Spread the love



खाँदबारी
संखुवासभामा जिल्लामा अहिले सम्म ८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख रोशन श्रेष्ठका अनुसार पिलुवा क्वारेन्टाईनमा बसेका ३ जनाको स्वाव परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु मध्ये २ जना बैदेशीक रोजगारीबाट विदेशबाट फर्किएका थिए । एकजना विराटनगरबाट फर्किएकोमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्यले जनाएको छ । यसअघि ५ जनामा कोरोना पोपेटिभ देखिएको थियो । उनीहरु उपचार पछि घर फर्किसकेका छन् ।
अहिले पोजेटिभ देखिएका तीनै जनाको स्वास्थ्य अवश्था सामान्य रहेको बताइएको छ । संक्रमितहरुको टाभल हिष्ट्री खोजि भइरहेको । विद्यालय, क्याम्पस र सामुदायिक भवनमा सरकारले आईसोलेसन नराख्ने निर्णय गरेपछि संक्रमितलाई व्यवस्थापनमा समस्या भएको जिल्ला समन्वय प्रमुख सुमन शाक्यले बताए । यी ३ सक्रमितलाई जिल्लामै व्यवस्थापन गरिने पनि उनले बताए । उनका अनुसार अब जग्गा किनेर अस्थायी आईसोलेसन निर्माणमा गर्न छलफल पनि भइरहेको हाम्रा सहयोसगी पत्रकार मेनुका दर्नालले संखुवासभाबाट पठाएको रिपोर्टमा उल्लेख छ ।