अव्यवस्थित पार्किङले सास्ती
- 184 Views
काठमाडौँ — साघुरो बाटोमा मोटरसाइकल र स्कुटरको अव्यवस्थित तथा जथाभावी पार्किङले असन बजारमा किनमेल गर्न पुगेकालाई हिडडुल गर्न सधै असहज भैदिन्छ । काठमाडौका सर्वसाधारणहरुको मुख्य बजार भएकाले विहानको झिसमिसेदेखी बेलुकीसम्म किनमेल गर्नेको बाक्लै भिड लाग्छ । बाहिरी जिल्लाबाट काठमाडौ आएकाहरुले समेत यो ठाउा किनमेलको मुख्य केन्द्र मान्छन् । उनीहरुलाई पैदल हिड्ने ठाउा पाउन मुस्किल भैरहदा जथाभावी पार्किङले झनै सास्ती थपिन्छ ।
‘मोटरबाइक र स्कुटर मात्रै पनि टुगाेंमा पार्किङ गरिदिए यत्तिको झमेला त हुने थिएन,’ बानेश्वरबाट लत्ताकपडा किन्न असन पुगेकी विमला श्रेष्ठले बताइन् । न्युरोडको समस्या पनि उस्तै छ । मानिसहरु यहाा इलेक्ट्रोनिक तथा मेसिनरी सामान किनबेचका लागि पुग्छन् । किनमेल गर्नेको घुइचो उति नै हुन्छ । जथाभावी पार्किङ पनि उस्तै । ‘दुई पांग्रे सवारी एक लाइन मात्रै पार्किङ गर्न पाइने’ होडिङ बोर्ड राखिएका ठाउामै तीन लाइनसम्म पार्किङ गरिएका हुन्छन् ।
महानगरका अधिकांश स्थानमा जथाभावी पार्किङको समस्या छ । बिशेषगरी दुईपांग्रे र चार पांग्रे सवारी साधान जथाभावी पार्किङ गरिन्छन् । फुटपाथ देखी सडकको आधाजसो भाग ढाक्नेगरी लहरै पार्किङ गरिदिदा पैदल हिड्नेलाई मर्का पर्छ । वृद्धवृद्धा, केटाकेटी, महिला, अशक्त, असहाय तथा अपागंहरुलाई बढि सकस हुन्छ । सहज बाटोमा हिड्न साहारा चाहिने उनीहरुलाई जथाभावी पार्किङ र मान्छेको तछाडमछाड भिडले हिड्न गाह्रो हुने गरेको बिजुलीबजारमा भेटिएका ६९ बर्षिय वृद्ध वीरबहादुर नेपालले बताए ।
महानगरको कार्यनीतिमा पार्किङ गर्दा सडकको कुल चौडाइको एक चौथाइभन्दा बढि ढाक्न नपाइने व्यवस्था छ । सवारीधनीले यसको पालना गरेका छैनन् । महानगर आफैले प्रभावकारी पालना गराउन पनि सकेको छैन । गएको असारमा आर्थिक ऐन अन्र्तगत पार्किङ स्थल तोकिएका क्षेत्रमा शुल्क तिरेर मात्रै पार्किङ गर्न पाउने निर्णय गरेको थियो ।
चालु आर्थिक बर्षमा स्मार्ट सवारी पार्किङ बनाउने योजना पनि अघि सारेको थियो । अनियन्त्रित र अव्यवस्थित पार्किङलाई सुधार्न भन्दै न्युरोड, धर्मपथ र टेकुमा ‘भर्टिकल कार पार्किङ र अन्डरग्राउन्ड पार्किङ’ बनाउने योजना ल्याएको थियो ।
ऐनअनुसार महानगरले एउटा सवारीले एक घण्टासम्म पार्किङ गर्दा घण्टाको १५ देखि २ सय रुपैयाासम्म तिर्नुपर्ने नियम बनाएको थियो । क्षेत्रगत आधारमा सडकमा स्पष्ट रेखांकन गरेर प्रवेश र बर्हिगमन फरक–फरक हुने गरी सडकको कुल चौडाइको २५ प्रतिशतभन्दा बढी भाग नओगटिने गरी पार्किङ गर्न पाउने उल्लेख थियो । उसका योजना हालसम्म कार्यान्वयन छैनन् ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


