खेल हो जुन हामीले विगतका आन्दोलन र द्धन्दबाट पाठ सिकी सकेका छौ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


