Spread the love
alt


इटहरी

उपमहानगरपालिकाका योजना शाखाका एक इन्जिनियरमा कोरोना देखिएको छ ।

तीन दिन अघि १० कर्मचारीको स्वाब सङ्कलन गरिएकोमा १ जनामा कोरोना सङ्क्रमण देखिएको इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । हिजो साँझ उनमा कोरोना पोजेटिभ पुष्टि भएको रिपोर्ट आएका उनीको घर नक्सा तथा योजनामा सक्रिय रहेका कोरोना सङ्क्रमित इन्जिनियर

Ram Kumar Dhamala को फोटो।

हिजो मेयरको कार्यकक्षमा सम्पन्न बैठकमा समेत सहभागी भएका थिए ।

अहिले इटहरी उपमहानगरपालिकाको आकस्मिक बैठक बस्दै गरेको उपमेयर गौतमले बताइन।

उपमेयर गौतमका अनुसार इटहरी नगर क्षेत्रमा उत्पन्न पछिल्लो समस्यालाई कसरी निराकरण गर्ने भन्ने बारे जिल्लाका प्रतिनिधि राखेर बैठक बस्न लागिएको हो । इटहरी चारै तिरको सेन्टर भएकोले इटहरी पछिल्लो समय कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै अव इटहरीमा के गर्ने भन्ने बारेमा निर्णय यो बैठकले गर्ने पनि उपमेयर गौतमले जनाइन् ।

Ram Kumar Dhamala को फोटो।

केही दिन अघि मात्र इलाका प्रहरी कार्यालयका एक थुनुवामा कोरोना पोजेटिभ देखिएको थियो । त्यस पछि पहिलो पटक इटहरी उपमहानगरपालिकाका योजना शाखाका एक इन्जिनियरमा कोरोना देखिएको हो । कोरोना सङ्क्रमित इन्जिनियर अहिले सम्म होम क्वारेनटाइनमै रहेको र आइसोलेसनमा पठाउने तयारी भइरहेको बताइएको छ ।