ज्ञानेन्द्र बनेका मनोज गजुरेललाई अमेरिकामा कसले दियो यस्तो गाली ?
नेपालमा गणतन्त्र ल्याउनमा राजनीतिक दलका नेता-कार्यकर्ताको मात्र हात छैन । समाजको विभिन्न तह र तप्काका व्यक्तिहरु आआफ्नो ढंगबाट गणतन्त्र ल्याउने लडाईंमा सामेल थिए ।
यस्तै एक पात्र हुन् हास्यकलाकार मनोज गजुरेल, जसले हास्यव्यंग्यको माध्यमबाट राजतन्त्रको उछितो काढे । उनले तत्कालिन राजा ज्ञानेन्द्रको अवतार धारण गरेर देश-विदेशमा गरेका प्रहसनहरु निकै चर्चित बनेका थिए । यसरी नक्कली राजाको रुपमा प्रस्तुति दिँदा सुरुमा निकै डर लागेको मनोजले बताएका छन् । उनले आफ्नो वेवसाइट गजुरियल डट कममा तत्कालिन राजाको भेषमा रंगमञ्चमा प्रस्तुत हुँदाको अनुभूतिबारे लेखेको विवरणः
कमब्याक ड्रेसको कथा
माघ १९ मा राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरिबक्स्यो । त्यसको लगत्तै बिश्वभर नेपालीहरुले प्रतिकार जुलुस निकाले । तीमध्य अमेरिकाको वासिङ्टन डिसीबाट आएको तस्विरमा ज्ञानेन्ऽ क्यारिकेचरको झिल्को निस्कियो । त्यहाँ एकजना नेपाली युवा कागजको श्रीपेच लगाएर तानाशाहीको बिरुद्धमा उत्रिएका थिए । मलाई राजाको क्यारिकेचर गर्न उत्साहित गर्ने यी युवाको तस्विर नै थियो ।
त्यसपछि सडक आन्दोलनमा ज्ञानेन्द्रको आवाजको नक्कल धेरै गरेँ । पहिलो स्थान थियो, अखिल कार्यालय अगाडी । हजारौंको संख्यामा उपस्थित आन्दोलकारीका अगाडी मैले त्यही भनेँ, जुन अघिल्लो दिन राजाले रुकुमका जनतालाई भनेको थिए, ‘ठिक छ, मैले बुझें ।’ यसले राम्रै ताली खायो ।
त्यही सालको गाईजात्रा । गाईजात्रामा राजाको नक्कल गर्ने प्रस्ताव राखेँ । मित्र मन्त्रालयले अस्वीकार गर्यो, ‘परिवारको माया लाग्दैन ?’ किचन क्याबिनेटमा लगेँ, ‘अलि गाह्रो हुन्छ होला कि !’ मैले भनें, ‘गाह्रो भत्काएर अगाडी बढ्नुपर्छ ।’ यो कलाकारिता मात्र नभएर राजनैतिक परिवर्तनकालागि सांस्कृतिक अभियान पनि भएको ठहर गर्दै सल्लाहकार समितिले हरियो संकेत दियो । अनि पूर्व राजाको नक्कल गर्ने निर्णयमा पुगेँ ।
ज्ञानेनद्र त बन्ने, तर सर-सामान कहाँबाट ल्याउने ? हृयाट, कम्ब्याट चाहियो । बजारमा पाईंदैन । अनि शुरु भयो नक्कली राजाका नक्कली पोशाक खोज्ने काम ।
घट्टेकुलो चोकमा घर भएका पुरान साहित्यकारको घरमा मेरो दाजु बस्नुहुन्थ्यो । उनका छोरा सेनामा ठुलै हाकिम थिए । उनकै पुरानो हृयाट हात लाग्यो । हृयाट लगाएर ओठ लेप्राउंदै यस्सो ऐनामा हेरें, ६० प्रतिशत मिलेझैं लाग्यो । स्वास्थ्य मन्त्रालयका एक सुरक्षाकर्मी दाईसँग चिनजान थियो । उनले आफ्ना पुराना बुट उपहार दिए । कालो चश्मा खसी बजारका खरिद गरेँ ।
सेनाको पोशाकसँग मिल्ने पोशाक बजारमा पाइदैनथ्यो । पाए पनि बेच्न डराउँथे ब्यापारीहरु । कम्ब्याट खोज्दै भृकुटी मण्डप बजारमा पुगेँ । त्यहीँका एक ब्यापारी साथीले लुकाएर राखेको कम्ब्याक्ट ड्रेस उपलब्ध गराए । सबै गेटअप लगाएर यसो ऐनामा हेरेँ, डरले सबै ठाउँका रौं ठाडा भए । किनभने त्यहाँ म हैन, साँच्चिकै पूर्वराजा उभिएझैं लाग्यो ।
अज्ञात भयले भित्रभित्रै तर्साइरहेको थियो । राजा, बिष्णुका अवतार, कसैले नगरेको काम । शहीद बन्न सक्ने संभावना पनि त्यत्तिकै थियो । राजावादीहरुको त्रास पनि कम थिएन । स्टेजमैं गोली हाने भने ? सेनाले ब्यारेकमा लगेर करेन्टमा पिसाब फेरायो भने ? अनगिन्ति प्रश्नका पोका दिमागमा खेल्दै थिए ।
अर्को मनले जवाफ दियो, ‘अरे गज्जु भाइ, तिमीले बन्दुक बोकेका हैनौं, ब्यंग्य गरेका हौ । राजा पनि त्यति मुर्ख छैनन् होला कि कलाकार र छापामार छुट्याउन नसकुन् ! फेरी देश गणतन्त्र उन्मुख भइसक्यो, तिमीलाई हृयाट उपलब्ध गराउने सेना, बुट उपलब्ध गराउने प्रहरी, कम्ब्याक्ट दिने ब्यापारी, चश्मा दिने पसले, हौसला दिने जनता सबै तिम्रो साथमा छन्, गो अहेड ।’ आˆनै अन्तरमनले मलाई ‘हौसलाइजेसन’ गर्यो ।
तर, धेरै सहकर्मी साथीहरु डराई रहेको देखिन्थ्यो । शैलेन्ऽ सिंखडाले भने, ‘मनोजजीले आफुसँगै हामीलाई पनि स्टेजमै शहीद बनाउने हुनुभयो ।’ मैले जवाफ दिन्थें, ‘कर्म गर्दागर्दै मर्न पाउनु गौरवको कुरो हो नि भिनाजु ।’ गाईजात्राभरी काल्पनिक त्रास र डरले धेरैलाई तर्साइरहृयो, तर न कसैले धम्की दियो, न आक्रमण । १५ दिने गाईजात्रा भब्यताका साथ सम्पन्न भयो । ज्ञानेन्ऽको प्रस्तुती निकै सफल भयो ।
त्यसपछि न्युयोर्कमा कार्यक्रम भयो । म्यानहृयाटनको एउटा चर्चमा करिब १८ सय जति दर्शक थिए । म दर्शक दिर्घाको पछाडीबाट आउने सिक्वेन्स थियो । हृयाट लगाएको छु । कम्ब्याक्ट पोशाकमा सजिएको छु । दुईजना सेक्युरिटी छन् । सेक्युरिटीको सुरक्षा घेरामा राजा ज्ञानेन्ऽ बनेर म मञ्चतिर हिँडिरहेको छु । नेपथ्यमा बजिरहेको छ, रातो र चन्ऽ सूर्य जंगी निशान हाम्रो ।
‘सत्यरस’ पान गर्नेहरुको भिडमा आईपुगेको छु । फोटो खिच्नेहरुको भिड छ । मेरो सुरक्षाकर्मीहरुले सकेसम्म जोगाउँदैछन् । अकस्मात कसैले मलाई झ्याप्प अंगालो मार्यो । गाला छेउमा आˆनो टाउको ल्यायो । मैले ठानेँ, ठूलो ˆयान रहेछ, म्वाई खान खोज्दैछ ।
के म्वाई खानु, महासयले आफ्नो मुख मेरो कानैमा पुर्याउनु भयो, र, भन्नु भयो, ‘मा.. बढ्ता नाटक गर्छस् ?’ एडीसीले छुटाउँदा छुटाउंदै अर्को डाइलग मार्न भ्याई हाले, ‘बढ्ता हुने हैन नि मु.., यहीँ उडाइदिउँला नि !’
साँच्चै भन्ने हो भने यो ‘नडराइकन भाग्ने’ अवस्थाको डाइलग थियो । राजा ज्ञानेन्ऽ सत्ताबाट पुरै बाहिर नगइसकेका, नेपालमै पनि यस्ता ‘रोयल सम्मान’ नसुनेको हैन । ‘सर, सरकारको क्यारिकेचर चाहीं गर्नु नगर्नोस’ भनेर शालिन धम्की थुप्रै आए । अमेरिकाजस्तो बिशिष्ट सुरक्षा ब्यवस्था भएको मूलुकमा मारी चाहिँ हाल्दैनन् भन्ने लागेर म नडराइकन मञ्चतिर भागेँ ।
मञ्चमा हसाउन गइरहेको छु, तर कताकता मन ‘डरलाइज्ड’ भैरहको छ । मञ्चमा चढ्नुभन्दा पहिला मन शान्त हुनुपर्छ, नत्र संवाद भुल्न सकिन्छ । त्यसमाथि मञ्चमा उक्लिनुअघि यसरी ‘रोयल गाली’ खानु पर्दा कस्तो भयो होला, स्वयम् नक्कली राजालाई मात्र थाहा छ ।
मञ्च र मेरो दुरी लगभग दुई मिनेटको छ । एक मिनेट त गाली ग्रहणमै सकियो । बाँकी रहेको एक मिनेटमा दिमागमा के के कुरो चल्यो, त्यो सुनाउँछु ।
यो कुनै राजावादी रहेछ । यसले कि मलाई पछाडीबाट गोली हान्ला, कि त स्टेजमा पुगेपछि अगाडीबाट जुता प्रहार गर्ला । गोली हान्यो भने ‘शहीद’ हुन्छु, सक्किइगो, जुत्ता हान्यो भने मञ्चबाटै भन्छु, ‘प्यारा बिदेशबासीहरु, एउटा मात्र हैन, अर्को पनि फाल्नोस् ।’ अर्को पनि फाल्यो भने जुत्ता लगाएर धन्यवाद दिन्छु, फालेन भने मेरो जुत्ता फुकालेर उतिर फाल्दिन्छु र, भन्छु, ‘लाउ, एउटा मात्र लगाएर हिँड्नु हुन्न, पागल भन्छन् ।’
तर, मञ्चमा पुग्दा सुरक्षाकर्मीले तिनलाई तह लगाइसकेका थिए । मेरो प्रस्तुती शुरु भयो । दर्शकको तालीको गड्गडाहट र मेरो सम्बोधनले एक मुठी राजाबादीको स्वर छायाँमा पर्यो । गोली पनि चलेन, जुत्ता पनि फलेन । मेरो ‘भर्जिन डाइलग’ फेल खायो, पुरानै डायलग हिट भयो, ‘मैंले मेरै छोरोलाई त सम्झाउन सकेको छैन, तिम्रोलाई कसरी सम्झाउनु, पशुपतिनाथलाई भन ।’
प्रस्तुती सकिएपछि मैले आयोजक क्षितिज तमुलाई घटना सुनाएँ । अरु साथीहरुले सबै घटनालाई अघि नै पढि सकेछन् । भने, ‘ए, त्यो केटा ज्ञानेन्ऽको भान्जा पर्छ रे । दशैंमा दक्षिणा घट्ने भो भनेर चित्त दुखाएको रहेछ, अब ठिक भयो ।’
यो सबै कुरा सुनिसकेपछि मैले भनेँ, ‘शासनसत्ता कमजोर हुँदा सबै सत्तासिनहरुलाई रिस उठ्नु सामान्य कुरा हो । स्वभाविक हो, मामाघर कमजोर हुँदा भान्जाभान्जीलाई चित्त दुख्छ । ससुराली साम्राज्य समाप्त हुँदा ज्वाईचेलालाई पिडा भैहाल्छ । त्यसैले उनीहरुको आवेग र रिसको मुस्लोलाई श्री पशुपतिनाथले कल्याण गरुन्, जय नेपाल ।’
र अन्त्यमा,
कुनै बेला पूर्व राजासँग भेट हुँदा ‘मनोजबाबु, के दियो त तिम्रो गणतन्त्रले देशलाई ?’ भनेर सोधे भने जवाफ नभेटेर निलो हुन नपरोस, गणतन्त्रवादी नेतृत्वलाई यही सुझाव।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



