Spread the love


—डिक बहादुर विश्वकर्मा

Dik Bishwakarma को फोटो।


पश्चिम रुकुम जिल्लाको चौरजहारी न.पा.—८, सोती गाउँका मल्ल ठकुरीकी छोरी सुषमा मल्ल (प्रेमिका)ले आफुलाई भगाएर लैजान मोबाइल बाट बोलाउँदा उनका प्रेमी, जाजरकोट जिल्ला, भेरी नगरपालिका—४ का २० बर्षिय, नवराज विक १९ जना साथीहरुको डफ्फा लिएर वि.सं.२०७७ साल जेष्ठ १० गते शनिवार साँझपख ५.३० बजे तिर सोती गाउँ पुगे । तेस कुराको समयमै पत्तो पाई योजनाबद्ध रुपले लुकेर बसेका त्यस गाउँका मल्लपक्षका झण्डै ४०० जनाको हुलले त्यो डफ्फालाई घेरामा पारेर ‘ आफुु कामी भयर ठकुरीकी छोरी विहे गर्न आउँछस् डुम !’ आदि जथवा तथवा छुवाछुत जन्य गाली गर्दै ढुङ्गा, मुढा, बन्चरो, हँसिया कोदालो आदि घरेलु हतियार बर्षाउँन थाले । उनीहरुले नवराज विकलाई तुरन्तै मारे भने ३ दिशाबाट घेरिएर ज्यान जोगाउन बाध्य भै ठुली भेरी नदीमा हाम फालेका बाँकी युवालाई पनि त्यो भीडले लखेटी लखेटी नदी भीत्रै बाट पक्रेर बाहिर ल्याई ढुङ्गा र हतियारले थिचीथिची कुटीकुटी मारे । अन्तमा गणेश बुढामगर (१९ बर्ष), सन्दीप भन्ने सञ्जु विक(२३ बर्ष), लोकेन्द्र सुनार(१८ बर्ष) , टिकाराम सुनार(२० बर्ष) र गोविन्द शाही ठकुरी(१८ बर्ष) समेत जम्मा ६ जना युवाहरु क्षतविक्षत अवस्थामा नृशंशता पूर्वक मारिए भने बाँकी युवा गम्भीर घाइते भए ।
ऐले नेपाल राज्यका र विश्वभर छरिएर रहेका नेपाली माझ तथा संयुक्त राष्ट्रसंघको हेग स्थित अन्तर्राष्ट्रिय अदालतमा समेत चर्चा पाएको यो दलित र गैरदलित बीच घटेको प्रेम प्रसङ्ग सम्बन्धित हत्याकाण्डले देशका अति महत्वपूर्ण ३ पक्ष (१) सरकार (२) समाज र (३) दलितलाई निम्न पाठ सिकाएकोछ ः—
(१) सरकारलाई पाठ
अल्पसंख्यक हिन्दू शासकहरु द्वारा देशमा जबरजस्ती लादिएको जातिय भेदभाव व्यवस्थाले आजित भएका बहुसंख्यक मूलवासी मङ्गोल एवं दलितहरुले तेसबाट पूर्ण मुक्ति पाउन र शासनमा विद्यमान खसार्यको एकलौटी कब्जा हटाई सबै जातले आआफ्नो जातिय जनसंख्याको अनुपातमा बराबर अंशभाग पाउनेगरी ‘पूर्णसमानुपातिक व्यवस्था’ संविधान मै प्रष्ट लेखेर तत्कालै लागु गर्ने/गराउने मूल उद्देश्य र ध्येयका साथ ०६२/६३ को जनक्रान्ति गरी राजा फालेर देशमा गणतंत्र ल्याएका थिए । तर तत्कालिन प्रधानमंत्री गिरिजा प्र. कोईराला बाहुन र माओवादी सर्वोच्च नेता पुष्पकमल दाहाल प्रचण्ड बाहुन (चोर/चोर मुसेति भाई) मिलेर बहुसंख्यकको आँखामा छारो हाल्दै ‘संविधान सभाले निर्माण गर्ने संविधानमा विस्तृत कुरा लेखेर व्यवस्था गरि लागु गर्ने गरी’ हाल तत्काललाई काम चलाउन अस्थाई व्यवस्थाको लागि भन्दै नेपालका साबिकका सरकारी सेवा ऐनहरु (निजामति, जङ्गी, न्याय र व्यवस्थापिका) वि.सं. २०६४/४/२३ मा आफुखुसी संसोधन गरे । जस अनुसार सरकार संचालन गर्ने मुख्य ३ अङ्ग (१) कार्यपालिका (२) न्याय पालिका (३) व्यवस्थापिका ) सबैमा राष्ट्रसेवक भर्ना गर्दा खुल्ला तर्फ ५५% र आरक्षण तर्फ ४५% को व्यवस्था गरियो । जसको परिणाममा खुल्लातर्फको ५५% मा सबै खसार्य मात्रै, आरक्षण तर्फको ४५% मा पनि महिला, पिछडिएको क्षेत्र र अपाङ्गको सबै सीटमा खसार्यले मात्रै तथा मधेशीको सीटमा पनि मधेशी खसार्य बाट बचेको सीटमा मात्रै अरु मधेशीले मौका पाउन थाले । समग्र नतिजामा १०० पद भर्नागर्दा ७० देखि ८० पदमा केवल ३०% जनसंख्या रहेका अल्पसंख्यक खसार्यले कब्जा गरेकाछन् भने ७०% जनसंख्या रहेका बहुसंख्यक बाँकी जातको भागमा केवल २० देखि ३० पदमात्र परेको हुन्छ । यो कामचलाउ भनिएको व्यवस्था संविधान निर्माण भएपछि स्वतः खारेज हुनु पर्थ्यो । तर… तत्कालिन खसार्य सभासदहरुको धुर्त्याँई र गैरखसार्य सभासदहरुको गद्दारीले गर्दा वि.सं.२०७२ साल असोज ३ मा लागु भएको नेपालको बर्तमान संविधानमा त्यो व्यवस्था खारेज गर्ने र ‘पूर्णसमानुपातिक व्यवस्था’ लेख्ने काम गरिएन । फलतः ऐले सम्म पनि कायमै रहेको त्यो ५५% र ४५% को लुच्चो व्यवस्थाले एकातिर तत्कालिन सभामुख सुभाष नेम्वाङ् को भनाइ ‘विश्व मै उत्कृष्ट गणतान्त्रिक संविधान’ को खुलेआम खिल्ली उडाइरहेको छ भने अर्कोतिर शासनमा खसार्य को रजाइँ ज्यूँकात्यूँ कायम छ र दलितको उपस्थिति शुन्य छ । तेसरी शासनमा दलितको स्थिति शुन्य र खसार्यको पकड एकलौटी रहेकै कारण समाजले दलितलाई रौं बराबर नगन्दा रुकुमका जस्ता प्रेम प्रसङ्गका दुर्घटना दिनहुँ घटिरहेका छन् ।
यदि दलित संवैधानिक व्यवस्थानुसार नै शासनमा बाहुन क्षेत्री सरह राष्ट्रपति, प्रधानमंत्री, मंत्रालयका सचिव देखि प्रमूख जिल्ला अधिकारी, न्यायाधिश, प्रहरी प्रमुख हुन्छ भने उ कसैको दबाब, मुलाहिजा वा डरधाकमा नरही आफ्नो स्वविवेकले निर्णय लिनेछ र कानुन अनुसार बाहेक तेसलाई हल्लाउने तागत कसैमा हुनेछैन । तेसबखत बल्ल दलित बलियो हुनेछ र समाजले उसलाई यथोचित ईज्जत दिन बाध्य हुनेछ । तेस अवस्थामा विदेशी विधर्मी गाईको मासु खाने गोराहरुलाई आफ्ना सन्तान सजिलै सौपेर ज्वाँई, बुहारी सर्वस्वीकार्ने र तिनीहरु का भाँडा (!) बाट जन्मेका सन्तानलाई सखेत परिवार भन्दै नागरिकता समेत सनातनी बनाई दिने खसार्यले दलितलाई पनि आफ्ना छोरी बुहारी तेसैगरी खुरुक्कै निर्वाध सौपने छन् ।
तेसैकारण सरकारले दलित जनजाति मधेशी सबैलाई शासनमा खसार्य सरहको अंशभाग दिन उपरोक्त ५५% र ४५% को कपटी राष्ट्रसेवक सेवा ऐन तुरन्त खारेज गरी संविधानमा प्रष्ट संग पूर्णसमानुपातिक व्यवस्था लेखेर तुरन्तै लागु गर्नुपर्छ साथै यो रुकुम हत्याकाण्डका दोषी आतङ्ककारीलाई आजिवन जेल सजायको व्यवस्था गरिनुपर्छ । मृतक ६ जना वीरहरु साँस्कृतिक परिवर्तन गर्ने अभियानमा मारिएको हुँदा उनीहरुलाई साँस्कृतिक शहीद घोषणा गरि प्रति मृतक रु.१० लाख रुपैयाँका दरले परिवारलाई क्षतिपूर्ति दिनुपर्छ । अन्यथा अब नेपाली दलित सहेर बस्नेवाला छैनन् । फलतः देश गृहयुद्धको खाडलमा जाकिनेछ ।
सरकारमा बसेका खसार्यले बेलैमा सोंच्नु देशहितमा हुनेछ !
हिन्दी कहावत् ‘ मांसमांस सब एक है जस बकरी तस गाय’ लाई चरितार्थ पार्दै खसीबोकाको मासु सरह सनातनी गाइकोमासु खाने संसारै भरीका जुनसुकै विदेशी विधर्मी संग पनि हिन्दू समाजले अचेल खानपान देखि वैवाहिक सम्बन्ध समेत सजिलै सर्वस्वीकारेका छन् । गुहुखाने कुकुरलाई म्वाईखाने, तिहारमा पुजा गर्ने, बिरालोलाई चुलोको देउता मान्ने, सिनो खाने कौवा र गिद्धलाई यमको दुत र गरुड भन्दै पुज्ने, सर्प र गाईलाई पुज्ने तेस समाजले आफ्ना साख्खै अंशियार, वंंशियार र छायाँ झैं सँधै आफ्नै साथमा रहेर समाजलाई चाहिने भाँड़ाकुँड़ा, हातहतियार, गरगहना, कपडालत्ता, जुत्ता झोला, बाजागाजा नाँच मनोरञ्जन, घर टहरा, मन्दिर मूर्ति, खेतीपाति यावत् दैनिक उपभोग्य सामान बनाई सहयोग गर्दै बिरामी परेको बेला तुरन्तै काँध मा बोकेर अस्पताल पुर्याई आवश्यक परे तुरन्त रगत समेत दिएर आफुलाई बचाउने एकथरी मान्छेलाई भने ‘अछुत’ भन्दै घृणा गरेकाछन् । ती अछुत संग वैवाहिक सम्बंध गाँस्नु त परैजावस्, यदि तिन्का सन्तान र आफ्ना सन्तान बीच प्रकृतिजन्य लसपस वा प्रेम हुन पुग्यो भने त्यो सम्बन्धलाई ठाडै ईन्कार गरी अछुत पक्षको ज्यानैलिने र बासै खेद्ने सम्मका घटना गर्न बिथीबेर लाउँदैनन् । त्यो समाजलाई ऐलेको यो रुकुम हत्याकाण्ड घटनाले राम्रैसंग सोच्न बाध्य पारेको छ ।
यस घटनाबाट तेस समाजले के कुरा प्रष्ट बुझ्नु पर्छ भने अब नेपाल हिन्दूराष्ट्र रहेन र गणतान्त्रिक व्यवस्थामा गएकोछ । अब यहाँ हिन्दूराष्ट्र बनाउने कोशिश र कल्पना कुनै मूर्खले गर्छ भने भयङ्कर मारकाट मच्चिने निश्चित छ र अन्त्यमा देश जातिय राज्यमा टुक्रिने निश्चित छ । धर्मनिरपेक्ष भएको यो देशमा अब गाई र गोरुको मासु त्यसैगरी बिक्नेछन्, जसरी राँगो भैंसी र खसीबोकाको मासु बेचिन्छ । दलितले हिन्दू अत्याचार विरुद्ध हतियार उठाउनेछन्, पुर्खाले झैं सहेर कदापि बस्ने छैनन् । दलितलाई कसैले हतियार सप्लाई गर्न पर्दैन । उनीहरुले जस्तो चाहियो तेस्तो हतियार क्षणभरमा आफै बनाउन सक्छन् ।
तेसैले यदि देशमा शान्ति चाहने हो भने हिन्दूसमाजले दलितलाई अब तेसै गरी मानसम्मान गर्नुपर्छ, वैवाहिक सम्बन्ध गाँस्नु पर्छ, जसरी आफ्ना स्वजातियलाई एवं विदेशी विधर्मीलाई गरिरहेकोछ ।
अन्धो धृतराष्ट्रको सन्तान हिन्दूसमाजले बेलैमा सोंचोस् !