Spread the love

गृह मन्त्रालयको २०७७/०२/२३ गतेको निर्णयानुशार सुनसरी जिल्लाबाट काठमाण्डौ उपत्यका प्रवेशका लागि निम्म बमोजिम अत्यावश्यक कार्यका लागि मात्र सवारी पासको सहमतीका लागि अनुरोध गरिने व्यहोरा जानकारीका लागि अनुरोध छः

==> आफैं काज किरिया बस्न जाने र काज किरिया सकेर फर्कने व्यक्ती‍‍,

==> अस्पतालबाट रेफर गरिएका जिल्लामा उपचार हुने नसक्ने सिकिस्त विमारी, १ जना कुरुवा र चालक सहित बढीमा ३ जना सम्म,

==> प्रतिनिधी सभा/राष्ट्रिय सभा/प्रदेश सभा सदस्य

==> काठमाण्डौ उपत्यकाभित्र सरुवा भइ रमाना लिई हाजिर हुन जाने कर्मचारी,

==> काठमाण्डौ उपत्यकाभित्र मन्त्रालय/विभाग/कार्यालयमा कार्यरत रही विदा वा काजमा भएका तर हाजिर हुन सम्बन्धित कार्यालयले सूचना गरे वमोजिमका कर्मचारीहरु,

==> हवाई उडान टिकट सुनिश्चित भइसकेका विदेश जानुपर्ने विदेशी वा नेपाली नागरिक

==> काठमाण्डौ उपत्यकाभित्र मलन्त्रालय/विभाग/कार्यालयमा कार्यरत रही विदा वा काजमा भएका तर हाजिर हुन सम्बन्धित कार्यालयले सूचना गरे वमोजिमका कर्मचारीहरु,

==> हवाई उडान टिकट सुनिश्चित भइसकेका विदेश जानुपर्ने विदेशी वा नेपाली नागरिक

==> औषधी तथा राहत सामाग्री ढुवानी प्रयोजनका लागि उपत्यका प्रवेश गर्ने सवारी साधनको हकमा चालक सहित बढिमा २ जना ।

==> काठमाण्डौ प्रवेश गर्नै पर्ने कारण र पुष्ट्याई हुने कागजातहरुका आधारमा Quarantine/Isolationमा रहेको भए RDT/RT-PCR भए नभएको Contact Tracing मा परे/नपरेको यकीन गरी परीक्षण भइसकेकाहरुको मात्र सहमतीका लागि अनुरोध गरिनेछ