इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी

ईटहरी
बिजय केसी नेपाली कांग्रेस इटहरी उपमहानगरपालिका पार्टी सचिब हुन । पिता नर बहादुर केसी र माता स्वर्गिय प्रेमकुमारी केसीको कोखबाट २०४०।४।२६मा जन्म भएका बिजय केसी इटहरी ९का स्थानीय बासिन्दा हुन । युवा पुस्तामा लोकप्रीय केसी राजनीतिक लगायत शैक्षिक, सांस्कतिक, सांगीतिक,विकास निर्माण एवं खेलकुदको माध्यमबाट युवा जागरणमा योगदान दिने एक प्रतिभावान युवा हुन।
पूर्वाञ्चल क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका के सीले जनता बहुमखी क्याम्पस तथा नमूना कलेज इटहरीमा बि.बि.ए कार्यक्रम संयोजक भई प्राध्यापनको अनुभव पनि हासिल गरिसकेका छन । इटहरीका बिभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेका उनले संस्कृतिको जगेर्ना गर्नको निमित्त वडा दर्शैको अबसरमा आयोजित सार्बजानिक दुर्गापुजा समारोहलाई बिगत २ बर्षदेखि निरन्तरता दिईरहेका छन।

भारत को हेपाहा प्रवृत्ति विरुद्ध नागरिक समाजले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी हुँदै के शी
सानैदेखि अरूलाई सहयोग गर्न रुचाउने स्वभाव भएको केसीले स्थानीय साथीहरुसंग मिलेर ०५९साल तिर सडक बाल बालिकासंग दशैं मनाएपछि सामजिक प्रशांसा पाउन थालेका हुन। । कुनै समय क्रिकेटका अब्बल खेलाडी एवं अगुवाको रुपमा रही क्रिकेट खेलको विकास गर्ने र खेलाडी उत्पादन गर्ने काममा लागेको भएतापनि आफ्नो योगदानको कदर नभएकोमा उनी दुःखित देखिन्छन् । हालको ईटहरी अस्पताल अगाडिको सडक धुलाम्य र हिलाम्ये हुने गरेको थियो ।उनै यूवा बिजय केसीको पहलमा निक्कै संघर्ष गरी कालोपत्रे गराउन सफल भएको सुदर्शन सेक्युरिटीका प्रोप्राइटर डम्बर तामाङको भनाई रहेको छ । रचनात्मक कार्य गर्न रुचाउने के सीले “समाजसंग कोशी कार्यक्रम ”मार्फत समाजलाई स्वच्छ तथा हराभरा राख्न निभाएको भूमिकाले गर्दा नै आज समाज हराभरा भएकोे उक्त कार्यक्रममा प्रमुख अतिथि रहनु भएका चर्चित साहित्यकार मनु मंन्जिलले बताउनु भयो ।
मिजासिलो स्वभावका केसीले लक डाउनको बेला मारवाडी सेवा समितीसंग समन्वय हिमालय टोल र वडा नं ९का बिपन्न बर्गलाई १५० प्याकेज राहत बाँडेर जनताको मन जिते । २०७२सालमा भुकम्पले जनजीवन अस्त ब्यस्त पारेकाबेला सम्बन्धित पदाधिकारी सदस्य,नातेदार साथिभाईसंग सहयोगमा राहत संकलन गरि द जंक्शन नामको संस्थाको प्रतिनिधित्व गर्दै हप्ता दिन नबित्दै पीडित जनतालाई राहत बितरण गर्न सिन्धुपाल्चौकको फुल्पिगंडाडामा गएका थिए ।

सिनधुपाल्चोकको फुल्पीङ् डाँडामा राहत बितरण गर्दै।
इटहरीमा शुसासनबारे तपाईले के गर्नु भयो ? भन्दा बिजयले भने सिएफएल काण्ड हुंदा इटहरी उपमहानगरपालिकाको ध्यानकार्षण गराउन कार्यालय गेट अगाडी बिरोध कार्यक्रममा सरिक भई जनप्रतिनिधीलाई शुसासनको पक्षमा आउन अभिप्ररित गरियो । ०६९साल तिरको कुरो हो उपभोक्तालाई मार पार्ने गरि भएको खानेपानीको अनुचित मूल्य बृद्धीलाई रोक्न मेरो नेतृत्वमा हजारौं उपभोक्ता सहितको जुलुसले ज्ञापन पत्र सहित कार्यालयमा तालाबन्दी गरि मूल्यबृद्धी रोकेको केसी बताउंछन ।
नेतृत्व बिकासको लागि निक्कै धेरै मेहिनेत गरेका बिकास प्रेमी नेता केसी हाल सम्पूर्ण इटहरी कांग्रेसले रुचाएका पात्रको रुपमा स्थापित भएका छन । बिषेस राजनीतिमा यूवा बर्गलाई आकर्षण गर्न मरिमेटेका उनी इटहरी कांग्रेसमा उर्जा प्रर्बधक ब्यक्तित्व मानिन्छन । १३ बर्ष अघि कांग्रेसको क्रियाशील सदस्यता लिएर राजनितीमा सक्रियता देखाएका साबिक ८ हाल ९ न वडाको पार्टी सचिवको भुमिकामा रहेर काम थालेका बिजयले कांग्रेसमा यूवा पंक्तिलाई आकषर््िात गराउन थाले । सामाजिक कामबाट आफनो छबि स्थापित गराएका केसी १३औं महाधिवेशनमा अत्याधिक मतले नगर सदस्य हुन सफल भए । त्यसपछि मनोनित सचिवमा रहेर काम गरेका उनले संगठनलाई बलियो बनाउन टोल समिति गठन गर्ने कार्यलाई अघि बढाए ।

इटहरी ५मा टोल समिति निर्माण गर्दै।
अध्ययानशील बौधिक यूवाको रुपमा कांग्रेस भित्र उदाएका उनले स्थानीय निर्बाचनमा घोषणा पत्र निर्माण समितिको सदस्य र प्रदेश तथा प्रतिनिधी सभा निर्बाचनमा निर्बाचन मूल परिचालन समितिीको सचिब बनेर काम गर्ने मौका पाएका थिए । मेहिनेती स्वभाव र उर्जाशील ब्यक्तित्वका धनी केसी कांग्रेसका प्रभाबशाली नेता बिजय गच्छदारको प्रिय पात्रको रुपमा चिनिन थालेका छन ।


कार्यकर्ता प्रशिक्षण कामर्यक्रममा प्रमुख अतिथि गगन थापालाई सवागत गर्दै ।
यूवा नेता केसीसंग आसन्न १४ औं महाधिवेशनको सन्दर्भमा भलाकुसारी गर्दा आफु पनि इटहरी कांग्रेसको नेतृत्व गर्न सक्षम रहेपनि आफुलाई कुनै पदको लोभ नरहेको तर जनताका अधिकारकोलागि सदैव समर्पित हुने दृढता ब्यक्त गरे । प्रजातान्त्रिक बिचार बोक्ने वडा,टोलतिर छरिएर रहेका सक्षम र पढेलेखेका यूवालाई संगठनमा आबद्ध गर्दै इटहरीमा नेपाली कांग्रेसलाई पहिलो शक्तिको रुपमा स्थापित गर्नेे एकमात्र उद्देश्य रहेको केसीले बताएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


