न्यायप्रेमी जनताहरु संगठित हुनु जरुरी
pb diyali
जातजातीको आधारमा कसैले कसैलाई हेला होचो गर्न नपाउने कानून छ । तर हाम्रो समाजमा त्यो कानूनलाई धोतीलाएर कथितठूलाजातीहरुले अत्याचार गरिरहेका छन् । राज्य सम्पूर्ण नागरिकको अभिभावक हो । तर पहुँच विहिन निमुखा निर्दोष प्राणीहरुकोलागि राज्य भन्ने कुन चरीको नाम हो ? थाहा छैन् । कानूनको पालना गराउने सुरक्षा निकायले प्रभावकारीरुपमा काम गरेको छैन् । राजनीतिको नाममा विभिन्न संगठन खोलेर नेताहरु जनगजाक्ती छन । न्याय, समनता,स्वतन्त्रताका ठूला– ठूला कुरा गर्छन् । मान्छेलाई जाग्रित गराउँछन । मान्छेमान्छे बीच बिभेद नरहेको कुरा फलाक्छन । तर तीनै मान्छेहरुबाट ठूलोजात र सानो जातको कुरा झिकी जातीय भेदभाव गरेको घट्नाहरु जताततै छन् । जातको नाममा मान्छेलाई कुटेर कानून हातमा लिन खोज्नेलाई कार्वाही गर्नु पर्नेमा नेताहरु झन विभेद गर्छन् । धन सम्पती हुनेलाई काखी च्याप्छन् । गरिव निर्दोष निमुखालाई मात्र कानुनको दण्ड बर्षाउँछन् । ठूलालाई चैन सानालाई ऐन जस्तो भएको छ । यो मुलुकमा सबै भन्दा बढी मेहिनत गर्ने मान्छेलाई दलित भनेर हेपिएको छ । कुकुरलाई ओक्ष्यानमा सुताउँछन् । मासुुभात खुवाउँछन् । भान्सा भित्र हुलाउँछन् । तर मान्छेलाई अछुत भन्दै हेला गर्ने घृणा गर्ने काममा कथित उच्च जातीयहरु कठोर भएर लागेका छन् । पश्चिम रोल्पामा ठूलो जात भन्ने मल्ल परिवारमा छोरीलाई जाजरकोट निवासी नबराज बिकले बिहे गर्ने भएपछि वडाध्यक्ष डम्मर मल्ल समेत गाउंले मिलेर बिक र उनका ५ भाई साथिलाई मारेर भेरी नदीमा फालि दिए। त्यो राक्षसी कार्यमा नेकपाका नेता जनार्दन शर्माले खेलेको भुमिका जातीय अहंकारबादी जंजालले घेरिएको पाइयो । अहिले हत्याराहरुलाई अनेक बाहाना गरेर उन्मुक्ति दिने चालबाजी भई रहेको छ । सामन्ती राज्य ब्यबस्थामा टिकि रहेको अदालतले दिने फैसला दलित मैत्री हुनेकुरामा शंका उब्जिएको अबस्था छ । कथित दलितहरु नै नानाथरी बिचार र दृष्टिकोणमा अल्झिएर न्याय मार्ने काममा लागेका छन । राजनीति पार्टीको उल्भन बल्झनबाट माथि उठेर कुनै दलित नेताले खबरदारी नगरेपछि यत्रो ठूलो अपराध त्यतिकै सेलाउने अबस्था छ । त्यसैले न्यायप्रेमी जनताहरु संगठित हुनु जरुरी छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


