यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
इटहरी
पावेल दियाली
सवारी दुर्घटनाका घटनाले पूर्बको यातायात क्षेत्रमा त्रास बढि रहेको छ ।राजमार्ग ब्यबस्थापन तथा ट्राफिक प्रहरी कार्यालय कोशीको कार्यालय इटहरीले गणराज्य पत्रिकालाई पठाएको रिपोर्टका सयौ घटनामा मानव मृत्यु र गम्भिर घाइते अबस्थाको स्थितिलाई मात्र यहाँ जस्ताको तस्तै राखिएको छ ।
०३।०२गते०७ः३०बजे धनकुटा न.पा.वडा नं.४ स्कुलडाँडा स्थित कोशी लोकमार्ग सडक खणडमा धनकुटाबाट हिलेतर्फ जाँदैं गरेको को १२ प ८०९८ नं.को रातो सेतो यामाहा कम्पनिको च्१५ मोसा र बिपरित दिशा तर्फबाट आउंदैं गरेको को
२५ प १७७ नं. रातो कालो १५० सिसिको बजाज कम्पनिको मोसा एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को १२ प ८०९८ नं.को मोसा चालक सुनसरी रामधुनी न.पा.वडा नं.९ झुम्का घर भई हाल धनकुटा न.पा.७ सब्जिलाईन बस्ने बर्ष–५५ को बिशाल चौधरीको मृत्यु भएको छ ।
को २५ प १७७ नं.को मोसा चालक धनकुटा न.पा.१ हिले बस्ने अं.बर्ष–३२ को श्याम तामाङलाई उपचारको लागी वि पि को स्वा वि प्र घोपा पठाईएको छ । दुबै सवारीसाधन जि.प्र.का.धनकुटाको नियन्त्रणमा छन ।
०३।०२ गते १६ः३० बजे सुनसरी कोशी गा.फा.–०४ धर्म काँटा स्थितमा नम्बर नखुलेको मो.सा.ले बाटो क्रस गर्ने त्रममा सोही ठाउंका
मोहमद सलमानको छोरी बर्ष ४ कि साब्रिन खातुनलाई ठक्कर दिई दुर्घटना हुंदा
गम्भिर घाइते भई जिल्ला अस्पताल सुनसरी ईनरुवामा सामान्य उपचार पश्चात थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर रेफर भएको छ ।
ठक्कर दिने मोसा र चालकको खोत कार्य भईरहेको छ
०३।०२गते२०ः२०बजे झापा गौरादह न.पा.१ नवदुर्ग पेट्रोल पम्प स्थित पाडाजुगी गौरीगंन्ज भित्री पक्की सड्क खण्डमा डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्र.न.१–०१–००१क ११८८ नम्बरको टिफरले झापा गौरादह
न.पा.४ बस्ने बर्ष ६१ को साईकल यात्री प्रेम प्रसाद गुरागाईको मृत्यु भएको छ । टिफर चालक जिल्ला झापा गौरादह न.पा. १ बस्ने बर्ष ३५ को उमेश ताजपुरीया टिफर इप्रका गौरादहको नियन्त्रणमा छ । ताजपुरियाले रक्सी सेवन गरेर सवारी चलाएको पुष्टि भएको छ ।
०३।०१गते१२.३०बजे उदयपुरगढी गा.पा. वडा नं. ०६ राईटोलमा गाईघाटबाट कटारी तर्फ जाँदै गरेको बा ५ ख ६०२७ नं. २४०० सिसिको हायस र विपरित दिशाबाट आउँदै गरेको बा.प्र.०२–०५८ प ८८३९ नं. यामाहा कम्पनि १५० सिसिको मो.सा. एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोसा चालक जिल्ला झापा
दमक न.पा. वडा नं. ०१ बस्ने वर्ष अ. ३७ को रमेश राईको बायाँ हात र दुबै खुट्टामा चोट लागि गम्भिर घाइते छन ।
जिल्ला अस्पताल उदयपुरमा ल्याई उपचार भईरहेको छ । सोही मोसा पछाडी सवार जिल्ला मोरङ सुन्दरहरैचा न.पा. वडा नं. ४ बस्ने वर्ष
अ. ३९ की सुभद्रा चौधरीको टाउको, दुबै हात, खुट्टा र छातीमा चोट रहेकोले सिटि अस्पताल उदयपुरमा ल्याई उपचार गरि थप उपचारको लागि विराटनगर रेफर गरिएको छ । हायस चालक जिल्ला धनकुटा छथरजोरपाटी गा.पा. वडा नं. १ बस्ने वर्ष अ. २४ को जनक भण्डारी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन ।दुबै सवारी घटनास्थलमै रहेको कार्यालय तर्फ ल्याउने पहल भइरहेको छ
०३।०१ गते मोरङ केराबारी गापा ७ दाहालचोक स्थित भित्री पक्कि सडकमा दक्षिणबाट पुर्व केराबारी तर्फ जादै गरेको को १ ख २८२४ नम्वरको बसले बाटो काट्ने क्रममा किची पैदल यात्री केराबारी गापा ७ बस्ने बर्ष अं. ७९ को लोक
बहादुर राईको मृत्यु भएको छ ।बस र चालक केराबारी गापा ७ बस्ने बर्ष ३२ को सनम मगर ईप्रका केराबारीको नियन्त्ररणमा छन ।
०३।०१गते२०ः३०बजे झापा कमल गा.पा.१ बालुबाडी स्थित भित्री पक्की सड्क खण्डमा सराङपाडाबाट ढयाङग्रीतर्फ जाँदै गरेको प्र.न.१–०२–०४२ प.८९८० नम्बरको १५० ऋऋ ँश् मोसा सोही स्थानमा रोकी राखेको ना.४ त ४२७१ नम्बरको ट्याक्टरमा ठक्कर खाई दुर्घटना हुदाँ मोसा चालक झापा कमल गा.पा.१ बस्ने बर्ष ३० को बिकाश कार्की बोल्न नसक्ने गरि गम्भिर घाइते छन ।सोहि मोसा पछाडी सवार बर्ष ३१ को पवन कार्की पनि उस्तै घाइते छन ।
मुख र शरिरको बिभिन्न भागमा चोट लागेर बोल्न नसक्ने दुबै जना घाईतेलाई उपचारको लागि द्यल्ऋ अस्पताल बिर्तामोड पठाईएको छ । ट्याक्टर चालक तत्काल नामथर वतन नखुलेको फरार रहेकोले खोजी कार्य भईरहेको छ ।
०२/३०गते१७ः३०बजे झापा बिर्तामोड नपा २ राधाकृष्ण स्थित भित्री पक्की सडक खण्डमा चारपानेबाट चैतुबारी तर्फ जादै गरेको प्र१–०१–०१ह ८२९९ नंको अटोलाई मिराकी होटलबाट राधाकृष्ण तर्फ निस्कदै गरेको प्र१–०३–००१प ५९९३ नं को १५० ऋऋ पल्सर मोसाले ठक्कर दिई दुर्घटना हुदा
अटो चालक झापा बिर्तामोड नपा २ बस्ने बर्ष ५३ को मिया,
अटोमा सवार बर्ष २४ की निर्मला राजवँशी ,निजको बहिनी बर्ष १८ की गौरीमाया रजबंसी,भारत बैगुण्डपुर बस्ने बर्ष ३५ को दिलिप राय घाइते छन ।
मोसा चालक जिल्ला झापा कनकाई नपा ८ बस्ने बर्ष ४० को सहरमान तामाङ उपचारमा सम्लग्न छन ।
०२।२८गते२३ः५०बजे ओखलढुङ्गा मोलुङ गा.पा.–७ तालकोट स्थित ओखलढुंगा खिजिफालाटे भित्रि कच्चि सडक खण्डमा ओखलढुङ्गाबाट खिजिफलाटे तर्फ जादै गरेको प्र.२–०१–००१ ज ००२३ नम्बरको २९२३ सि.सि.को बोलेरो
पिकअप आफै अनियन्त्रित भई चालक पटिको भागमा सडकको किनारामा पल्टि सवारी दुर्घटना हुंदा पिकअपमा सवार ओखलढुङ्गा खिजिदेम्बा गा.पा.–९ फाप्रे बस्ने बर्ष–३०कि उर्मिला बिश्वकर्मा घाईते भएकोले उपचारको लागि पात्ले सामुदायिक स्वास्थ्य केन्द्र तालकोट पठाइएको छ ।
पिकअप चालक ओखलढुङ्गा सिद्विचरण न.पा.–३ अँधेरी टोल बस्ने अ.बर्ष–३८ को नारायण राई अ.प्र.पोष्ट तालकोटको नियन्त्रणमा रहेका छन । बोलेरो पिकअप घटनास्थलमा नै रहेको छ
०२।२९गते०८ः००बजे सुनसरी धरान उप–मनपा ५ कर्मचौकमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २७ प २४२३ न.(१५०सिसिको बजाज) को मोसाले सोहि दिशा तर्फ जादै गरेको साइकल यात्री वर्ष २१ को दिलेश्वर लिम्बुलाई
ठक्कर दिई दुर्घटना हुदाँ साइकल यात्री घाईते भई उपचारको लागी धरान
घोपामा पठाएको छ । मोसा चालक बर्ष २३ को विनय लिम्बु
र मोसा अप्रचौ देउरालीको नियन्त्रणमा छन ।
०२।२८गते१४ः४० धनकुटा नगरपालिका वडा न.९ च्याङच्याङबारी स्थित कोशी लोकमार्ग सडक खण्डमा संखुवासभाबाट धरान तर्फ जादै गरेको
को १ ख ७७८८ नम्बरको बस अचानक अनियन्त्रित भई सडकमा पल्टी दुर्घट्ना हुंदा .१५ जना यात्रुहरु मध्ये १२ जना सामान्य घाईते भएकोमा तत्काल उपचारको लागि स्थानिय मेडिकल तर्फ
पठाईएको छ । चालक जिल्ला तेर्हथुम गा पा वडा न १ वर्ष ३० बिष्णु कुमार दर्जी प्रहरी हिरासतमा छन ।
घाइतेहरु सुनसरी धरान उपमनपा ११ बस्ने बर्ष २८ की सबिता थापा,निजकै छोरा वर्ष अन्दाजी १२ को आरुस बस्नेत,मोरङ्ग सुन्दरहरैचा नपा ११ बस्ने वर्ष अन्दाजी २६ की अमृता तामाङ, निजकै छोरी वर्ष अन्दाजि ३ की सृयान्सी तामाङ,
संखुवासभा धर्मदेवी नपा १ बस्ने वर्ष ३४ की अनिसा कटुवाल,धनकुटा महालक्ष्मी नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष २५ की संगिता राई,संखुवासभा धर्मदेवी नपा १ बस्ने वर्ष अन्दाजी ११ की पवित्रा कटुवाल,कानेपोखरी गापा ६ बस्ने वर्ष अन्दाजी ४७ को चक्र बहादुर तामाङ,संखुवासभा धर्मदेवी नपा ३ बस्ने वर्ष अन्दाजी १५ की संजिला खत्री ,सोही ठाउं बस्ने वर्ष अन्दाजी ३५ को ईन्द्र बहादुर तामाङ,संखुवासभा धर्मदेवि नपा वडा न.१ बस्ने बर्ष अ.५० की देविमाता कार्की ,सोही ठाउं ९ बस्ने वर्ष अन्दाजी ४९ को निर बहादुर महत रहेका छन ।
०२।२९गते२२.३०बजे मोरंग मिक्लाजुङ गापा ९ मावापुल मधुमल्ला दमक भित्री पक्कि सडक खण्ड स्थित मधुमल्लाबाट दमक तर्फ जाँदै गरेको को२९प ४६२१ न.(१५० सिसि,बजाज) को मोसाले मिक्लाजुङ गापा ९ बस्ने वर्ष ५५
को पैदल यात्री दिल बहादुर श्रेष्ठ(लाटो) लाई ठक्कर दिंई गम्भीर घाइते भएकोले उपचारको लागि आर्य न्युरो अस्पताल विराटनगर पठाएको छ । मोसा चालक जिल्ला झापा कमल गापा ५ वस्ने
वर्ष २७ को शिव गौतम पनि उस्तै रहेकाले उपचारको लागि अरनिको अस्पताल उर्लाबारी पठाईएको छ ।
०२।२७ गते०५.३०बजे उदयपुर लिम्चुङबुङ गा.पा. वडा नं. ०१ र वडा नंवर ३ को सिमानामा स्थित भित्रि कच्चि सडक खण्डमा पर्ने सेतिढुङ्गा खहरे खोलामा ०३ कात्तिकेबाट ढुङ्गा लोड गरी १ नंम्बर वडा कार्यालय नजिक जाँदै गरेको म.प्र
०१–००१ त २८४० नंम्बर १५०१ सिसिको ट्याक्टर ब्रेक फेल भएर आफै अनियन्त्रित भई भिरालो कच्चि सडकबाट ४०/५० मिटर तल खसी दुर्घटना चालक सोही ठाउं बस्ने बर्ष ३२ को हिमाल राईको घटनास्थलमा नै मृत्यु भएको छ ।सह चालक बर्ष २७ को प्रदिप राई सकुसल रहेका छन । ट्याक्टर घटनास्थलमा नै रहेको, थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी जिप्रका
उदयपुरबाट प्रनि बिष्णु बहादुर खड्काको कमाण्डमा क्इऋइ
ट्राफिक समेतको प्रहरी टोली खटिगएको छ ।
०२।२७गते१८ं००बजेको समयमा मोरङ लेटाङ–७ कुम्लेमा भित्री कच्ची सडकमा
वाराङ्गीबाट लेटाङतर्फ आउँदै गरेको प्र.१–०१–००२ च १२०७ नम्बरको डबल क्याप पिक–अप गाडी दुर्घट्ना हुंदा झापा कमल गा.पा.–५ बस्ने बर्ष–२९ को दिनेश कँडेलको उपचारको क्रममा मृत्यु भएको छ ।
घाइतेहरुमा नुवाकोट तारुका–२ बस्ने बर्ष–२८ को संतोष नेपाल र चालक मोरङ कानेपोखरी गा.पा.–४ बयरबन बस्ने बर्ष–२९ को पुष्कर घले दुबैको
अबस्था गम्भिर छ । बिरामीहरुलाई उपचारको लागी निम्स अस्पताल दमक झापा पठाएको, छ । गाडी माथिल्लो सडकबाट तल्लो सडकमा अं.६० मिटर तल खसेको छ । गाडी ल्याउन नसक्ने अबस्थामा रहेकोले सोही स्थानमा रहेको छ ।
०२।२७गते २०.००बजे इटहरी उप महानगरपालिका वडा नं.६ कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै
गरेको प्र.१–०२–०६० प.८०६१ नं.को मो.सा. र बिपरित दिशाबाट जादै गरेको प्रदेश १–०२–०४१ प ४२८२ नं. को मो.सा एक आपसमा ठक्कर खाइ दुर्घट्ना हुँदा ८०६१ नं.को मो.सा. चालक इटहरी उमनपा ६ बज्रा बस्ने बर्ष २४ को सुसान सिवाकोटी घाइते भइ बिराटनगर तर्फ पठाइएतापनि तत्कालको अवस्था बेहोस र बोल्न नसक्ने छ । ४२८२ नं. को मो.सा चालक इटहरी उमनपा ५ जनताबस्ती बस्ने बर्ष २७ को दुर्गा मगर गम्भिर घाइते छन । दुबै मो.सा.इप्रका इटहरीको नियन्त्रणमा छन ।
०२।२७गते२२.१०बजे सुनसरी बर्जु गा.पा.६ स्थित बिराटनगर हरिनगरा (हुलाकी) सडक खण्डमा बिराटनगरबाट हरिनगरातर्फ आउँदै गरेको प्र १–०२–०५१प ३२१२ न.(१५० सिसिसको हिरो)को मोसाले सोही ठाउं बस्ने पैदल यात्री बर्ष ५०को प्रकास रायलाई ठक्कर दिदा टाउकोमा चोट लागि उपचारको लागि बिराट नर्सिङ अस्पताल बिराटनगर पठाईएको छ । बोल्न नसक्ने गम्भिर रहेका छन । मोसा चालक हरिनगरा गा.पा ४ बस्ने बर्ष ५०को कमल प्रसाद राउत समेत घाईते भएको कारण उपचारको लागि बिराट नर्सिङ अस्पताल बिराटनगर पठाईएको अवस्था बोल्न सक्ने सामान्य छ । मोसा नियनन्त्रणमा लिई इप्रका चिमडीमा ल्याई राखिएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


