अब बजाउन छाेडेँ कान्छा !
(म काँइलाे दमाई । नागरिकतामा काले दमाई छ तर प्रायले काँइलाे दमाई भनेर बाेलाउछन् । )
दाई दमा त गजब छ त , कतिक्काे बज्छ ?

– बज्छ कान्छा । राम्रै बज्छ । बादल लाग्याे र पानी पर्याे भने मात्र अलि कम बज्छ । नत्र अरु बेला त खुब बज्छ ।
बादल लाग्याे भने किन बज्दैन दाई ?
– खै भाइ ! पानी परेपछि अाेसिन्छ त्यसैले हाेला । तर खुब जतन गरेर राख्छु । बच्चा बच्चिहरुकाे भन्दा यहि दमाह र कलकाे चिन्ता लाग्छ । बिष्टहरुलाई खुसी पार्ने यहि दमाह र त्यहि पुरानाे कल त छ ।
बिस्टलाई किन खुसी पार्ने दाई ?
– खै किन भनाैं भाई ! खुसी पार्न मन लाग्छ । उनीहरुलाई संधै साथ दिइरहुँ भन्ने मन लाग्छ । तर के गर्नु भाई, उनीहरुले हामी दमाईलाई कहिले खुसी पार्न चाहेनन् । र पारेनन् पनि । दैब जानुन ।
याे दमाह कतिखेर बजाउनु हुन्छ ?
– याे दमाह र मेराे कथा एउटै छ भाइ । बिष्टकाे घर जति टाढा भएपनि एसलाई बाेकेर लानुपर्छ । याे दमाह बाेक्न र मुन्टामा भीर्नलाकाे ५६ बर्ष बित्याे । १३ बर्षकाे उमेरबाट बाेक्न थालेकाे हुँ । प्राय बिष्टकाे मराैटे र बराैटेमा बजाउँछु । मराैटे भनेकाे कसैकाे निधन भएपछि र बराैटे भनेकाे कसैकाे बिहे भएपछि । यसकाे गुण भनेकै दुःख सुखमा साथ दिनु हाे । बिष्टकाे बिहेमा बढाे गज्जबले बच्छ याे । बिहेमा सहभागी सबैलाई मिठाे धुन सुनाउँछ र मख्ख पार्छ । तर दुखलाग्दाे कुरा याे छ कि मख्ख पर्ने कसैले पनि यस्काे भित्री कथा जान्न चाहादैनन् ।
– यस्काे भित्रि कथा कस्थाे छ ?
यसकाे भित्रीकथा अलि गहिराे छ भाइ । प्रायले सुन्न चाहादैनन् तर तिमीले सुन्छाै भने भन्छु ” म काँइलाे दमाई । प्राया मेराे साथी भनेकै यहि दमाह हाे । न याे दमाहकाे इज्जेत छ न मेराे इज्जेत छ ?
मेराे उमेर भन्दा सानाे उमेर भएका बिष्टहरु मेराे घर अाँगनमा अाएर भन्छन् ” ए ! काँलाे दमाई जेठा साहुका बाजे मरे दमाह बजाउन अाइजा ! म लुखुर लुखुर दमाह बाेकेर जान्छु । बजाउछु दमाह । मान्छे मर्दाखेरी यसकाे स्वर फरक हुन्छ । मानाै मृत परिवारकाे राेधन संगै याे दमाहकाे स्वर पनि राेए जस्तै निस्क्न्छ । संधै बिष्टकै हितकाे लागि याे दमाह र म मिलेर काम गर्छाैँ । म याे दमाह बाेकेर बिष्टकाे घर जान थालेकाे ५६ बर्ष भयाे ।
कहिले मलाई बिस्टका छाेराले नमस्कार गरेनन् । अझ मैले मेराे छाेरा भन्ने जस्तालाई नमस्कार गरेँ । मैले बिष्टकाे लागि यति धेरै दुःख गर्दा गर्दै म बिष्टकाे लागि संधै अछुत भएँ । उनकाे गाई बाँध्ने गाेठमा बाहेक म कहिले सुथेकाे छैन उनकाे घरभित्र । मैले संधै बाबुसाब भनेर बाेलाएँ तर उनीहरुले सँधै काँइलाे दमाई अाइजा भनेर बाेलाए । म सँधै उनकाे काममा खटिएँ उनीहरु कहिले मेराे काममा खटिएनन् ।
पाेर साल मेरा बा मरे । बिचराकाे मरु के थियाे र ! दुई चारजना मेरै जातिभाई मलामी काम लागे । बिष्टकाे सेवा गरेर जुनी बिताएका मेरा बाकाे मलामी मेरा बिष्ट अाएनन् । कहिलेकाहीँ त लाग्छ भाइ “अब छाेढ्दिन्छु बजाउन, न मराैटेमा बजाउँछु न बराैटेमा बजाउँछु ? ” फेरि लाग्छ मान्छे हुँ ! कतिन्जेल बाँच्ने थिएँ र ? पसुकै सेवा गरेकाे छु । अाखिर अहिलेसम्म सेवा गरेकै छु । फेरि नबजाएर केकाे ती बिचरा पसुजस्तै हुने हाे र जस्ताे पनि लाग्छ ।
कहिलेकाहीँ लाग्छ । यी पसुहरुलाई मान्छे बनाउन । मैले नबजाएर अाफै दमाह बाेक्न बाध्ये बनाउँ जस्ताे पनि ।
त्यसैले याे दमाह र मेराे दुःखकाे कथा कति छन् कति भाइ गन्ती छैन । म याे दमाह सँगै सुतेकाे छु दमाह संगै उठेकाे छु । मैले खुब माया गर्छु यस्लाई र यसले खुब माया गर्छ मलाई ।त्यसैले त मैले यसलाई घाँटीमा झुण्ड्याई रहन्छु ।
यीनिहरुले मेरा अाफन्तहरुलाई मार्दा कुकुर मारेजस्तै गर्छन् । न हाम्राे हातमा कानुन छ ? न हाम्राे पक्षमा बाेल्दिने काेही छ ?
मेरा दाजुभाईले यीनिहरुकै हातबाट बिनाकारण कति कुटी मागे । मैले पनि कुटाईँ खाएँ । ती कुरा सम्झदा रगत उम्लिन्छ । फेरि मान्छे हुँ । पसु भइदिएकाे भए त्यस्ता पसुलाई केही बिकल्प निस्कन्थ्याे । त्यसैले दमाह नबजाउँ जस्ताे लाग्छ । अब अति भयाे भने त बजाउँदैन । मेरा जातिभाईलाई पनि बजाउँन लगाउँदैन । मर्दा पनि अाफै बजाउछन् । बिहेमा पनि अाफै बजाउँछन् । बिष्टहरुले बजाए भने बरु पछि संगै बजाउँला । अलि चेतना अाउँथ्याे कि ?
– हरि जिज्ञासु
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



