सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुखविरुद्व जातीय विभेदकाे उजुरी
काठमाडौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख सतिश बिष्टविरुद्व जातीय विभेदकाे उजुरी परेकाे छ । विकास मन्त्रालयका महाशाखा प्रमुख बिष्टविरुद्व विश्व स्वास्थ्य संगठनका प्रादेशिक स्वास्थ्य अधिकृत राजकुमार महतोले उजुरी दिनुभएकाे हाे ।
अधिकृत महतोले प्रमुख बिष्टविरुद्व मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश, महान्यायाधिवक्तको कार्यालय, बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश, मधेशी आयोग, काठमाडाैं, राष्ट्रिय मानवअधिकार आयोग, काठमाडौं, पिछडिएको समुदाय (ओबिसी) विकास समिती, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, केन्द्रिय कार्यालय, काठमाडौ र नेपाल जनस्वास्थ्य महासंघ, काठमाडौंमा उजुरी दिनु भएको हाे ।
उजुरीपछि महतोले जनता समाचार डटकमसँग कुराकानी गर्दै बिष्टले ६ महिनादेखि रङ्ग तथा थरको आधारमा विभेद गर्दै आएको बताउनु भयो । बिष्टले आफूलाई.मानसिक यातना र कार्यस्थल मै उत्पीडन जस्ता अमानवीय कार्य गरेको महताेकाे गुनासो छ । ‘मेरो कार्य सम्पादनमा अनेक प्रकारले बाधा उत्पन्न गराउने र मैले कार्य गर्न नसकेको झुठो आरोप लगाई गलत प्रचारबाजी गर्ने कार्य उहाँले गर्दै आउनु भएको छ’ महताेले भन्नुभयाे ।
अधिकृत महतोले सुपरभाइजर र संस्थाका प्रमुखले पनि कुनै छलफल नगरी र वास्तविकता नबुझी एक महिनाको सूचना दिएर आफूलाई पदबाट हटाउने निर्णयसहितको पत्र थमाएको समेत उजुरीमा उल्लेख गर्नुभएकाे छ ।
यस्तो छ कानूनी व्यवस्था
नेपालको संविधानको धारा २४ को छुवाछुत तथा भेदभाव विरुद्धको हकमा कुनैपनि व्यक्तिलाई निजको उत्पति,जातजाति, समुदाय, पेशा, व्यवसाय र शारीरिक अवस्थाको आधारमा विभेद गर्न नपाइने उल्लेख छ ।
संविधानको प्रस्तावना र धारा २४ मा मौलिक हकको रुपमा प्रावधान गरिएको छुवाछुत र भेदभावविरुद्धको हकको बुँदा (४) मा जातीय आधारमा छुवाछुत गरी वा नगरी कार्यस्थलमा कुनै प्रकारको भेदभाव गर्न नपाइने उल्लेख छ ।
सभार ज न ता समाचार
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



