मल नपाएर धानबाली बर्बादःकिसान चिन्तित
इटहरी संबाददाता

कोरोना संक्रमणले गर्दा बजार संचालन हुन नपाउंदा खेतिमा हाल्ने युरियामल पाइन छोडेको छ । सुनसरीमा धानखेती लाएका किसानहरुले युरिया मल बजारमा सहज रुपमा नपाउँदा धानबारी पहेंलो हुन थालेको बताएका छन । साबिक झैं बजारमा मल नपाएपछि जिल्लाका दक्षिणी क्षेत्रका कृषकहरुले कम गुणस्तरको मल भारतीय सीमा बजारबाट ल्याउने गरेका छन् ।नेपालमा मल नपाएको र हाल्दै नहाल्नुभन्दा धान जोगाउन छिमेकी मुलुकबाट भएपनि ल्याउने गरेको देवानगन्ज गाउँपालिकाका किसान उमेश मेहताले बताए । नेपालमै मल नपाउँदा महँगो मूल्य तिरेर भारतीय बजारबाट ल्याउन बाध्ये भएको किसानहरुको भनाइ छ । बर्जु गाउंपालिका घर भई खेतिकिसानीका साथ राजनीति मा पनि सक्रिय सुरेन्द्रप्रसाद मेहता पनि यसपटक उहाँको गाउका किसानहरुले धेरै गुनासो गरेको प्रतिक्रिया दिएका छन ।,भुटाहा,लौकही इनरुवा लगायतका बजारमा जालझेल गरि कालाबजारियाहरुले मल बेच्ने गरेको किसानको गुनासो छ । कृषि साझा, साझा सहकारी, डिलरलगायतका स्थानमा भने मल सकिएको बताउने गरेका छन। बिचौलियाहरुलाई कर्मचारीकै शेटिङमा मल दिइने गरेको आरोप भुटाहाका किसान सलामद अलीले लगाएका छन । धान रोपाईँ सकिएको करिब एक महिना कटेपछि मल हाल्नुपर्ने भएपनि यतिबेला मल नपाए पछि निरास हुनु परेको रामधुनी ८ का किसान भुपजित दियालीले बताए । साझा, सहकारी वा डिलरहरुमा युरिया मल छैन’ भनेर फर्काउने गरेका छन । छिमेकी मुलुक भारतीय बजारबाट किसानहरुले मल ल्याउँदा नक्कली परेर ठगिने जान्दाजान्दै पनि केही किसानहरु त्यही गर्न बिबस हुनु परेको इनरुवाका पत्रकार लुकमान अन्सारीको भनाई छ ।
भारतको बजारबाट ल्याइने मल कम गुणस्तरको हुने, प्रतिबोरामा ४र५ केजीसम्म तौल घटेको हुने, महँगो मूल्य पर्ने भएपनि बाध्ये भएर किन्नुपरेको किसानको गुनासो छ ।
दुहबी,बर्जु,गढी,रामधुनी नगरपालिका, बराहक्षेत्र, हरिनगरा,भोक्राहा,इनरुवा,प्रकाशपुर लगायत जिल्ला भरिनै यतिबेला मल अभाव छ । दक्षिण भेगबाट चोरीनिकासी गरी ल्याइ महँगोमा बिक्री हुने भएपनि किन्न पाइरहेका छैनन । विराटनगरमा रहेको कृषि सामाग्री संस्था लिमिटिडको क्षेत्रीय कार्यालयका प्रमुख नवरत्न गौतमले भदौको पहिलो सातामा मल उपलब्ध हुने सम्भावना रहेको बताए ।
‘साल्ट ट्रेङ्गि कर्पोरेशन काठमाडौंले खरिद प्रक्रिया अघि बढाएको छ’ गौतमले भने। देशभरी नै समस्या छ कृषि सामाग्री कम्पनी सुनसरी कृषि सामाग्री कम्पनी लिमिटेड सुनसरी शाखा इटहरीले हाल युरिया मलको समस्या देशभरी नै रहेको जनाएको छ । विराटनगर हुँदै मल आइपुग्ने भएकाले तत्काल आउने सम्भावना नरहेको प्रमुख मेघप्रसाद लामिछानेले बताएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



