मलाई पार्टी फुटाउन मन लागेको छ
saroj dilu bishwakarma
पुरानै फेटा गुथेर उही बाटो हिड्दैछौ भने
श्राद्ध र वैतर्नीको घेरावन्दीमै छौ भने
चिल्ला जिव्राले समानताको कुरा नगरे हुन्छ
चेपारे बोली, छेपारे आँखाले दागा नधरे हुन्छ

छैन कुनै स्थान यो गौरवशाली पार्टीमा, तिमी नबसे हुन्छ
यहाँ तिम्रो उपस्थितीले हाम्रा सदिच्छाहरु वन्धक बन्नसक्छ
मनुवादको होमादीमा साम्यवादको जाप रटने
संसारका सवै जात एकै हुन् भन्ने
तर ब्यवहारबाट पछि हट्ने
तिमी कार्लमाक्सको सन्तान हुनैसक्दैनौ
हाम्रो मुद्दालाई टेर्दैनटेर्ने,
हामीलाई मान्छे नगन्ने
तिमी अव साम्यवादको बाटो हिड्नैसक्दैनौ
अतः यस पार्टीमा तिम्रै राज हुन्छ भने मै नबसे हुन्छ
जवकि, तिम्रो छाँयाले नै मलाई तर्साउन थालेको छ
हो अव मलाई पार्टी फुटाउन मन लागेको छ ।
तिमी नै जान्ने–गुन्ने कसैले भनेको नसुन्ने
तिमी नै गुन्ने ज्ञाता कोही–कसैलाई नटेर्ने
परिवर्तनलाई फलाकेर जजमानी गरी हिड्ने
चोखो प्रेमभन्दा गहुँत पिउनुलाई पवित्र ठान्ने
शहिदका रगतलाई अव पञ्चामृत बनाई पिउने
घाईतेका चोटहरुलाई अव हण्डी बनाई निल्ने
तिम्रा अंगुलमा नाच्नु पर्ने चंगुलमा फस्नु पर्ने
सेते दमाइदेखि नवराजसम्मको कत्लेआम हुँदा
अजित मिजारहरुको लास माथि उभिएर
जातभातको कुरा नगर भन्दै तर्साइरहने
अव त तिम्रो सास पनि गन्हाउन थालेको छ,
त्यसैले अव तिम्रो र मेरो कित्ता छुट्टिनु पर्दछ
अव हामी यो पार्टीबाट फुट्टिनै पर्दछ
जनवादलाई जनैवादले लपेटेर
धोतीलाई टोपी, टोपीलाई धोती बनाउने
अव तिमी मेरो मित्रशक्ती हुनैसक्दैनौ
तिमी अग्रगामी छैनौ, तिमी यो देश चलाउन सक्दैनौ
समाजवाद र साम्यवादको खोक्रो भाषण अव नगरेस्
तिमीलाई आमूल परिवर्तन खुसाउँदैन
सर्वहारा श्रमजीविजनको वर्गीय राजनीति सुहाउँदैन
पानी मन्तर र कुटील भाषा नै तिम्रो पेवा
वरु त्यसैबाट फलाई खाऊ मेवा
अव तिमी तिमीजस्तैहरुको पार्टीमा बस
म मजस्तैहरुको पार्टी खोल्छु,
हो, अव म पार्टी फोड्छु
हामीले चाहेको सांस्कृतिक अन्तर्घुलन नै थियो,
सामाजिक सम्मान र आर्थिक समावेशीता नै थियो
यसैमा तिमीले हाम्रो मुक्ति छ भन्ने गथ्र्यौ
तिम्रा लागि हामी जसैगरी मथ्र्यौ
तर तल्लो जात भनिएकै आधारमा
आफ्नै पार्टीका कार्यकर्ताहरुको मासु खाँदा रहेछौं
तिम्रो झुट, दलाली र लुट सव थाहा भो
तिम्रो र मेरो राजनीतिक सम्वन्ध पनि स्वाहा भो
आफैं चार दिवारबाट मुक्त छैनौ भने
मलाई तिम्रो जातसंग प्रेम स्वीकार्य हुन्न भने
मेरो उपस्थितीले तिम्रा बाउवाजेले पिण्ड पाउदैनन् भने
मेरो निस्वार्थ मनलाई तिमी कमजोरी ठान्छौं भने
अव पनि गणतन्त्रलाई खुराफातीमै केलाउँछौ भने
श्रमजीवि उत्पीडितलाई कुर्सीका लागि खेलाउंछौं भने
कि तिमी पार्टी छोड्नु कि म छोड्छु
तिमी छोड्दैनौ भने म पार्टी फोड्छु ।
मेरो श्रम, पसिना र रगतमा छैन कुनै विभेद
पद र पावर, लञ्च र डिनरमा सफेदैसफेद्
भेद जिव्रोमा छैन तिम्रो मनमा छ,
स्वादमा छैन, तिम्रो आँखामा छ
बोलीमा छैन तिम्रो ब्यवहारमा छ
तिमीलाई चाकडी–चाप्लुसी नै मन पर्छ
तिम्रो फेरो समाएको तिमीलाई मनपर्छ
तिमीलाई मान्छेको कौडा खेल्न मन पर्छ
केही पाउनु छ भने सर्वाङ्ग भई ङिच्च हासीदिन मन पर्छ
तर आफै हुरहुर्ती जलेर दुनियालाई के वदल्न सक्छौ ?
आफ्नै छातीमा जातिपाती र उचनिचता पालेर
के जनवाद ल्याउन सक्छौ !
तिम्रै कारणले कार्यकर्ता धेरै गए
तिमी एकले हजारांै ब्राम्हणहरु वद्नाम भए
अव त जसै होला तसै होला
पार्टी फोड्दा वेशै होला ।
म आफ्नो निर्णय फिर्ता लिन्छु,
यदि तिमी वार्तामा आउछौ भने
मेरो निसर्त प्रेमलाई सम्मान गर्छौ भने
फेरी म र मेरालाई भेरीमा हुत्याइदैन भने
त्रिसुलीको नदि किनारमा पुरयाएर गाडिदैन भने
हो, म पार्टी फोड्ने छैन हामी सहमतिमा पुग्छौं भने
तिम्रो र मेरो वरावरी हिस्सेदारी हुन्छ भने
जातपात मान्ने कुजातहरुलाई पासोमा झुण्डयाउछौं भने
अव तिम्रो र मेरो एकै अजेण्डा बन्नुपर्दछ
यो अजेण्डामा राष्ट्रिय सम्वोधन हुनुपर्दछ
अजेण्डा कार्यन्वयनमा दुवै ईमान्दार बन्नुपर्छ
पहिले तिम्रो मनमस्तिक, द्धारदलान तिमीले सुधार्नुपर्दछ
पुरातना, विकृती र उचनीच दुवै मिली उधार्नु पर्दछ
हो अव हाम्रो सहमति र सहकार्यमै समाजवाद उदाउन सक्दछ
नत्र समाजवादको ‘स’ कम्युनिष्टको ‘क’ उच्चारण गर्नु वेकार छ
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



