Spread the love


इटहरी
गत मंसिर महिनामा पेट दुखेर चेक गराउन बिराटनगरको नोबेल हस्पिटल आएकी खोटाङकी कमला बिक यतिबेला बिजोगले छटपटाई रहेकी छन।


पहाडमा पाखोबारी खनजोत गर्दा पनि बिहान बेलुका दुई छाक खान नपुग्ने कमलाको उपचारमा खर्च नपुगेर अस्पतालमै अडकिएर बन्धक जस्तै बसेकी छन । शुरुमा पेट दुखेपछि अस्पताल आएर चेक गराइन । औषधी खाएपछि निको भएजस्तो भएकोले फेरि आउनु भनेको कारण गत फागुन १५ गते उनका श्रीमानले अस्पताल ल्याए। डाक्टर शान्ति सुबेदीले शुरुमा पेटमा गांठो छ । काटेर फाल्नु पर्छ भन्दै अप्रेशनको टाइम दिए। ्उनका अप्रेशन चैत १३गतेलाई तोकिएको थियो। रिनपान गरेर पैसा जुटाई अस्पताल आउंन खोज्दा लकडाउन भयो। एमबुलेन्समा आएर भर्ना भइन । पेटमा अप्रेशन गर्दा डाक्टरले पहिला भने जस्तो गांठो होइन रछ अब आन्द्रा भित्र गांठो छ भन्दै अर्को अप्रेशन गर्नु पर्छ भनेर अस्पतालमै राखे । अप्रेशन गरेको ठाउंमा घाउ पाकेर खपि सक्नु भएन,पेटभित्र भतभति पोलेर टिकी सक्नु भएन । उनका श्रीमानका अनुसार ठाक्टर सुबेदीले राम्रोसंग अप्रेशन गरेनन। भित्र आन्द्रा काटि दिएछन ।

बिरामी र आफन्तलाई जालझेल गरि अर्को अप्रेशन गर्नु भन्दै बैशाख ३१गते टाइम दिए। त्यतिन्जेल सम्म त्यही अस्पतालमा बस्न लगाए। दोस्रो अप्रेशनको नाममा पेटको काटिएको आन्द्रा बाहिर निकालेर दिशा आउने बनाई दिए। यस्तो किन? भनेर सोद्धा सुबेदीले राम्रो जवाफ दिएनन। एपचार गर्न आएपछि यही बस्नु उपचर गर्नु,अन्त अरुलाई भन्ने काम छैन भन्दै अलमल्याएको पीडितका श्रीमानको भनाई छ । रोग केहो? अहिले सम्म भनेका छैनन। आन्द्रा बाहिर निकाल्नु पर्ने कारण पनि भनेका छैनन। अझै १ महिना बस्नु पर्छ तेस्रो अप्रेशन गरेपछि मात्र निको हुन्छ भन्दै बिरामीका आफन्तलाई हप्काई रहेका छन । यत्रो दिन भइृ सक्यो । पैसा छैन। रोग निको हुनुको सटटा झनझन हालत खराब हुंदैछ । एक ठाउंको समस्या लिएर अस्पताल आएको त्यसकोबारे राम्रो उपचार नगरि आन्द्रा काटेर झन समस्यामा पारे । मेरो बोल्दिने कोही छैन। खर्चबर्च सकियो । यत्रोदिन समस्या भो । ३ लाख रुपैयाँ सकियो । एकलाख भन्दा बढिको औषधीको रिन तिर्न भनेर फमर्मेशीले भन्दै छ । अब कहाँ जाउं ,कल्लाई भनौ? मेरो श्रीमतीको बिमार एकातिर यहाँका डाक्टरले उपचार गर्ने नाममा आन्द्रा काटेर झन बिजोग पारे पीडितले भने । शुरुमै यो रोग छ । यसको उपचार यसरी गर्नु पर्छ भनेर आश्वसन दिने अनि काम गर्दा अर्कै समस्या रहेछ । फेरि यसो गरुम भन्दै डाक्टरले अत्याउन थालेपछि आफु चिन्तित बनेको बिरामीका भाई सुमन बिकले भने ।