कमरेडको छोरो
गोपाल ढुङ्गेल
शहरको मध्यभागमा अवस्थित एक नामि रेस्टुरेन्टमा सांझ पख चहलपहल राम्रै देखिएको छ,राता निला बत्तिहरुको प्रकाशले मोहित बनाइरहेको भान हुन्छ,कुर्सी,सोफा यसरी मिलाएर राखिएका छन कि जताबाट नि ग्राहकले सिधै रेस्टुरेन्टको मुख्य द्वारमा सजिलै देख्न सकोस्।त्यहीँ एउटा केबिनमा प्रकृति कसैको प्रतिक्षामा बसेकी छिन।प्रतिक्षारत प्रकृतिका मनमा खुसी र कौतुहलताको पिङ मच्चिरहेको छ।उनी सोच्छिन यो आजको संसार कत्ती सजिलो,नदेखेको मान्छेसँग नि चिनजान हुने,कुराकानी हुने,मन साटासाट हुने।उ मेरो साथी भएको पनि त धेरै दिन भएकै छैन तर पनि कति चाहनाहरु छन मनभरी मेरो,उसले पनि यहि भन्थ्यो,खालि अनलाइन आउ भनेर प्रत्येक मेसेजहरु पठाएको हुन्थ्यो,अझ कुरो टुङ्गिएको छैन भन्दै रोक्ने बानी मलाई नि न मन परेको कहाँ हो र?त्यो बिचमा फोटाहरु हेर्ने सेल्फी फोटा पठाउने यता मिल्यो उता मिलेन भन्ने क्रमको निरंतरता पछि आज विवेकले उनलाई यो रेस्टुरेन्टमा बोलाएको थियो तर उ अहिलेसम्म आइपुगेको छैन।
विवेक!फेसबुक आइडिमा त विवेक उपाध्याय छ,एकछिन घोरिन्छिन उनी”होइन,मैले सबै भन्नपर्छ आज!नभए ठूलो धोका हुनेछ,मेरो आइडी प्रकृति(निर्बन्ध)मात्र थाहा छ उसलाई अनि मैले सेन्ड गरेका फोटाहरु,कहिँ मलाई तिरष्कार त गर्दैन?मेरो पूरा जानकारी पाउँदा,मैले लुकाउन हुन्न,जति कुराहरु लुकाएर राख्यो त्यति भित्रभित्रै सड्छ,बेलैमा निचोरेर सबै पिप फाल्न पर्छ।
विवेकका फोटाहरु नि देखेकी छिन,खाइलाग्दो देखिन्छ उसको ज्यान,उचाई रङ्ग रुप सबै मिलेको गोरो चट्ट मिलेको अनुहार।उसका स्ट्याटसहरुले उ एक आधुनिक चालचलन भएको युवा लागेको छ उनलाई।उसका बाबू पनि नाम चलेका कम्युनिस्ट नेता,आमा पनि क्रान्तिकारी महिला संगठनमा नै कार्यरत यिनै यिनै थिए प्रकृतिले बुझेका कुरा…
निकैबेरको पर्खाइमा विवेक आएको उनले देखिन,विवेकले नि देखे,आएर छेउको सोफामा बसेर सोधे”के लिने चिया कफी?के बोलौं बोलौं हुन्छ उनलाई,लाज मात्र लागिरहेको हुन्छ,आजसम्म कुनै पुरुषसंग यसरी रेस्टुरेन्टमा बसेर गफ नगरेकी”भो!म पिउंदिन बानी छैन” भन्छिन।आ-आफ्नो प्रस्तुति कसरी राम्रो बनाउनेतर्फ दुबै जना सोचिरहेका हुन्छन त्यही बिच विवेकले नै कुरा अगाडि बढाउंछन।
सांची,”तपाईंको फेसबुक आइडी नै असली पहिचान हो त, प्रकृति जी”?अलि बल दिएर भन्छन”प्रकृति(निर्बन्ध)”
“होईन नि,मेरो पूरा नाम त प्रकृति गहतराज हो”म कहिले वि.क नि लेख्छु,(निर्बन्ध) त मेरो साहित्यिक नाम पो हो “निर्बन्ध” माने पूर्ण स्वतन्त्र भनेर मुस्कुराउंछिन उनी।
अब विवेक झल्यांस हुन्छन,कुनै अग्लो ठूलो छांगाबाट खसे झैं भए उनी,टेबुलमा वेटरले राखिदिएको पानीको गिलास एकै घुट्कोमा सक्छन,अनि अलि अस्वभाविक देखिन्छन उनी।
“किन?के भो विवेक”प्रकृतिको अनुहार उत्सुक देखिन्छ,अनि विवेकले भन्न सुरु गर्छन”मेरो ड्याड यो शहरको ठूलै कम्युनिस्ट नेता होइसिन्छ”त्यो त तिमीलाई नि थाहा होला।मेरो मामुसंग विवाह हुनु अघि ड्याडको पार्टीभित्रै एक नेवार समुदाय कि महिलासंग प्रेम थियो रे हजुरबुबाले मानिसिएन अनि क्यान्सिल त्यसपछि मेरो मामुसंग जात मिल्ने भएकाले पार्टी र परिवारले स्वीकृति दिएको रे”।उनी भन्दै गए”मेरो ड्याडको स्पिच मैले कति चोटि सुनेको छु”वहाँ नि,जातपात कुल धर्म सबै वाहियात हुन,मान्छेलाई बांध्ने साङ्ला हुन यिनलाई चकनाचुर नपारेसम्म,नछिनालेसम्म हाम्रो समाज अघि बढ्दैन भनेर भनिसिन्छ”भनेर पुलुक्क प्रकृतिको अनुहार हेर्छ्न,र फ़ेरि कुरो अघि बढाउंदै असजिलोपनलाई मिलाउन खोज्छन”मामु नि शोषित,पिडित,दलित महिलाहरुका मुक्तिका बारे लेख रचनाहरु प्रकाशित गरिसिन्छ,संगठन भित्र पनि महिला हक अधिकार बारे बोल्ने राम्रो वक्ताको रुपमा हेरेका छन वहांलाई…तर के गर्नु?मेरो ड्याडले नेवार समुदाय कि चेलीसंग मन मिलाउन सक्नु भएन…मामुले हरेक व्रत बस्दा खुब खुसी देख्न सकिन्छ वहाँको अनुहार…हरेक तीजको व्रतमा ड्याड जहाँ भएनी छिट्टै आइसिन्छ….छोइछिटो त महिनाको चार दिन बार्नै पर्ने,ती दिन ड्याड आफैं कुक….एकदिन हाम्रो यो नयाँ घर बनेको उपलक्ष्यमा पार्टिका भ्याट्रन भ्याट्रन कमरेडहरु आइसिया थियो,त्यसमा दलित संगठनका अध्यक्ष नि परेछ्न,मामुले त उनलाई गेस्ट रुममा खानपिनको व्यवस्था गरिसिया थियो अरु जम्मै डाइनिङ रुममा नै…………………….अवाक भएर सुनिरहेकी हुन्छिन प्रकृति
के त्यसो भा विवेक….,हामी अगाडि जान सक्तैनौ त?
प्रकृति म सांच्चै तिमीसंग प्रेम गर्छु,मोहित छु तिमीसंग तर तर मेरो मामु….?
के भनेको विवेक?अलि खुलेर बोलन,प्रकृतिले सोध्छिन
मामुसंग त ड्याड डराइसिन्छ,मैले विद्रोह गरेर कहाँ जाने?ड्याडले राजनीतिमा कत्रो दु:ख गरेर जोडेको यो प्रोपर्टी छोडेर त्यसै कता लाग्नु?बरु हामी यसै गोप्य तरिकाले बसौं न हुन्न प्रकृति?I love you,म छोड्न सक्तिन प्लिज प्रकृति….
प्रकृतिलाई भाउन्न हुन्छ…रिङ्टा छुट्छ,यस्तो निच घटिया सोच!मान्छेमा विभेद गर्ने,अनि पवित्र प्रेम खोज्ने?दाग लगाउन सिपालु जात कि कुजात…Sorry विवेक!मैले बुझें अब आइन्दा मसंग भेट्न र भेट्ने कोशिस नगर्नु…
विवेकले मुन्टो उठाएर रेस्टुरेन्टको मुख्य द्वारमा हेर्दा सिसाबाट प्रकृतिको शरीरको पछाडि भाग मात्र देखिरहेका थिए…प्रकृति क्रमश:आफ्नो पाइला अघि बढाइरहेकी थिइन।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


