रामधुनीमा कोरोना संक्रमितको संख्याले फडको मारयो
झुम्का संबाददाता
रामधुनी नगरपालिका भित्र बसोबास गर्ने मानिसहरुमा कोरोना पोजेटिभ देखिने क्रम बढीरहेको छ ।
रामधुनी वडा नम्बर ९ का करिब ५८ वर्षीय एक पुरूषमा कोरोना संक्रमण भएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख समीम अंसारीले बताएका छन ।
अन्सारीका अनुसार रामधुनी नगरपालिका अन्र्तगत रहेको क्षेत्रिय कारागारमा बन्दी जीवन बिताई रहेका ४ जनामा कोरोना संक्रमण भएको छ ।नगरपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र पौडेलका अनुसार २० वर्षीय, २१ वर्षीय र दुई जना ५५ वर्षीय गरी ४ पुरुषमा कोरोना संक्रमण देखिए पछि कारागार एरियामा सन्नटा छाएको छ ।गत २७ साउनमा कारागारले १८ कैदीहरुको स्वाब संकलन गरी पठाएको थियो । जसमा ४ जनाको पोजेटिभ र बाँकीको नेगेटिभ रिपोर्ट आएको कारागार प्रमुख अनिल बरालले बताए । नयाँ कैदी कारागार प्रवेश गरेदेखि नै संक्रमाण शुरु भएको पौडेलले बताए । संक्रमित कैदीलाई छुट्रटै कोठामा राखिएको प्रमुख पौडेलले जानकारी दिए ।पौडेलका अनुसार संक्रमितहरु कैद भुक्तानका लागि २६ गते धनुषाबाट कारागार ल्याइएका थिए ।
रामधुनी नगरभित्र कुल संक्रमितको संख्या २२ पुगेको स्वास्थ्य शाखाले जानकारी दिएको छ । जसमा १० जना पूर्णरूपमा निको भएर घर फर्किएका छन् भने बाँकीको उपचार भइरहेको छ । रामधुनीमा कर्मचारी, जनप्रतिनिधिसहित ४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।रामधुनी नगरपालिकाका एक कर्मचारी, वडा नम्बर ४ का एक जनप्रतिनिधि, एक सर्वसाधरण र एक क्वारेन्टाइनमा रहेका गरी ४ जनामा कोरोना पोजेटिभ देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख समिम अंसारीले पुष्टि गरे । गत २१ साउनमा नगरपालिका तथा वडाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयसहित ६२ जनाको स्वाब संकलन गरी पठाइएकोमा शनिबार नै ५८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।बाँकी ४ जनाको भने रिपोर्ट पोजेटिभ आएको अंसारीले बताए ।भारतबाट आएर क्वारेन्टाइनमा रहेका करिब ४० वर्षिय पुरुष र वार्ड नम्बर ७ का एक स्थानीयमा कोरोना पोजेटिभ देखिएको हो । वडा नम्बर ७ बक्लौरीका पुरुष विराटनगरमा काम गर्ने गरेको र केही दिनपहिला घर आएका थिए । कोरोना संंक्रमित चारै जना पुरुष रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएपको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


