आजबाट लकडाउन खुकुलो, बिहीबारदेखि खुल्न पाउने र बन्द नै रहने सेवाहरुको सुचि सहित

धरान : सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।
लकडाउनको मोडालिटी परीर्वतन गरी ब्यापार ब्यावसाय सञ्चालनको वातावरण वनाउन देशैभरबाट दबाव सृजना भएपछी सरकारले समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ।
पहिलो चरणमा आजबाट खुल्ने सेवा र कार्य :
१. स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिक समेत
२. औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी
३. पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
४. फोहोरमैला व्यवस्थापन
५. विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा
६. बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
७. सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
८. कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य
९. उत्पादनशील उद्योग
१०. निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय
११. विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)
१२. निर्माण कार्य (निजीसमेत)
१३. नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण
१४. रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
१५. क्वारेन्टिनका लागि तोकिएका होटल
१६. बिजुलीका सामान बिक्री र मर्मत
१७. विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप
१८. पुस्तक पसल तथा स्टेसनरी
१९. सबै प्रकारका ढुवानी सेवा
२०. अत्यावश्यक सेवाका कार्यालय
२१. अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)
निम्न सेवा र कार्यमा भने लकडाउन जारी रहनेछस्
१. शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)
२. सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्यपदार्थ बाहेक)
३. सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल
४. अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान
५. तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत
६. सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन
७. २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार
८. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
९. स्विमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर
१०. खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुति
११. पहिलो चरणमा खुल्ने भनी माथि तोकिएका बाहेक अन्य सबै सवारी साधन
१२. बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमन।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


