Spread the love

पीबी दियाली
इटहरी
सरकारले गठन गरेको सवास्थ्य बिमा बोर्ड अन्तर्गत परिवारको बिमा गराएकी इटहरी उपमहानगर कार्यपालिका सदस्य दुर्गी सरदारनी पेट दुखर खुत्रुकै परेको बिरामी छोरा लिएर नोबेल अस्पताल बिराटनगर गइन ।
बिमा कार्ड देखाउंदै लाइनमा २ घण्टा बस्दा पनि पालो नआउने सम्भाबना देखेपछि पथरिया रोगलागेर सारो परेका उनका छोरा राजु सर्दारलाई निजी क्लिनिकमा तुरुन्तै लगेर अप्रेशन गराइन । निशुल्क उपचार हुने भनिएको बिमा कार्ड कच्याककुचुक्कै पारेर झोलामा हलिन । फोनमा छिमेकीसंग पैसा सापटी मागाएर छोरालाई उपचार गरि निको पारेर घर ल्याइन ।
केही समयपछि दुर्गीकी सासु बिरामी परिन । बिमा गराएकोले लिएर नोबेल अस्पताल नै गइन । चेक जाँच पछि औषधीको प्रेप्किपसन लिएर औषधी पसल गइन । जुन महंगो पर्छ त्यसलाई बिमामा भित्र पर्दैन भनेर पैसा तिरायो र जुन जुन सस्तो पर्छ त्यो मात्रै निशुल्क दिन्थ्यो । सासुलाई निक्कैदिन राखेपनि बचाउन सकिनन । अस्पतालमै सासु बितेपछि दवाई फिर्ता दिई किनेको औषधीको पैसा माग्दा फार्मेसीवालाले झर्को र फर्को गरयो । दवाईको लिष्ट लिएर फार्मेशी जाँदा कुन दवाई निशुल्क हो? र कुन चाही होइन भन्ने बिबादमा दुर्गीलाई चित्त बुझदो कुरो नगरे पछि फार्मेशी वालासंग बाजाबाजै परयो । यो दवाई बिमामा पर्दैन र हामीसंग पनि छैन बाहिर जानु खोज्न ?भनेर रुखो ब्यबाहार गरेपछि हातहालाहाल जस्तै भयो । उता बिरामी छटपटाई रहेको बेडमा नर्सले छिटो औषधी ल्याउनु भनि पर्खिरहेको उता बिमा सम्बन्धमा पसलेसंग बाझदै अर्को तिर चाहार्नु पर्ने दुर्गी सरदारनीले जस्तै भुक्तमान खेपि रहेका मान्छे अस्पताल पिच्छै भेटिन्छन । बिमकको उपचार गर्ने भनेर सरकारसंग पैसा लिने अस्पतालहरुमा कर्मचारीको काम पारदर्शी नहुंदा सेवा लिन जाने धेरै बिमितहरुले दुर्गी सरदार्नी सरहकै हैरानी खेपि रहेका छन । नगरकार्यपालिकामा रहेकी हुनाले म बिमा सेवा लिनु भनेर प्रचार गर्छु भने फेरि मैमाथि यत्रो अन्याया भई रहेको छ ? जनता भडकिएलान भनेर दुर्गिले यो कुरा कसैलाई भन्न सकेको भन्दै पीडा पोखिन । उनले भनिन हेर्नुस सरकारले गर्न खोजेको यो काम साह्रै राम्रो हो । बर्षको ३५ सय तिरेर ५जना सम्मले १लाख बराबरको उपचार पाउनु ठिकै हो तर सेवाप्रदायक अस्पतालहरुले सहज ढंगले उपचारसेवा नदिए सम्म जनता आकर्षित गर्न सकिदैन । इटहरी १३ न वडा निवासी सरदारनी भन्छिन ,नगरपालिकाको निर्देशन मानेर गाउँका जनतालाई बिमा गराउन भन्दा भोली र पर्सि भन्दै आलटाल गर्छन ।जनबनी गरेर खाने गरिव परिवारले एकै चोटी ३५ सय तिर्न सक्ने अबस्थाका छैनन । फेरि जसो तसो बिमा गराइयो अनि सेवालिन जाँदा मेरै हालत भयो भने मलाई आएर जनताले के भन्लान? भन्ने डरले त्यति कर गरेकी छैन । परिबारमा कोही बिरामी परे १लाख सम्मको निशुल्क उपचार पाउनु राम्रो भएपनि बिमकको उपचार गर्ने जिम्मा पाएको अस्पतालहरुमा अनुगमनको संयन्त्र नहुंदा सरकारको यो कार्यक्रम प्रभाबकारी हुन सकेको छैन । एपेण्डि साइट भएर एपेक्स अस्पताल इटहरीले रिफर गरेपछि आफनो भान्जा पावेल दियालीलाई लिएर नोबेल अस्पताल बिराटनगर गएका इटहरी १०का प्रिन्स शंकरले पनि बिमा कार्ड देखाएर उपचार सेवा लिन निक्कै पापड बेल्नु परयो । बिमा भनेपछि अस्पतालका कर्मचारीहरु नाक खुम्च्याउंछन । शंकरले भने ल्याब परीक्षण लगायत अन्य स्थानमा जाने बेला बिल काटन जा भन्छन । बिल काउण्टरमा जांदा बिमावाला भन्ने थाहा पाएपछि कागजपत्र एकातिर पन्छाउने र अरुअरुको क्यास लिएर काम थाल्छन । अनि धेरैबेर रुंगेर पर्खदा ढिला हुन्छ त्यही पनि झर्को र फर्को गर्दै बल्ल बल्ल कागज बनाइदिन्छन । यो भएन र त्यो भएन ? यो खोई की त्यो खोई ?भनेर हेपाएसी ब्यबहार गर्छन । औषधी किन्ने ठाउंका मान्छेले पनि दिक्दार मात्र होइन कति चोटी बेइज्जतै गर्न खोजेकोले दह्रै भनाभन भयो? शंकरले भने । बिमा गराउंँदा जेजे भनेर गर्न बाध्य पार्छन,रोगी भएपछि उपचार सेवालिन जाँदा त्यसो हुंदैन! आफनै मामा धनबाहादुर बिशवकर्माको उपचार गर्न गएकी बुढीगंगा गाउँपालिकाकी उषा दर्नालले अस्पतालमा भोगेको दुख्खबारे गुनासो गरिन । बिमावाला भनेपछि अस्पतालका कर्मचारीले बिरामी भर्ना गर्नै आलटाल गर्छन । पेट फुलेर मामलाई अस्पताल लाँदा बिमाकार्ड देख्ने बितिक्कै झर्को र फर्को गर्ने कर्मचारीबारे प्रशासनमा कम्पेलेन नै गर्नु परेको दर्नालले भनिन । बिमा गरेको छ भन्दै ढुक्क भएर पैसा नलिइ अस्पताल जाँदा खेप्नु परेको झण्झट सम्झदै इटहरी ८का महेश रिजालले भने सरकारको कम्जोरी हो या अस्पताल जसले भएपनि मान्छेलाई ठग्न पाईदैन । सेवालिन गएका बिरामीलाई सम्मान साथ कुरा बुभाएर उपचार गर्नु पर्ने हो तर पुरै भेदभाब छ । पैसा तिर्दै बिल काटन लाईन बसेका मान्छेहरुको अगाडी बिमकको कागज पत्र देखाउंदा लज्जित हुनु पर्ने अबस्था भोगेको भन्दै रिजाल भन्छन ?काउण्टरमा बिमाको कुरो गर्ने बितिक्कै कागज फालेर झर्किदै काम आलटाल गरि फाइल पन्छाएर पैसा दिनेहरुको काम गरि पालो मिच्छन । बिमा गराएर ढुक्क भएं भन्नेले सेवा लिन जाँदा बेइज्जत हुनु पर्ने जस्तो नहोस रिजालले भने । इटहरी उपमहानगरपालिका ६का वडाअध्यक्ष दिपक गौतमले आमालाई लिएर नोबेल अस्पताल जाँदा एकदमै ढिला सुस्तिमा बल्ल पालो आयो । बिमा सेवाको कागज देखाउंदा दोस्रो दर्जाको नागरिक जस्तो ब्यबहार अस्पतालबाट भएपछि गौतमलाई बिमा सुबिधा प्रति सरकारले अर्कै मेकानिजम बनाउनु पर्छ होला भन्ने लागेको छ । उनले भने यो सेवा नराम्रो होइन तर प्रकृयामा प्रबेश गर्नेबेलामा सर्बधारणलाई निक्कै झण्झट छ । आफनो वडामा प्रायः जसोले बिमा गराउन भनेर एकजना सहजकर्ता राखेको गौतमले बताए । बिपन्न बर्गले यो सेवा लिन सकुन भन्ने धेयले उपमहानगपालिकाले वडै पिच्छे सहजकर्ता राखेर जनआकर्षण बढाउन खोजेपनि यो बर्ष कोरोना भाइरसको संक्रमणमा सरकारले गरेको लकडाउनले त्यति धेरै बिमा हुन नसकेको भए पनि रिन्यू गराउने तर्फ ध्यान दिने गौतमले बताए । ३ न वडाध्यक्ष बालकृष्ण बिष्टले वडाका सय भन्दा बढी बिपन्न गरिवको यसै बर्षबाट निशुल्क बिमा गराउने तयारी गरेका छन । एक जना सहजकर्ता राखेर आफनो वडाका ३० प्रतिशत जनताले बिमा गराइसकेको अध्यक्ष बिष्टले बताए। औषधीमा अलि गुनासो आएपनि प्याथोलोजी सेवामा बिमा सेवाले फाइदा पुगेको भन्नेहरु निक्कै रहेको बिष्टको भनाई छ । ३ नम्बर वडाकी सहजकर्ता मनमाया मगरका अनुसार गतसाल निक्कै जनाको घरघर पुगेर बिमा गराए पनि यो बर्ष लक डाउनले गर्दा जनताको घरदैलो पुग्न सकेकी छैनन । अब खुलेपछि घरदैलोमा जाने मगरले बताइन । मगरका अनुसार बिमा गराउनेले अस्पताल जांदा ११सय २८ किसिमका औषधी र प्रायःसबै किसिमको चेकअप सेवा निशुल्क पाउंनेछन भनेर सरकारले तालिम सिकाएपछि त्यसै भन्दै बिमा गराउंछिन । तर बिमा सेवा अनुसार उपचार सकेर फर्कनेहरु त्यति खुसि भएको देख्न मुश्किल पर्ने स्थिति छ सहजकर्ता मगरले भनिन । २ न वडाका वडाध्यक्ष हर्कबहादुर मगरले पनि परिवारको बिमा गराएका छन । ५ जना परिवारको बार्षिक ३५ सय दिंदा १लाख सम्मको सुबिधा पाउने भएपनि मगरको ६जना रहेकोले थप एकजनाको ५ सय बढि तिरेर बिमा गराए । म अधयक्षले नै पहिला गराए पछि अरु जनतालाई यसप्रति आकर्षण जागोस भनेर गराएं । मगरले भने । म अहिले सम्म अस्पताल जानु परेको छैन तर सेवा लिन गएकी श्रीमतीले राम्रो भनेको प्रतिक्रिया पाएको अधयक्ष मगरको भनाई छ । वडाका सबै जनप्रतिनिधीले बिमा गराई जनतालाई आबहान गरेको मगरले भने । वडा ठूलो छ ३ जना सहजकर्ता राखेर काम गराउंदै छौं । गरिव बिपन्न भनेर बिमा बारे बजेट नछुटयाएको मगरले बताए ।टोलटोलमा गएर फोटो खिच्ने,नागरिक्ता नम्बर,बच्चाहरुको जन्म दर्ता माग्ने गरेको मगरले बताए । सोही वडाकी दलित महिला सदस्य चम्पामाया बिश्वकर्मा पनि बिमा सेवा लिएर बिराटमेडिकल कलेज बिराटनगर गइन । महंगो महंगो औषदीको पैसा लियो । सस्तो सस्तो मात्र निशुल्क गरायो भन्ने अनुभव सुनाइन ।
इटहरी ४का वडाध्यक्ष चन्द्र भटटराईले सुरुमै परिवारको बिमा गराएको र अरुलाई आकर्षित गरेको बताए । वडामा बिपन्न दलितलाई यसपटक सय जना जति सकिन्छ निशुल्क बिमा गराउनेबारे नीति बन्छ? भटटराईले भने ।आमालाई स्वास्थ्य बिमा गराएकोले लिएर नोबेल गएका इटहरी ५का वडाध्यक्ष कल्याण कार्कीले पनि अस्पतालमा बिमा वाला भनेपछि प्यासेण्टलाई अलि कम महत्व दिने गरेको भन्दै अब सेवा त ठीक हो तर अस्पतालले लाईनमा राखेर ढिला सुस्ती भयो । श्रीमती र आमाले स्वास्थ्य उपचारमा जाँदा चेकअप राम्रैभएपनि औषधी खरिदमा त्यति चित्त बुभदो नदेखिएको कार्कीले गुनासो गरे। बिमा सेवाभित्र कुन औषधी पर्ने र कुन नपर्ने भन्ने बिमकले थाहा पाउन खोज्दा बेच्नेहरुसंग झगडै पर्ने गरेको प्रत्यक्ष देख्नु परेको कार्कीको अनुभव छ । वडाको बजेट छुटटयाएर बिपन्न बर्गलाई निशुल्क बिमा गर्नु भएन ?भन्दा गरिवले सेवा लिउन भन्न चाहेको तर बिकास बाटो गिटी बालुवा इत्यादीका कारण वडाले ध्यान दिन नसकेको बताए । १५ न.वडाका वडाध्यक्ष श्रबण चौधरीले सहजकर्ता कति राखेको भन्ने थाहा नपाएको बताएपनि स्वास्थ्य बिमाकोलागि जनताले चासो राखेको बताए । मैले बिमा सेवा लिएको छैन तर वडामा प्रचार गरिएको छ उनले भने ।सरकारी स्वामत्विमा रहेको इटहरी अस्पतालका इमरजेन्सी बिभाग इन्चार्ज रामकुमार धमालाका अनुसार उपमहानगरको प्रथम सेवा बिन्दु रहेको इटहरी अस्पतालले बिमितहरुलाई रेफर गरेपछि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान,नोबेल हस्पिटल बिराटनगर,बिराटमेडिकल कलेज बुढीगंगा,हाम्रो अस्पताल बिराटनगर,कोशी अंचल अस्पताल बिराटनगर,गोल्डेन अस्पताल बिराटनगर,संन्जिीवनी अस्पताल बिराटनगर,बिराटनगर आँखा अस्पताल र इटहरी नबदृष्टिी आँखा अस्पतालमा भर्ना हुने बिरामीले बिमा सेवा पाउने ब्यबस्था मिलाइएको छ । अस्पतालले बिमकलाई कुनै भेदभाब गर्न मिल्दैन धमलाले भने । यसरी पठाइएका बिरामीको उपचार १लाख रुपैयाँ सम्म बराबरको हुने प्रष्ट ब्यबस्था रहेको धमलाको भनाई छ । उपमहा नगरपालिका क्षेत्रमा रहेका जेष्ठ नागरिक जो ७० बर्ष उमेर कटेका र लामो समयदेखि सेवारत १३८जना महिला स्वयमसेबिकाहरुलाई उपमहानगरले निशुल्क स्वास्थ्य बिमाको ब्यबस्था गरि दिएको छ । जेष्ठ नागरिकको रेकर्ड सम्बन्धका जानकार इटहरी उपमहानगरपालिकाका नायब सुब्बा महेश सुबेदीका अनुसार गत फागुन महिना सम्मको बृद्ध भत्ता बितरण प्राप्त गर्नेहरु जेष्ठ नागरिकमा गनिन्छन ।उनीहरुको संख्या ४हजार नौसय ५३ जना रहेको छ । उनीहरु सबैको स्वास्थ्य बिमा उपमहानगरले निशुल्क गरि दिएको छ ।उनीहरुको हकमा लाग्ने पैसा सिधै उपमहागरपालिकाले ब्यहोर्ने ब्यबस्था रहेको धमला बताउंछन । कुनै परिवारमा ५जना भन्दा बढी परिवार रहेमा ३५००मा प्रतिब्यक्ति थप ४सय बढाउंदै बिमा गरिइने र त्यस्तो परिवारलाई २लाख बराबरको निशुल्क उपचार रहने बताइएको छ । यो सेवामा बिरामीले १हजार ८० भन्दा बढी किसिमको औषधी निशुल्क पाउने ब्यबस्था रहेको भन्दै धमला भन्नु हुन्छ यो पटकबाट अझै बढने छ । अल्कोहल सेवन गरेको अबस्थामा गरिइने चेकअप बाहेक अन्य जुनसुकै शारीरिक चेकअपमा पैसा लाग्ने छैन ।एमआरआई,सिटी स्यान,भिडियो एक्सरे,सुगरप्रेसर,इसिजी,क्यान्सर,एचआइभि,प्रसुति,सबैखाले अप्रेशन ,दुर्घटना हुंदाको अबस्था स्त्री रोग,आँखा रोग सबै प्रकारका ल्याब टेष्टमा बिमा कार्यक्रम अनुसार पैसा नलाग्ने धमला बताउनु हुन्छ । इटहरी ८मा पोहोर साल ५सय भन्दा बढी घरपरिवारलाई स्वास्थ्य बिमा गराउन सफल भएका बिमा दर्ता सहयोगि सपना पासवान र अन्जना भगतले कोरोनाको कारण हिंडन नपाएर यो बर्ष अहिले सम्म १सय परिवार मात्रै बिमा गराएको बताएका छन ।इटहरी उपमहानगरपालिकामा रहेको २०वटै वडामा स्वास्थ्य बिमा प्रति जनताको आकर्षण बढोस भनेर १सय ३० जना बिमा दर्ता सहयोगि नियुक्त गरेको स्वास्थ्य बिभागको अभिलेख देखाउंदै इटहरी अस्पताल इमरजेन्सि बिभागका इन्चार्ज धमला बताउंछन । सरकारको पहलमा स्वास्थ्य बिमा बोर्ड मार्फत शुरुमा यो कार्यक्रम कैलालीबाट शूरु भएर हाल सम्म ५६ जिल्लामा लागु भई सकेको छ । यो सवास्थ्य बिमा कार्यक्रम अन्य जिल्लामा क्रमश लागु हुने बताउंदै स्वास्थ्य बिमा बोर्ड प्रदेश न १का संयोजक महेश पोखरेलले दिएको जानकारी अनुसार आज मिति जेठ २८ गते सम्म देशभरी २८लाख ५७हजार ३ सय २७ जनाले बिमा गरेका छन ।प्रदेश न १मा ८लाख १९ हजार ८सय ४७ जनाले बिमा गरेका छन भने इटहरी उपमहानगरपालिका भित्र ६३ हजार ३ सय ३६ जनाले बिमा गरेका छन । (इटहरी उपमहानगरपालिकाबाट प्राप्त लेखन बृति)