Spread the love

सिड्नी / पछिल्ला राजनीतिक घटनाक्रमले नेपालमा राजनीतिक स्थिर कायम हुने र देशको बिकासको गति अगाडि बढ्ने भन्दै अस्ट्रेलियावासी नेपालीहरुले स्वागत गरेका छन्  ।

गत मे १७ मा नेपालका दुर्इ ठूला कम्युनिस्ट दलहरुबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी स्थापना हुनु राजनीतिक स्थिरताको सुरुअात भन्दै खुशियालीमा समर्थकहरुले आइतबार साँझ कार्यक्रम आयोजना गरेका छन् ।

रात्रिभोजसहित आयोजित उक्त कार्यक्रममा उपस्थित नेपाली समुदायका दर्जनौ नेता तथा कार्यकर्ताहरुलाई प्रवाशी नेपाली मञ्च र जनप्रगतिशील मञ्च दुवै सँस्थाका अगुवाहरुले निकट भविस्यमा साझा सँस्था बनाएर अगाडि बढ्ने घोषणा गरे ।

कार्यक्रमका क्रममा उनीहरुले ‘यो एकताको पहल तथा नेत्रित्वो गर्ने नेपालका सबै नेता तथा कार्यकर्तालार्इ उहाहरुको राजनीतिक जीवनको सफलताको कामना गर्दछौ ।’ भनेका छन् ।

साथै गत निर्वाचनमा दुवै पार्टीलाई बिजयी गराएर एकताको संदेश दिने जनताको प्रवासमा भएका सबै समर्थक तथा सुभचिन्तकहरु हार्दिक अभिनन्दन गर्दछौ – बक्तव्यमा भनिएको छ ।

उनीहरुले एकताको पृष्ठभूमिमा नेपालमा बलिदानीपूर्ण आन्दोलनहरु र त्यागपूर्ण इतिहास भएको भन्दै ती आन्दोलन र इतिहासलाई कसैले बिर्सन नसक्ने भन्दै यस अवसरमा सबै भन्दा पहिले नेपालको राजनीतिक आन्दोलनका सहिद, बेपत्ता योद्दाहरु र घाइतेहरुको सम्मान गर्नुपर्ने बताएका छन् ।

एक पृष्ठ लामो बक्तव्यमा उनीहरुले भनेका छन् – पछिल्लो राजनीतिक घटनाक्रमले नेपालमा अब कहिले पनि बाम राजनीतिको सुर्यास्त हुने छैन, नेपालमा राजनीतिक स्थिरताको बलियो जग निर्माण भएको छ . र आर्थिक, सामाजिक उन्नतिको ढोका खुलेको छ ।