Spread the love

(सन्दर्भः श्रीकृष्ण जन्माष्टमी) —डिक बहादुर विश्वकर्मा

Dik Bishwakarma को फोटो।

—डिक बहादुर विश्वकर्मा

हिन्दूहरुका आराध्यदेव श्री कृष्णको जन्मोत्सव सम्पूर्ण हिन्दूजगतमा धूमधामका साथ मनाइँदैछ । नेपालमा पनि खस–आर्यको साथै अरुको लहैलहैमा अर्थ नपाई गोविन्द गाउने पुख्र्यौली संस्कार पाएका अज्ञानी जनजाति, दलित, मधेशी आदिले समेत सो उत्सव तँछाड् मछाड् गर्दै मनाइ रहेकाछन् । तर कालिगढले कल्पना गरेर गढ़ेका अति सुन्दर मूर्ति र कलाकारले लेखेका तस्वीरहरु सिंगारेर त्यसको अगाडि जतिसुकै व्रत,जप, पूजन, भजन गरेतापनि अन्तकालमा त्यस भक्तालुको मुक्त्ति श्रीकृष्णबाट कदापि हुँदैन भत्रे कुरा श्रीकृष्णलाई भगवान भनेर चिनाउने खुद महाभारत ग्रन्थमै लेखिएका निम्म प्रसङ्गहरु बाट चेतना हुने सबैको लागि प्रस्ट पारिएको छ । १.जानकार सन्तहरुले त्यस ग्रन्थको सारमा भनेका छन्ः– पाण्डव चारभाई नर्क गए, युधिष्ठिर एक्लै धाम । कृष्ण भगवान् अर्जुनको, आए खै के काम ?? ग्रन्थका अनुसार पाँच पाण्डवहरुको अन्त्यावस्थामा सँंधै सत्यवादी र सत्कर्ममा मात्रै तनमन लगाउने हुँदा युधिष्ठिर मात्र स्वर्ग जान पाए, बाँकी ४ भाइ पाण्डव द्रोपदीसहितै कुम्भिपाक नर्कमा गए । भीम, नहकुल, सहदेव, र द्रौपदी नर्क गएकोमा भन्दा अर्जूृन नर्क गएकोमा आश्चर्यछ । किनकि भगावान् श्रीकृष्ण र अर्जुन पूर्वजन्ममा नारायण र नर नामका साख्खै्र दाजुभाइ थिए । द्वापरयुगमा पनि ती दुबै साख्खै दाजु बहीनी बासुदेव र कुन्तीका छोराहरु भै जन्मेको हुँदा साख्खै नातादार थिए ।

♥ Krishna Statue, Krishna Leela, Jai Shree Krishna, Radha Krishna Photo, Krishna Radha, Radha Rani, Shri Hanuman, Lord Krishna Images, Radha Krishna Pictures

सुभद्रालाई बिहे गरेपछि अर्जुन श्रीकृष्णका साख्खै बहिनी ज्वाँइ पनि भए । त्यसरी पूर्व जन्मदेखि यस जन्म सम्म साख्खै रगतको सम्बन्धले बेह्रिएका अर्जुनलाई महाभारतको युद्धमा सर्वोपरि राख्न र बचाउन कृष्णले गर्नु नगर्नु जालझेल, छलकपट गरे । केही उदाहरणः– (क) एकलव्य बधः— महाभारतयुद्धमा कौरवको तर्फबाट लड्ने उद्देश्यले आइरहेको त्यतिबेलाको सर्वोत्कृष्ट धनुर्धर निषादराज एकलव्यलाई, अर्जुनको लागि ठूलो खतरा बुझेर जोगीको भेष धरेका श्रीकृष्णले, बाटो बीच जङ्गलमै भेटी धोखापूर्वक उसको ज्यान लिएर अर्जुनलाई त्यसबाट साफै जोगाए । (ख) जयद्रथ बधः— आफ्नो छोरा अभिमन्यूको हत्यारा जयद्रथलाई सूर्यास्त नहुँदै मारेर बदला लिने अन्यथा आत्मदाह गर्ने प्रण गरेका अर्जुनलाई बचाउन, लुकेर बसेको जयद्रथ आफै बाहिर निस्कने अवस्था होस् भत्रे हेतुले नक्कली सूर्यास्त गराए । खुसी हुँदै बाहिर निस्केर अर्जुनलाई आत्मदाह गर्न कर लगाइरहेको जयद्रथलाई एक्कासी आकाशमा घाम देखाएर तत्कालै अर्जुन बाट बध गराई अर्जुनलाई सापैm बचाए । ग) घटोत्कच बधः– मात्र एकपटक प्रयोग गरेमा जोसुकै पनि मारिने बरदान पाएको अमोघअस्त्र केवल अर्जुनलाई मार्न प्रयोग गर्ने भनि साँचेर राखेको कर्णलाई युद्धमा विचलित गराई त्यो अस्त्र प्रयोग गर्न बाध्य पार्ने र त्यसबाट, राक्षसलाई पनि मराउने, अर्जुनलाई पनि बचाउने कुटिल उद्देश्यल,े त्यस महायुद्धमा आफ्ना बाउहरुको मद्दत गर्न राक्षसी सेना लिएर सामेल भएको भीम–हिडिम्बा पुत्र घटोत्कचलाई अर्जुनको साटो लड्न पठाइ कर्णको अमोघास्त्रद्वारा मराएर त्यसबाट पनि अर्जुनलाई बचाए । यसरी विभिन्न छलकपट कर्म÷कुकर्म गरेरै भएपनि आफूले बचाउँदै र साथ दिँदै आएका अनन्य मित्र र रगतको नाताले बेह्रिएका अर्जुनलाई त श्रीकृष्णले अन्तकालमा स्वर्ग लैजान सकेनन् र नर्क जानु प¥यो, केवल आफ्ना सत्कर्मका बलले मात्र युधिष्ठिर स्वर्ग गए भनेर खुद महाभारत ग्रन्थमा प्रष्ट लेखिएकोछ भने ऐलेका मान्छेले उनै श्रीकृष्ण्णको भजन किर्तन, व्रत, पुजनादि लाखौं गरेपनि मुक्त्तिको आशा गर्नु व्यर्थछ । २ .प्रभासक्षेत्रमा यादवकुलको संहार र श्रीकृष्णको देहान्त भएको खबर पाएपछि उनका विधवा पटरानी, रानी, बालबच्चा, बुढाबुढी तथा श्रीकृष्णसंग विश्वप्रसिद्ध रासलिला रचाएका गोपिनीहरु समेतलाई हस्तिनापुरमा ल्याई आफैले पालन पोषण गर्ने उद्देश्यले राजा युधिष्ठिरले आज्ञा दिँदा अर्जुन द्वारिका गै उक्त्त सबै स्त्री, बुढाबुढी र बाल बच्चालाई रथमा ल्याई रहेको अवस्था बीचबाटो जङ्गलमा भिल्ल डाँकाहरुले हमला गरे । स्वयम् श्रीकष्ृणको साथमा जवानीका दिन बिताएका पटरानी, रानी, गोपिनीहरुका अस्मिता र सम्पत्ति डाँकाहरुले अर्जुनकै अगाडि लुट्न सम्म लुटे । सङ्कटको त्यो घडीमा ती आईमाईहरुले आफ्नो रक्षार्थ श्रीकृष्णलाई जङ्गलै थर्कुञ्जेल चिच्याइ चिच्याई गुहारे । तर त्यहाँ न त चिरहरणको बेला द्रौपदीको मद्दतमा पुगेका तथा तीनै गोपिनीहरुसंग रासलिला रचाएका ुएकोहम् द्वितीयो नास्ति, मामेकम् शरणम्ः ब्रजःु भनी उद्घोष गर्ने श्रीकृष्ण नै मद्दतको लागि आए न त अपराजेय ठानिएको अर्जुनको गाण्डिव धनुले नै काम ग¥यो । बिचरी ती स्त्रीहरु मध्य तरुनी र अधबैंसे जतिलाई छानीछानी डाँकाहरुले हरेर लगे । लाचार महाबली अर्जुन भिल्लहरुबाट दुर्गति पारेर छोडिएका बुढाबुढीहरु र बालबच्चालाई साथमा लिई लुरुलुरु हस्तिनापुर फर्के । उपरोक्त प्रसङ्गहरुबाट प्रस्ट हुन्छ कि जब आफैले भोग विलास र संगत गरेका रानी, गोपिनीहरु र अर्जुनको लागि त श्रीकृष्णले द्वापरयुगमै केहि गर्न सकेनन् भने हजारौंबर्ष बिति सकेपछि यो कलीकाल र वैज्ञानिकयुगमा केही स्वार्थीं धर्मव्यवसायी र पुरेतहरुको भाउँतामा लागेर श्रीकृष्ण र राधेराधे जप्दैमा मुक्ति पाउने आशागर्नु मूर्खता मात्रै हुने पक्काछ । दलितहरुले त झन गीताको अठारौं अध्याय राम्ररी पढ्नुपर्छ । त्यो पढेपछि ; एकातिर ‘चतुर्वण्र्य मया श्रृष्ट्वा गुणकर्म विभागशः’ भनेका श्रीकृष्णले अर्कोतिर शुद्रजातिले गर्नु पर्ने भनि के कस्ता नीचकर्महरु बताएका छन् साथै त्यहाँ उनले चारवर्णको लागि बेग्लाबेग्लै तोकेका कर्महरु कस्ता भेदवादी छन्, एक वर्णको व्यक्त्तिले अर्को वर्णको कर्म गर्नै नहुने, गरेमा पृथ्वीमा अधर्म र पापाचार बढ्न,े त्यस अवस्थामा अधर्मी, पापीहरुको नाश एवं धर्मको रक्षा गर्न आफूले बारम्बार अवतार लिइ रहनु पर्ने (धर्म संस्थापनार्थाय सम्भवामी युगे युगे) भन्दै कसरी शुद्रको खोइरो खनेकाछन् ; स्वतः जानकारी हुनेछ ।