इटहरीमा ५ दिन पुर्ण लकडाउन

इटहरी ।
इनरुवा नगरपालिका कार्यालयले आज दिउँसो ४ बजे देखी २६ गते १२ बजे राती सम्म स्वास्थ्य र सरसफाई बाहेकका अन्य सम्पूर्ण बजार पसल तथा सरकारी कामकाज पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले यो निर्णयलाई उल्घन गर्ने जो कोहीलाई पनि क्वारेन्टाईनमा लगेर राख्ने चेतावनी समेत दिएका छन् । इटहरी उपमहानगरपालिकामा कोरोना सक्रमित बढेको भन्दै ५ दिन पुर्ण लकडाउन भएको छ । कर्मचारी सहित समुदायमा कोरोना बढेको भन्दै ५ दिनलाई पुर्ण लकडाउन गर्ने भएको हो ।
त्यस्तै इटहरीमा कोरोना समुदायमा फैलिएको भन्दै आज ४ बजे बसेको बैठकले पुर्ण लकडाउन गर्ने निर्णय गरेको इटहरी उपमहनगरकी उपमेयर लक्ष्मी गौतमले बताईन ।बजार तथा सवारी साधनहरु समेत बन्द हुने छ । भोलि देखि पुर्ण रुपमा बजार बन्द गर्न आग्रह गरेको छ ।
धरानमा पछिल्लो समय कोरोनाको जोखिम बढेकाे छ । केही दिनअघि मात्रै धरान ८ को प्रीति भल्भ एन्ड फिटिङ्स इन्डस्ट्री प्रा.लीमा कार्यरत स्थानीय एक व्यक्तिलाई कोरोना पुष्टि भएको थियो । उनै सङ्क्रमितका भाइमा पनि आज कोरोना सङ्क्रमण देखिएपछि सेन्ट्रल रोड सिल गरिएको
छ ।
एकै घरका दुई दाजुभाईमा कोरोना संक्रमण पुष्टि भएपछि धरान- १५ को सेन्ट्रल रोड सिल गरिएको छ ।
धरान- १५ पिण्डेश्वर चोकदेखि उत्तर र एभरेष्टलाइनमा पर्ने दन्तकाली चोकसम्मको सडकमा आवतजावत बन्द गरिएको धरान १५ का वडाध्यक्ष नरेश इङवारामले जानकारी दिए ।
प्रहरी र स्थानीयवासीले आवत जावत बन्द गर्दै सो सडकमा बाँस तेर्स्याएर बाटो अवरुद्ध पारेका छन् । त्यहाँका अरूमा पनि कोरोना सङ्क्रमण भएको हुनसक्ने भन्दै आज धरान १५ को प्रहरी चौकीबाट गएको प्रहरीले सिल गरेको हो ।
सोही रोड निवासी सङ्क्रमितका परिवार र सम्पर्कमा रहेका ७ जनालाई परीक्षणको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको वडाध्यक्ष नरेश इङ्वारामले जानकारी दिए ।
त्यस्तै दुहबी नगरपालिकाले पनि बजार क्षेत्र र नगरपालिका कार्यालय सिल गर्ने निर्णय गरेको छ । दुहबीमा आज ४ जनामा संक्रमण पुष्टि भएसँगै सिल गर्ने निर्णय गरिएकाे हाे । नगर प्रमुख बेदनारायण गच्छदारको अध्यक्षतामा बसेको कोभिड १९ आपतकालिन व्यवस्थापन समिति बैठकले यस्तो निर्णय गरेको हो ।
उनका अनुसार आजदेखि औषधी पसल र खाद्यान्न बिहान ८ बजेदेखि १ बजेसम्म मात्र खोल्न दिइने छ । निर्णय आजदेखि भदौ २ गतेसम्म लागु हुनेछ । उल्लंघन गरेमा प्रतिपटक ५ हजार जरिवाना गर्ने निर्णय पनि गरेको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


