Spread the love


–डिक बहादुर विश्वकर्मा

Dik Bishwakarma को फोटो।


सगोलमा बस्ने एउटै भुँडीबाट जन्मेका सन्तानमा पनि यदि घरको साझा सम्पत्तीमा सबै जनाको जीयै पिच्छे अंश भाग नलागेर कुनै अंशीयारले ठूलो भाग खाने, भोग गर्ने कुनै अंशीयारले सानो भाग पाउने र कुनै अंशीयारले भागै नपाएर अरु अंशीयारले खाएको÷भोगेको टुलुटुलु हेरेर बस्नु पर्ने अवस्था छ भने त्यो घरमा शान्ति कदापि रहन सक्दैन । देशको कुरा पनि त्यस्तै हो । बहुजाती, बहुभाषी र बहुसंस्कृति भएको देशमा एउटा जाती विशेषले मात्र आफुले प्राकृतिक न्यायले पाउनु पर्ने अंश भन्दा धेरै ठूलो भाग ओगटेकोछ, तर अरु जातजातिले भने सामान्य हिसाबले पाउन पर्ने अंशभाग पनि या त थोरै पाएको छ या कत्ति पनि पाएको छैन भने त्यो देशमा शान्ति कदापि हुन सक्दैन । यो स्थिति हाम्रो देशमा सयौं वर्ष देखि रहि आएको छ ।
मनुवादी उँचनीच र जातिय भेदभावको कारणले जर्जर भएको भारतमा यवनहरुको शक्तिशाली आक्रमण हुन थाले पछि आक्रामक बाट आफ्नै घरआँगनमा पराजित हुन पुगेका त्यहाँका पुराना शासकजाति बाहुन क्षेत्रीहरु धर्म रक्षाको बहानाले आफ्नो प्राण रक्षागर्न शत्रुले पछ्याउन नसक्ने थलो खोज्दै नेपालका दुर्गम पहाडी भेगमा शरण लिन आईपुगे । शुरुमा उनीहरुले आफू संगै ल्याएको ज्योतिष, भूगोल, खगोल, गणित आदि चमत्कारिक शास्त्र विद्याका प्रभावले स्थानीय लाटासोझा आदीवासी जाति जनजातिमा आफ्नो प्रभुत्व राम्रैगरि जमाउन सफल भए । कालान्तरमा साम दाम दण्ड भेद आदी छलकपटले ती आदीवासीहरु बीच आपसी फुट गराई उनीहरुलाई सामान्य संघर्षमा पराजीत गरेर स्वयं राजा रजौटा र गुरु पुरोहित बन्न पुगे । यसरी नेपालका डाँडा पाखामा क्षेत्री राजा र बाहुन पुरोहितको मनुवादी शासन चल्न थालेको इतिहास प्रमाण देखिन्छ । शरणार्थी बाट शासक बन्न पुगेका बाहुन क्षेत्रीले देश समाज सञ्चालनका लागि न भै नहुने राजनैतिक, प्रशासनिक, न्यायिक, धार्मिक, आर्थिक, शैक्षिक आदि हरेक क्षेत्रमा आफ्नो स्वार्थ अनुकुल पर्नेगरि मनुवादी सिकन्जा कस्दै लगे । सबै क्षेत्रको नेतृत्व तहमा बाहुन क्षेत्रीको एकलौटी पकड भयो भने बहुसंख्यक आदीवासी एवं अन्य जातजाति सबैलाई आफ्ना हली, गोठाला, भरीया र आफ्नो हालहुकुम तामेल गर्ने नोकर चाकर बनाई गाईगोरु भेँडा बाख्रालाई जस्तै हाँकेर कज्याउन थालियो ।
हुनलाई बर्तमान नेपाल एकीकरण अभियान ताका राजा पृथ्वीनारायण शाहले नेपाललाई “मेरा साना दुखले आज्र्याको मुलुक होइन १ चार जात छत्तीस वर्णको फूलबारी हो । सबैलाई चेतना भया ।” भनेका कुरा दिव्य उपदेशमा पाइन्छ । तर उनको भनाई र काम गराईमा भारी अन्तर देखिन्छ । भनाईमा सबै जातको फूलबारी हो भनेता पनि मुलुक आर्जन गर्दा रणभूमीमा उनको काँधमा काँध मिलाएर ठूलो दुःख कष्ट बेहोरी लडेर विजय हासिल गराएका मगर, गुरुङ्ग आदि जातका योद्धाहरु र पल्टनका हातहतियार ड्रेस कपडा पेटी जुत्ता आदि निर्माणका साथै युद्धको लागि जनतामा जोश भर्ने काममा ज्यूज्यानले सहयोग गर्ने कामी, दमाई, सार्की, गाइने आदि दलितहरुलाई कुनै प्रकारको गतिलो पुरस्कार दिएको देखिदैन । बरु उनीहरुलाई जातिय भेदभाव र छुवाछुतको व्यवहारद्वारा अरु बढी कसेर सँधैभरी बाहुन क्षेत्रीका मुखापेक्षी र दास÷दासी बनाई राख्ने परम्परागत व्यवस्थामा परोक्ष वा प्रत्यक्ष रुपले बढावा दिएको पाइन्छ । गुरु पुरोहित बाहुन र क्षेत्री ठकुरी सरदार भारदारहरुलाई भने धन धान्यले परिपूर्ण पार्न विजीत प्रदेशका राम्रा राम्रा जग्गाहरु बिर्ता र जागिरको रुपमा प्रशस्त बकस दिएको देखिन्छ । त्यसपछि आज पर्यन्त उनका सन्तान राजाहरुले पनि पुर्खा कै निति अनुशरण गरेका हुनाले आज नेपालमा बाहुन क्षेत्रीहरु यति शक्तिशाली अवस्थामा छन् कि देशको आर्थिक, राजनैतिक, प्रशासनिक, न्यायिक, सामाजिक, धार्मिक, शैक्षिक, स्वदेशी विदेशी हरेक क्षेत्रमा उनीहरुको एकलौटी पकड रहेकोछ । जसलाई निम्न उदाहरणबाट पनि पुष्टी गर्न सकिन्छ ः—
१।राजनैतिक क्षेत्रः के काँग्रेस, के नेकपा देशका प्रभावशाली र ठूला दलहरुमा सर्वोच्च नेता देखि प्रभावशाली कार्यकर्ताहरु ७० देखि ८० प्रतिशत सम्म बाहुनै बाहुन रहेकाछन् ।
२।प्रशासनिक क्षेत्रः निति निर्माण तह देखि सामान्य दर्जा सम्म हरेक तहमा बाहुनको एकछत्र पकड रहेकोछ । राष्ट्रपति प्रधानमन्तरी देखि राईफल समाउने सन्तरी सम्म र हाकिम देखि पिउन सम्म ८० देखि ९० प्रतिशत बाहुनै बाहुन भरिएकाछन् ।
३।न्यायिक क्षेत्रः सर्वोच्च अदालतका प्रधान न्यायाधीश देखि जिल्ला अदालतको अर्दली सम्म जुनसुकै पदमा पनि ८० देखि ९० प्रतिशत बाहुन रहेका छन् ।
४।आर्थिक क्षेत्रः देशका राम्रा र उब्जाउ जमिनका स्वामी ऐले पनि ६० प्रतिशत भन्दा बढी बाहुन छन् भने प्राकृतिक, औद्योगिक र व्यापारिक आदि सबै आय आर्जनका स्रोत साधनमा एकछत्र पकड उनीहरुकैछ । यदि अपवाद स्वरुप कहिँ कतै अन्य जातका व्यक्तिको पनि पकड रहेको देखियो भने त्यो व्यक्ति पनि उ भन्दा माथिल्लो तहमा रहेको कुनै बाहुनको आशिर्वादमा निर्भर छ भन्दा फरक पर्दैन १
५।शैक्षिक क्षेत्रः सदियौं देखि मनुवादी कानून अनुसार कस्तै जघन्य अपराध गरेपनि मृत्युदण्ड नपाउने अर्थात अवध्य घोषित भै आएका बाहुनहरुलाई सित्तैमा पढ्ने खाने बस्ने व्यवस्था पनि विभिन्न संस्कृत पाठशालाहरु मार्फत करोडौं रुपैयाँ खर्चेर राज्यपक्षबाट नै गरिदैं आएको हुनाले शैक्षिक र चेतना स्तरमा यो जाति संँधै अग्रस्थानमा रहँदै आएकोछ ।
६।धार्मिक क्षेत्रः देशको कुल जनसंख्याको अनुपातमा खास हिन्दू धर्म मान्ने बाहुन क्षेत्रीहरु केवल ३० प्रतिशत छन् ता पनि शासनमा सदीयौं देखि उनीहरुको एकछत्र पकड रहेको हुनाले नेपाललाई हिन्दू राष्ट्र घोषणा गरिदैं आयो भने जनसंख्या गणना गर्दा देशका बहुसंख्यक बौद्ध धर्मावलम्वीहरुलाई समेत धार्मिक अतिक्रमण गर्दै हिन्दू भनेर गणना गरि नेपालमा हिन्दू धर्मावलम्वी ९५ प्रतिशत भएको झूठो दावी गरिँदै आएकोछ । ३० प्रतिशत बाहुन क्षेत्री मात्रको चाड दशैं, तिहारमा ७÷८ दिन सम्म सार्वजनिक विदा दिईन्छ, अदालतमा त झन् दशैंमा १५ दिन विदा दिइन्छ । तर ७० प्रतिशत अन्य जात जातिको चाडपर्व जस्तैः लोसार, ईद, क्रिसमस–डे आदिमा चाँही १÷१ दिन मात्र सार्वजनिक विदा दिईन्छ ।
७।सामाजिक क्षेत्रः सरकारबाट परम्परा देखि पुजनीय र ढोगनीय बनाइदै आएका बाहुनहरुको इच्छानुसार नेपाली समाज ऐले पनि चलेको देखिन्छ । अड्डा, आदलत, अस्पताल, संघ संस्था आदी हरक्षेत्रमा बाहुन क्षेत्रीहरुको एकछत्र पकड रहेको हुँदा ती ठाउँहरुमा दैनिक काम पर्ने समाजका अन्य जातका व्यक्तिलाई राम्ररी र पक्को किसिमले काम सफल पार्न बाहुन क्षेत्रीको सहयोग लिनै परेका उदाहरण आजकल पनि थुप्रै भेटिन्छन् । ती अड्डा, अदालत, अस्पताल र संघ संस्थामा अन्य जातका व्यक्ति आफुमात्र सम्पर्क राख्न जाँदा त्यहाँका बाहुन बहुल कर्मचारी स्टाफबाट अनेक प्रकारका झण्झट व्यहोर्नु पर्ने हुन्छ भने सोही काम कुनै बाहुनलाई साथमा लिएर जाँदा सजिलै सम्पन्न हुने गर्छन् । यिनै सब कारणले गर्दा समाजमा रहेको एक्लो बाहुनको पनि पुरै समाजमा धाक रहेको हुन्छ ।
८।वैदेशिक क्षेत्रः नेपाल सरकार र विदेशमा रहेका नेपाली राजदूताबासमा बाहुनहरु भरिएका हुनाले वैदेशिक क्षेत्रबाट नेपालमा आउने सहयोग एवं संघसंस्थाहरु पनि उनिहरुकै चाँजोपाँजोमा चलिरहेकाछन् ।
यसरी हामी देख्छौं कि नेपालको जनसंख्यामा केवल १२ प्रतिशतको अनुपातमा रहेका बाहुनहरुले देशको समग्र श्रोत साधन आय आर्जनमा ८० देखि ९० प्रतिशत सम्म कब्जा जमाएका छन् भने आफ्ना साख्खै अंशियार अन्य जातका भाई बैनीहरुलाई भोक भोकै बस्न वा विदेश मुग्लान पस्न बाध्य पारी रहेका छन् । यसप्रकारले शोषण गर्दै आएका बाहुनले अझ बढी शोषण गर्ने उद्देश्यले ऐले देशमा ५५ प्रतिशत खुला र ४५ प्रतिशत आरक्षणको व्यवस्था गरिएकोछ । त्यो ४५ प्रतिशतको ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था छ । उहिले स्त्री शिक्षामा सामाजिक बन्धन भएका कारण पढ्न नपाएका बाहुनी छोरी बुहारीहरु अचेल छोरा सरह पढे लेखेर तैयार भएका छन् । उनीहरुलाई पनि पूरुष बाहुन सरह नै अड्डा अदालत, संघ सस्था कार्यालय एवं आय आर्जनका श्रोत साधनहरुमा हुलेर रोजगारी दिई पुरै बाहुन परिवार रोजगार बनोस् भन्ने भित्री ध्येयले सो महिला आरक्षणको अभियान ल्याईएको प्रष्टछ । ऐले सम्म ती कार्यालयहरुमा जति पनि महिला कार्यरत छन् कम्तिमा ९० प्रतिशत बाहुनीहरु नै छन् यो कुरा ठोकेर भन्न सकिन्छ । त्यस्तो अवस्थामा महिला आरक्षणको कुनै अर्थ रहेको छैन । एउटा जाति विशेषले मात्र खाने लाउने मोज गर्ने अरु बहुसंख्यक जातिहरुले टुलुटुलु हेरेर बस्नु पर्ने विद्यमान व्यवस्था कै कारण देशमा भाँडभैलो र अशान्ति मच्चिएकोछ । ऐले सम्म ७० प्रतिशत जनसंख्या भएका दलित, अन्य र जनजाति लाई केवल ५÷१० प्रतिशत मात्र आरक्षण सित्तो फालेर बाँकी रहेको सबै सिटहरु १२ प्रतिशत जनसंख्या भएका बाहुनले एकछत्र उपभोग गर्न पाउने विद्यमान व्यवस्था घोर अन्यायपूर्णछ । यदि साँच्चै नै देशमा शान्ति र सुव्यवस्था चाहने हो भने विद्यमान आरक्षण व्यवस्था खारेज गरि सर्वप्रथम बाहुन जातिको लागि नै जनसंख्याको अनुपातमा आरक्षणको सीमा तोकीनुपर्छ । त्यो अवस्था देशमा ५१ प्रतिशतको जनसंख्यामा रहेका महिला लाई ऐले झै हचुवा ३३ प्रतिशत होइन, ५१ प्रतिशत नै आरक्षण सिमा तोकिनु पर्छ र बल्ल त्यो सार्थक हुनेछ ।
त्यसो गरिएमा मंत्रीमण्डलमा पनि बाहुन केवल १२ प्रतिशत भन्दा बढी रहन पाउने छैनन् । सरकारको सचिव देखि सबै पदमा बाहुनहरु १२ प्रतिशत भन्दा बढी संख्यामा रहन पाउने छैनन् । ऐले सम्म ७७ जिल्लाका प्मुख जिल्ला अधिकारी मध्ये कम्तीमा ६० जना बाहुन रहने गरेकाछन् । तर १२ प्रतिशत आरक्षण कोटा तोकिए पछि केवल ९ जना मात्र बाहुन प्रमुख जिल्ला अधिकारी हुन पाउने छन् । यसरी देशका सबै आय आर्जन र साधन श्रोतमा बाहुनहरुलाई उनीहरुको वास्तविक अधिकार–सीमामा सिमित गरेर राखियो भने तब मात्र उनीहरुले अतिक्रमण गरेका अन्य जात जातिको अंशभाग स्वतः चंगुलमुक्त हुनेछन् र त्यसमा अन्य जातिले पूर्णसमानुपातिक हिसाबले आ–आफ्नो अंशभाग सजिलै लिन पाउनेछन् । आज सम्म एकलौटी सुखभोग गरेका बाहुनहरु एक्कासी आफ्नो वास्तविक अंश भाग १२ प्रतिशतको सिमानामा खुम्चिनु पर्दा बल्ल पूर्णसमानुपातिक आरक्षणको अर्थ बुझ्न बाध्य हुनेछन् । त्यस अवस्थामा मात्र बाँकी रहेका श्रोत साधनहरुमा अन्य जातजातिको पहुँच स्वतः हुन जानेछ । शासन सत्ताका अनुभवी बाहुनहरुलाई त्यसरी सीमा–बद्ध गरि वर्तमान हकभोगबाट हटाउँदा राम्रो अनुभवी मान्छेको अभावमा देश कुशासनको भुमरीमा फँस्न गै लथालिङ्ग होला कि रु भनी चिन्ता मान्नु पर्दैन । किनकी नेपाललाई ऐले विश्वको सबभन्दा गरीब देश मध्य दोश्रो स्थानमा पु¥याउन र देशमा भाँडभैलो, अशान्ति मच्चाउनमा उनै बाहुनहरुको सदीयौं देखिको एकलौटी नेतृत्व र शासन प्रणाली जिम्मेवारछ । यस कुरामा बाहुन क्षेत्री बाहेकका ७० प्रतिशत नेपालीले राम्ररी विचार गरी बाहुनलाई १२ प्रतिशतमा सिमाबद्ध गर्ने अभियान चाल्न आजै देखि शुरु गरौं ।