Spread the love

काठमाडौ । पश्चिम रुकुममा अन्तरजातिय प्रेम पछि बिवाह गर्न लाग्दा जाजरकोटका नबराज बिकको गाउँले मिलि हत्या गरेका थिए । उनी मात्र नभइ उनका ५ जना साथीहरुको समेत हत्या भएको छ तीन जनाको लास भेरी नदिमा भेटिए पनि अरुको भने लास र सासको पत्तो छैन । रुकुम जातकै कारण भएको यो हत्या नेपालमा इतिहास कै दलित समुदायमाथिको भयानक कोतपर्ब भनी अधिकारकर्मीहरु आन्दोलन र प्रदर्शनमा उत्रेका छन् ।

जाजरकोटमा निरन्तर आन्दोलन चलेको छ भने विभिन्न काठमाडौ देखि विभिन्न जिल्लाहरुमा पेलेकार्ड , कालो ब्यानर सहित सिडिओलाई ज्ञापन पत्र साथै जिल्ला प्रशासन अगाडी धर्ना बसेका छन् । जातीय छुवाछूत बन्द गर , जातीय विभेद बन्द गर अपराधीलाई फाँसी दे, जस्ता पेलेकार्ड बोकी न्यायको पर्खाइमा यतिबेला सिङ्गो देशमा अधिकारकर्मीहरु उठेका छन् । मगलबार कैलालीको लम्की र टिकापुरमा  रुकुम घटनाका नवराज बिक सहितकाे हत्यारालाई कार्वाही पिडितलाई न्यायकाे माग गर्दै सयुक्त दलित सघर्स समिति र नेपाल दलित जनउत्थान समाज टीकापुरले मंगलबार दबाव मुलक शान्तिपूर्ण र्याली गरेको छ ।

फोटो स्रोत – दानबिक्रम तिरुवा