अलबिदा ! क.अमर (कथा)

गाेपाल ढुंगेल (वामपन्थी लेखक)

संस्कृति घरको अगाडि गेटमा उभिएर इ.रिक्सा पर्खिरहेकी छिन,उनको हातमा हरियो डांठ र पात सहितको भर्खरै फक्रेको सेतो गुलाफको एक थुङ्गो फूल छ।शान्त स्निग्ध अविचलित, बाटामा आंखाहरु तेर्स्याएर मूर्तिवत स्थिर उभिएकी छिन,अनुहारमा कुनै रौनक छैन न कुनै श्रींगार नै छ,सादा शुद्ध सेतो पहिरनमा उनी आज कसैलाई केही दिन प्रतिक्षामा उभिएकी एक स्नेही मित्र जस्ती देखिएकी छिन।एकछिनको पर्खाई पछि इ.रिक्सा आइपुग्छ उनी चढेपछी रिक्सा अघि बढ्दै जान्छ।संस्कृतिको सोचाईहरु एकपछी अर्को हुँदै लगातार आइरहेका हुन्छन,आज भदौको १गते,आकाश कस्तरी रोएको थियो आजैको दिन,उनी पनि संगसंगै भक्कानिएकी थिइन उफ!यो पिडा लुकाउन खोज्दा खोज्दै दुई थोपा आँसु तप्लक्क झर्छ।
रिक्सावालाले भन्छन”कहाँ जाने हो हजुर?बिना हिचकिचाहट उनको शान्त स्वर ओठबाट सहजै बाहिर आउँछ”घाट”!रिक्सा सिधै बजारको बाटो हुँदै घाटतर्फ हुइंकिन्छ।दौडिरहेको रिक्सा संगसंगै उनको मन पनि दौडिरहेको हुन्छ,अमरसंगको त्यो वाचा,कहिले नछुट्टिने तर आज उनी एक्लै छिन यो संसारको भिडमा….संस्कृतिको मानसपटलमा कुनै चल्दै गरेको चलचित्र झै दृश्यहरु एकपछी अर्को क्रमशः आइरहेको प्रतीत हुन्छ,उनी लामो सुस्केरा हालेर अतितमा छामछुम गर्छिन।”अमर” हो अमर यो त उसको पार्टी नाम पो हो,वास्तविक नाम त हर्क बहादुर सुनार हो नि।कति भलाद्मी देखिन्थ्यो उ जब कम्ब्याट ड्रेसमा शिरमा रातो तारा अंकित क्याप लगाएर आफ्नो टिमको कमाण्डिङ गरिरहेको हुन्थ्यो,संस्कृतिले निकै नियालेर हेरेकी थिइ उसलाई उसले नै मिलिसिया,स्क्वाड हुँदै उनलाई प्लाटुन सेक्सनमा जिम्मेवारी दिएको थियो।संस्कृति पनि कहाँ कम हो र?पार्टीको हर सानाठूला योजनाहरु र दिएको जिम्मेवारी पूरा गर्न आफ्नो क्षमताको भरपुर प्रयोग गर्थिन,सिजिङ सर्चिङ ग्रुपबाट उनी एसर्ट ग्रुपमा आइसकेकी थिइन,उनलाई आफ्नो जिम्मेवारी कुशलता पूर्वक निभाएकोमा गर्व महसुस गर्थिन।बम र बारुद लुकाएर बोक्नुपर्दाको त्यो क्षण संझिदा उनलाई आनन्द आउने अझ तिनको गंध त उनलाई कुनै परफ्युम जस्तो लाग्ने,अझ अमरको कमाण्डमा गरिने फौजी कार्यहरुले त संस्कृति मात्र होईन सिङ्गो पार्टी र कार्यकर्ताको मनोबल दिनहुुँ अझ उच्च पार्दै गइरहेको थियो।
जना साथसाथै विभिन्न मोर्चा र फौजी कार्यवाहीमा संलग्न भएका,एक अर्कामा सहयोगको भावना सोच विचारहरु मिल्न थालेपछि रुप त त्यसै राम्रो हुने।उनीहरूको भावनाहरु विश्वासहरु बिस्तारै प्रेममा रुपान्तरण हुन पुग्छन।”संस्कृति”यो पनि उनको पार्टी नाम थियो उनको पनि वास्तविक नाम इन्दिरा रिमाल।उनैले पार्टीमा जनवादी बिवाहको प्रस्ताव ल्याएकी थिइन,पार्टीले उनको प्रस्ताव स्विकार गर्यो फलत:उनीहरुको रुमाल र खुकुरी साटासाट गरेर जनवादी बिवाह संपन्न हुन्छ।कत्रो विडम्बना!त्यही दिन पार्टिले दुश्मन विरुद्धको कार्यवाही देशव्यापी रुपमा अझ सशक्त ढंगले उचाईबाट उठाउने कार्यक्रम ल्यायो,अमरको भागमा ईलाका प्रहरीमाथी कब्जा गर्ने जिम्मेवारी आयो।नव बिवाहित जोडीले एक अर्काको ज्वार भाटा शान्त पार्ने भावी जीवन बारे केही सल्लाह नै गर्न नपाउंदै आफ्नो जिम्मेवारी पूरा गर्न उच्च बलिदानी भावकासाथ उक्त फौजी कार्यक्रममा सहर्ष भाग लिने स्विकार गर्न पुग्छन उनीहरु।
उनी सम्झिन्छिन कस्तो दिन परेछ!आजको बेहुली भकी म आजको रात नै जीवन र मृत्युसंग पौंठेजोरी खेल्नुपर्ने बेहुली भएर अमरको अन्तर मन हेर्ने धोको आजको मिसनमा जाने मन उनलाई पटक्कै नहुंदा नहुंदै भोलि आउने दिनहरु प्रती आशावादी हुँदै दुबै उक्त आक्रमणको तयारीमा जुटेका थिए।संस्कृतिको मनमा कता कता आज अप्रिय घटनाको आशंका नउठेको कहाँ हो र?उसले अमरको हातबाट राइफल लिंदै भनेकी हुन्छिन”सयौं जुनीको वाचा त म गर्न सक्तिन तर जबसम्म जिउँदो रहने छु,तिमीलाई माया गरिरहने छु”।अमरले पनि प्रतिउत्तर दिंदै भन्छ”हेर्नोस!कमरेड तपाइँको असलपनमा मलाई यति विश्वास छ कि म मात्र होईन हाम्रो यो जुन टिम छ यसले तपाईंलाई गुमाउन परो भने आँसु सबैको गहना नै हुनेछ”!ईप्रका चौकी आक्रमणमा अमरले फायरिङ खोल्दै अगाडि बढ्छ,बमका मुस्लो र गोलीका पर्रा छुट्छन,दुश्मनबाट नि जवाफी फायरिङ हुन थाल्छ,यतिकैमा अमरको दाहिने साईडको छातीको करङ मुनि उसलाई तातो महसुस हुन्छ अब उसको होस हराइसकेको हुन्छ चौकी अत्यन्तै सानदार ढंगले कब्जा हुन्छ,अरु सबै सुरक्षित तर अमर भने घायल हुन्छ,कमरेडहरु र पार्टीको ब्यवस्थापनमा उ भारत पुग्छ उसको सेवा सुश्रुषाकोलागी संस्कृति नै खटिएकी थिइन ।
संस्कृति संझिदै जान्छिन हस्पिटलको बेडमा अमरले भनेका कुरा “समाजवाद बारेका गंभिर गंभिर प्रश्नहरुको उत्तर,अब पार्टीको जीत सुनिश्चित छ अब हाम्रो नयाँ संसार हुनेछ,अब जातपात रहने छैन,अब कोहि पनि बेरोजगार र भोक भोकै बस्नु पर्दैन,औषधि अभावमा कोहि मर्नु पर्दैन,पार्टी दिनदिनै उच्चतम लक्ष्री प्राप्तिकालागी अघि बढिरहेको छ,अब दुनियाँभरका साम्यवादीहरुले नेपालबाट सिक्नेछन अब सगरमाथामा हंसिया हथौड़ाको झण्डा फहराउने छ” भन्दै संस्कृतिका दुबै हात सुमसुम्याएर म्वाई खाएको।पार्टीले अब सत्ता लिन्छ,अब हामी गरिब मजदुर किसानको सत्ता हुन्छ भन्दा अमरको आंखामा आसाको ज्योती चम्केको उसले अनुभव गरेकी थिइ।अमरले उसको आंखामा हेरेर भनेको उसलाई अहिले नि याद छ उ भन्थ्यो”हेर संस्कृति!आँसु बगाएर कोहि आफ्नो हुंदैन् ?
हुंदैन,नरोउ म निको भैहाल्छु नि आफ्नो मान्छेले त कहिले रुन दिदैन नि,म तिमीलाई रुनै दिन्न।
करिब छ महिनाको अस्पताल बसाई पछि उनीहरु डिस्चार्ज भइ आउंदा त बांचेका साथीहरुसंग क्यान्टोनमेन्ट शिविरमा भेट हुन्छ,नेपाली सेनाकालागी अमर अयोग्य ठहरिन्छ,संस्कृतिको सिफारिस भएपनि उनी जान्नन,अमर भए जाने नत्र साथ नछाड्ने भनेर अवकाश लिन्छिन।संस्कृतिको मनमा एउटै कुरो बारम्बार आइरहन्छ”मैले अमरलाई आफूलाई भन्दा नि बढी चाहेको कारण यो आँसु र पीडाको उपहार सहर्ष स्विकार गर्दै अब अमरलाई कुनै पनि प्रकारको कठिनाइहरुको सामना गर्न दिन्न भनेकी थिइन उनले फेरि छिट्टै भावनाहरुमा बग्दै उनको मायालु भाव सहितको आंखाले अमरको आंखामा हेरेर बोलेको हुन्छ”अमर!मलाउउ यस्तो ठाउँमा लैजाउ जहाँ सम्बन्धहरु जोडिन्छन तर सम्बन्धहरु तोडिदैनन।
समय बित्दै गइरहेको हुन्छ,पार्टीले सरकार बनाउनेछ,अब हाम्रो दिन आउने छ,अब हामीलाई कसैल्व हेप्तैनन भन्ने आसै आसमा दिन महिना र बर्षहरु बित्दै गए,क्यान्टोनमेन्ट छोड्दा पाएको केही पैसाले जीवन चलाउनु बाहेक अरु उपाय रहेन।बेला बेलामा अमरको त्यो गोली लागेको ठाउंमा नमिठो गरि नदुखेको कहाँ हो र?केही भन्दैन्थ्यो उ,संस्कृतिलाई,दुख पीडा नदेखाउने उल्टै संस्कृतिलाई सम्झाउंदै भन्थ्यो उ”हेर! संस्कृति हामीले देखेका आकाशभन्दा ठूला र फराकिला सपनाहरु अटाउने आंखामा यति दुई थोपा आँसु नि सम्हाल्न सक्दिनौ,तर मलाई त केही हुन्न प्रिय भनेर संझाउंथ्यो,उ चुप लागेकी थिइन त्यसबेला र ढुक्क हुने प्रयास गर्थिन।सरकार बन्छन भत्कन्छन,उनीहरुको आसा पनि बन्छ भत्कन्छ।प्रत्येक चुनावहरुमा उ र संस्कृति भोकै प्यासै प्रचार प्रसारमा लागेकै थिए,नचिनेकालाई जिताउन लागि पर्नु,उनीहरुको निम्ति भाषण दिनु यस खाले पार्टिको निति बुझ्न उनिहरुलाई निकै नै कठिन भएतापनि आफ्नो प्राणभन्दा प्यारो पार्टीको मायाले जे निर्देशन हुन्छ मान्दै आइरहेका थिए।
अमरले इ.रिक्सा चलाएर र संस्कृतिले टेलरिङ्गमा काम गरेर घरखर्च जुटाइ रहेका थिए अब उनीहरुसंग नयाँ सदस्य थपिएको हुन्छ”संस्कार”उनीहरुको मुटुको टुक्रा एक छोरो संतानका रुपमा,बस्ने सानो झुप्रोको नाम “अमर-संस्कृति”राखेका थिए उनीहरुले।छोरो संस्कारसंग राम्रै समय बितिरहेको थियो उनीहरुको।अमर हेर्दा निकै हट्टा कट्टा तन्दुरुस्त देखिए पनि पांछ बर्ष अघि लागेको गोलीको घाउ बाहिर निको जस्तो देखिए पनि भित्र भित्रै इन्फेक्सन भैरहेको थियो।कति पेन किलर खान्थ्यो उ संस्कृतिले नदेख्ने गरि उनी हतास हुन्छिन भन्ने चिन्ता थियो अमरलाई छोरो संस्कारको अवस्था के होला देशले जिम्मेवारी नलिएपछी आफैंले भोग्नै परो यहि चिन्ताले उ झन झन शिथिल हुँदै गइरहेको थियो,संस्कृतिले नि अमरको स्थिति थाहा नपाएको चाहिँ होईन तर के गर्नु?मिहेनत नगरी खान पाइन्न सान्त्वना दिंदै भन्थिन”कति काम गर्नुहुन्छ?अलि अलि त रेस्ट नि गर्नपर्छ हजुर”।अमर भने नमान्ने उ सोच्थ्यो”विश्राम भनेको जीवनबाट बिदा हुनु हो”।
एकदिन अचानक हस्पिटलबाट फोन आउँछ”तपाईंको श्रीमान अमर हाम्रो हस्पिटलमा सिरियस केसले भर्ना हुनु भएको छ”भनेर।टेलरिङ्गको काम छोडेर उनी हतार हतार हस्पिटल पुगेकी थिइन त्यतिखेर उनको केही होस थिएन,अमर बेडमा अस्वस्थ देखिएको थियो,आँखा धसिएका थिए आज,उसलाई बोल्न अफ्ठ्यारो भैरहेको थियो,सास निकै नै जोडले चलेको छातीको माथी तल गरेको गतिले भनिरहेको थियो त्यस्तो अवस्थामा पनि उ संस्कृतिलाई देखेर कृत्रिम मुस्कान छर्दै “मलाई केही भएको छैन प्रिय” साथीहरुले बिनासिती यहाँ ल्याउनु भयो”भनेर ढांट्ने प्रयास गरेको थियो उसले।अब भने अमरको कुरामा उनीलाई पटक्कै बिश्वास हुन्न उनी डाक्टरको सम्पर्कमा पुगेकी थिइन उनी।डाक्टरले सबै रिपोर्ट आवोस अनि भनौंला,सबै रिपोर्ट आउन पांच दिन त लागिहाल्छ मेडम भनेर भनेको हुन्छ।अमर र संस्कृतिमाथी अब अर्को आर्थिक अभावको पहाड टाउकमा बजारिन्छ,अलिअली जम्मा गरेको रकम पहिलो चेक अपमा नै सिद्धिन्छ अनि अमरले नमान्दा नमान्दै चिनेका अनुहारहरु खोज्न थालेकी थिइ उसले,पार्टीका ठूल्ठूला नेताको घर धाउंदा अनि पार्टी कार्यालयको चक्कर लगाउंदा हात लाग्यो शून्य,कसैले सहयोग गरेका थिएनन त्यसबेला अनि फेरि संझिन्छे विगत,मेरो त्यो जवानीको उर्जा सारा पोखेकी थिएं त पार्टी भनेर आज मलाई आपत आइलाग्दा केही सहयोग नपाउनु?धिक्कार रहेछ त्यत्रो हाम्रो त्याग र बलिदान, भनेर !अमरले भनेको ठिक रहेछ” पार्टी अब पार्टी रहेन संस्कृति यो त एक पाटी पौवा हो यहाँ ठग लुटाहाको मात्र जमघट हुन्छ”।सरकार आफ्नु सत्ता आफ्नु हुंदा नि एक योद्धाको उपचार हुन नसक्नु?जसको बलमा आज सत्ताको उपभोग गर्दैछन उसलाई नै यत्रो उपेक्षा।बडो ओजकासाथ अमरले भन्ने गर्थ्यो”हाम्रो सत्तामा कोहि भोकै हुन्नन कोहि औषधि बिना बेकालै मर्दैनन।सबैकालागी शिक्षा स्वास्थ र रोजगार”आज उनलाई आफ्नै अमरले नि झुठो बोलेको भान भैरहेको थियो।मलाई र आफ्ना सहकर्मीलाई किन त्यतिखेर अमरले ढांटेको थियो भन्दै मनलाई सम्हाल्दै उनी हस्पिटल पुगेकी थिइन।
अमरले उनलाई नभनेको भने होईन उसले भनेको थियो”संस्कृति चील जस्तो भएर माथिबाट हेर्ने हो वस्तुलाई पोथीले जस्तो खोस्रीने होईन भन्दै अगाडी बढेर भनेको थियो उसले”दरबार हत्या काण्ड पछि जब पार्टीभित्र सेल्फ ल्याण्डिङ(सुरक्षीत अवतरण )को कुरो चल्न थाल्यो नि हो त्यही बेलादेखी हाम्रो प्यारो पार्टीलाई धमिराले खान सुरु गरिसकेको थियो बुझेनन साथीहरुले अरुको त कुरै छाडौं तिमीले नि बुझिनौ”भनेर एक लामो तातो हावा खुइय गरेर बाहिर फालेको थियो उसले।यस्तो पार्टीप्रती जुन बिश्वास थियो बल्ल मोहभंग भयो संस्कृतिको।अमर सोचाइमा थियो त्यो झुप्रो जुन हामीले नाम राखेका थियौं”अमर-संस्कृति”कटेज त्यो पनि बेच्नुपर्ने हुन्छ,संस्कृति र संस्कार सडकमा आउंछन,केही बांकी रहन्न म त हुन्न हुन्न,यिनीहरुलाई नि टाउको लुकाउन दिदैनन,घर भाडा पाउन मुस्किल हुन्छ सुनार भनेर परिचय दिंदा भन्दै भक्कानिन्छ।डाक्टर र संस्कृतिको गोप्य वार्ता उसले सुनेको हुन्छ,उसलाई संसारकै सबभन्दा डरलाग्दो रोग ब्लड क्यान्सर(Accute chronic leukemia)लागेको रहेछ यो रोग निको नहुने तर औषधि खर्च धेरै नै महंगो हुने यसले रगतको प्लेटेलेट्सको संख्या कम गर्दै लाने भन्ने कुरो उसले बुझिसकेको थियो,किमियोथेरापी प्रत्येक पल्ट गर्दा नि रोग निको नहुने जानेर म नरहेनी,मलाई माया गर्ने त बांचुन भन्दै उ एक अठोट लिन पुग्छ।अब मेरो मनभित्र जतिसुकै पिडाहरुको डङ्गुर भएनी जति दिन बांच्छु हासी हासी बांच्ने प्रयास गर्छु भन्दै उनी निश्चिन्त भएका थिए तर शरीर भने गल्दै गैरहेको थियो।मोर्चामा असफल हुनु बेग्लै कुरा हो तर उनी कहिले हारेका थिएनन् तर यो रोगको मोर्चामा भने उनको केही नलाग्ने देखे उनी हारेका थिए यसपटक।डाक्टरले सबै रिपोर्ट जाँच पछि संस्कृतिलाई अमरको जीवन मात्र दुई महिनाको छ भनेका थिए”वहाँलाई क्रोनिक लुकेमिया भएको हो,मेरो सुझाव छ वहाँलाई घरमा नै राखेर ट्रीटमेण्ट गर्दा राम्रो हुन्छ म औषधि लेखिदिन्छु भन्दै संस्कृतिको हातमा प्रेस्कृप्सन दिएका थिए,संस्कृतिले टेकेको जमिन डाक्टरको कुरा सुनेर भासिन थाल्छ,यो के विपत्ति आइलाग्यो भन्दै डिस्चार्ज लेटर लिंदैं अमरलाई लिएर घर आएकी थिइन उनी,सानो छोरोले बुझ्दैन बुवालाई के भएको?आमा किन अत्तालिएकी भन्ने कुरो।भरखरै संस्कारलाई स्कुल भर्ना गरेका थिए उनीहरुले आफ्नो भविष्य छोराको अनुहारमा हेर्दै…!
महंगो औषधिले सबै जान्छ,म त जान्छु नै निश्चितै छ मृत्युलाई कसैले जित्न सकेका छैनन,किन भएको यो झुप्रो नि सकेर यिनीहरुलाई जीवनभरको कष्ट म दिन चाहन्न।अमरको अवस्था झन झन शिथिल हुँदै जान्च अब उ राती पनि ऐया!ऐया!भनेर रुन्थ्यो,दर्दनाक थियो त्यो परिवेश।पीडा बांड्न हुने भएनी म आधा लिन्थे नि के गरौं म,म हेर्न सक्दिन मलाई यो दृश्य नदेखाओ भनेकी थिइन अब त अमर मुखबाट नि ब्लड उल्टि गर्न थालिसकेको थियो,कति रोइन रोइन आंसुले सिरानी लछरप्पै भिजेको हुन्थ्यो, उनलाइ याद आयो डाक्टरले दिएको प्रेस्कृपसन औषधि बारे गुगलमा खोज्छिन arsenic trioxide हतार हतार औषधि पसल पुग्छिन मलाई arsenic दिनुहोस भन्छिन।पसलवालाले arsenic poision दिन्छ्न एउटै नामको एउटा औषधि अर्को विष।धेरै बेर त्यो सिसि हातमा लिएकी थिइन उनले आखिर नाम एउटै त हो काम नि एउटै बिमारबाट मुक्ती हो अब अमरको पीडा सधैं सधैं कालागी हटाउने संकल्पकासाथ उनी घर आएकी थिइन।अमरलाई त्यस दिन बिमारले धेरै नै च्यापेको थियो,संस्कृतिले औषधी लिनु अब निको हुन्छ भन्दै दिएकी थिइन तर छिट्टै आफू मर्ने आसमा अमरले औषधिले मलाई धेरै दिन बचाउंछ धेरै खर्च हुन्छ म अब मर्न चाहन्छु भन्ने अठोट गरि संस्कृतिले नदेख्ने गरि छेउमा रहेको डस्ट बिनमा फालिदिन्छ।उता संस्कृति चाहिँ सोच्थिन कम्तिमा मेरो अमरको मुक्ति मेरै हातबाट हुंदैछ जाउ अमर यो पिडाबाट छुटकारा पाउ,अर्को जुनी भएछ भने फेरि संगसंगै बांच्ने र संगसंगै मर्ने कसम फेरि खाने भन्दै दृष्य हेर्नुपर्छ भनेर भान्सातिर दौडेकी थिईन।
अमरको त्यही रात यो संसारबाट बिदा लिने अन्तिम रात थियो,संस्कृति आत्मग्लानी र अपराध बोधले पिल्सिएकी थिइन उनी सोच्थिन हतारिनी हुं म,जसले मलाई बढी माया गर्थ्यो ,जो बिना म बांच्न सक्तिनथे उसैको हत्या गरें भन्ने भयो,अमरको शव समाधिस्थ गरेर घर फर्किंदा छोरो संस्कारले खेल्दै गर्दा डस्ट बिन लडेर अमरले फालेको arsenic poision भुइंभरी बगेको हुन्छ संस्कृति त्यो देखेर झल्यांस्स भएकी थिई।
इ.रिक्सा एक लामो दूरी पार गर्दै घाटमा गएर टक्क अडिन्छ,संस्कृति बडो जतनकासाथ त्यो हातमा लिएको सेतो गुलाफलाई एकपटक मायालु नजरले हेर्दै आफ्नो पाइला अघि बढाउंछिन,उनी अब अमरको समाधी निर पुगिसकेकि थिइन,समाधीको छेउमा पुगेर हेरिरहन्छिन हेरिरहन्छिन आज उनको आंखामा आँसु छैन लाग्छ सबै रितो भएका छन”अमर म आउन ढिला त भएन?हेर त तिमीले भनेका थियौ नि तिमीलाई मनपर्ने सेतो गुलाफ!मैले भरखरै टिपेर ल्याएकी तिम्रो ईच्छा बमोजिम नै यो तिमीलाई आजको उपहार भनेर समाधिको छातीले छुने ठाउँमा बडो आदरकासाथ राखिदिन्छिन र भन्छिन”तिमीले मलाई ढांटेउ नि?म कति पीडा बोधले ग्रसित थिएं आत्मग्लानीले छोपेको थियो मलाई तर तिमी त महान रहेछौ,एक सच्चा क्रान्तिकारी हुनुका साथै एक सच्चा प्रेमी जुन तिम्रो निस्वार्थ त्यागबाट मैले अनुभूति गर्न पाएं,तिम्रो जीवन भोगाइबाट मलाई अझ धेरै हौसला र प्रेरणा प्राप्त भएको छ,तिम्रो समाधीमा उभिएर म प्रण गर्छु अमर जीवनभर तिमीले हिंडेको र हामी दुबैले देखेको सपना पूरा गर्ने मार्गमा अविचल मेरा पाइला बढ्नेछन।अलबिदा-क.अमर,हार्दिक श्रद्धाञ्जली-क.अमर ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


